Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोभिड–१९ को प्रभाव : शिक्षामा अपुरणीय क्षति हुन सक्ने विज्ञहरुको भनाई
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कोभिड–१९ को प्रभाव : शिक्षामा अपुरणीय क्षति हुन सक्ने विज्ञहरुको भनाई

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७७ · 0
कोभिड–१९ को प्रभाव : शिक्षामा अपुरणीय क्षति हुन सक्ने विज्ञहरुको भनाई
110
SHARES
ShareTweet

बुटवल, २७ भदौ । विभिन्न क्षेत्रका विज्ञहरुले कोरोना भाइरस कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा अपुरणीय क्षति हुन सक्ने खतरा औंल्याएका छन् । लामो समय विद्यालय बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल गरेका सिकाई उपलव्धि गुम्न सक्ने र बीचमै पढाई छाड्ने दर बढ्ने खतरा रहेको उनीहरुको भनाई छ ।
रोटरी क्लव अफ बुटवलको आयोजना र रिजन फाईभ अन्तर्गतका रोटरी र रोट¥याक्ट क्लवहरुको सहआयोजनामा भएको “शिक्षा क्षेत्रमा कोभिड–१९ को प्रभाव र अवको अभ्यास” विषयक भर्चुअल अन्तक्र्रियामा सहभागि विज्ञहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजिव पोखरेलले कोभिड–१९ को महामारीले शिक्षा क्षेत्रमा अन्यौलतासँगै चुनौति थपिएको बताउनुभयो । लामो समय विद्यालय जान नपाउँदा बालबालिकामा मनोवैज्ञानिक असर परेको, पढ्ने बानी छुटेपछि बीचमै पढाई छाड्ने दर बढ्ने खतरा रहेको उहांको भनाइ छ । शहरी क्षेत्रमा भर्चुअल माध्यमबाट शिक्षण सिकाई सहज मानिए पनि ग्रामीण क्षेत्रमा यो निकै कठिन रहेको र अधिकांश विद्यार्थी प्रविधिको पहुँचबाट समेत बाहिर रहेको उल्लेख गर्दै उहांले संकटको बेलामा शिक्षा क्षेत्रमा जागरुकता ल्याउन रोटरियनहरुको भूमिका बढेको बताउनु भयो । शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिपक शर्माले सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई जोड दिंदै आगामी असोज १ गतेदेखि लागू हुने गरी सिकाई सहजीकरण निर्देशिका ल्याएको जानकारी दिनुभयो । विज्ञहरुको सुझावका आधारमा ३० प्रतिशत पाठ्यक्रम घटाएर भएपनि शैक्षिक सत्र खेर जान नदिइने उहांको भनाइ छ । “नियमित पठनपाठन सुरु नभएसम्म वैकल्पिक पठनपाठनमा जानुको विकल्प छैन, कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नियमित पठनपाठन सुरु गर्न सकिने अवस्था पनि छैन”–उहांले भन्नुभयो । प्रवक्ता शर्माले प्रविधिको पहुँच नपुगेका विद्यार्थीलाई पनि पठनपाठनमा सहभागि गराउने तरिका र विकल्पबारे मन्त्रालयले गृहकार्य गरिरहेको बताउँदै विश्वविद्यालयहरु भने वैकल्पिक सिकाईमा अझ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँले विद्यालय बन्द हुँदा बालबालिकाले बीचमै पढाई छाड्न सक्ने खतरा सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेको बताउनुभयो । सिकाई निर्देशिका ल्याउन मन्त्रालयले छ महिना लगाएको भन्दै उहांले शिक्षामा निजी क्षेत्रको योगदानलाई पनि नबिर्सन सरकारको ध्यानाकर्षण गराउनु भयो ।
अहिले देशभरका दुई हजार भन्दा बढी निजी विद्यालय बन्द रहेको र त्यहाँ कार्यरत मध्ये ४० हजार शिक्षक कर्मचारीले रोजगारी गुमाउन सक्ने संभावना रहेको भन्दै उहांले २० प्रतिशत विद्यार्थीले निजी स्कुल छोड्न सक्ने संभावना पनि औंल्याउनुभयो । बालबालिकाका लागि हालको शिक्षण सिकाई प्रणाली गलत रहेकाले अव भने कोभिड–१९ को प्रभावसँगै सिकाई प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने बेला आएको भन्दै बानियाँले विद्यार्थी भर्ना र वार्षिक शुल्क उठाउने कुरालाई खुला गर्न माग गर्नुभयो ।
रोटरी नेपाल साक्षरता अभियान आरआई डिष्ट्रिक ३२९२ का चेअर एवं पिडिजी तिर्थमान शाक्यले शिक्षा क्षेत्रमा रोटरीले चलाएको अभियानबारे जानकारी गराउँदै शतप्रतिशत साक्षर बनाउने गरी रोटरी अभियान अघि बढेको बताउनुभयो । उहांले शिक्षकहरुलाई इ–लर्निङप्रति उत्प्रेरणा जगाउने गरी रोटरीले अभियान चलाएको पनि उल्लेख गर्नुभयो ।
अन्तक्र्रियामा रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक राजेन्द्र ध्वजू, अर्का पुर्व अध्यक्ष राजेन्द्र लम्साल, पिडिजी किरण श्रेष्ठ, सञ्जय गिरीलगायतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।
क्लवका अध्यक्ष सुनिल श्रेष्ठले १३२९ औं नियमित बैठकका साथै कोरोना भाइरसका कारण शिक्षा क्षेत्र अस्तव्यस्त अवस्थामा पुगेकाले विज्ञहरुलाई सहभागि गराएर शिक्षामा अवको योजनाबारे अन्तक्र्रिया गरिएको जानकारी गराउनु भयो । भर्चुअल अन्तक्र्रियामा रोटरियन, रोट¥याक्ट र शिक्षा क्षेत्रसँग सम्बद्ध करिव साढे २ सय जनाले सहभागिता जनाएका थिए ।

≪ Previous Post

कोरोना जितेको भुसाल परिवारलाई टोलवासीले गरे सम्मान

Next Post ≫

वर्षाले गोठ भत्किदा रोल्पामा २ जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क