Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लायन्स क्लव अफ बुटवल क्यापिटलद्धारा सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री प्रदान
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

लायन्स क्लव अफ बुटवल क्यापिटलद्धारा सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री प्रदान

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७७ · 0
लायन्स क्लव अफ बुटवल क्यापिटलद्धारा सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री प्रदान
90
SHARES
ShareTweet

बुटवल २६ भदौ
लायन्स क्लव अफ बुटवल क्यापिटलद्धारा रुपन्देहीका सुरक्षाकर्मीहरुलाई सुरक्षा सामाग्री प्रदान गरिएको छ । कोरोना नियन्त्रणका लागि अग्र भागमा खटिनु पर्ने सुरक्षा कर्मीलाई राहात प्रदान होस भन्ने उद्देश्यले सुरक्षा सामाग्री प्रदान गरिएको लायन्स क्लव अफ बुटवल क्यापिटलकी अध्यक्ष रीता केसीले बताउनु भयो । शुक्रवार ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित राठौरलाई साढे २ लिटर सेनिटाईजर ३ सय पीस सर्जिकल मास्क, प्रदान गरेको संस्थाका सचिव प्रकाश खनालले बताउनु भयो ।
त्यसैगरि ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायव निरिक्षक रुम बहादुर केसी, देविनगर प्रहरी चौकीका प्रमुख भरत थापा, डाईवरटोल चौकीका प्रमुख राम बहादुर थापा ,प्रहरी चौकी योगिकुटीका प्रमुख विमला नेपाली, नयाँगाउँ प्रहरी चौकीका प्रमुख गोकर्ण चौहान बुटवल नयाँ बसपार्कका प्रहरी हल्दार गौरव भुजेललाई सुरक्षा सामाग्री प्रदान गरिएको छ । सम्बन्धीत कार्यालयमा पुगी सुरक्षा सामाग्री प्रदान गरिएको हो । उक्त कार्यमा संस्थाकी उपाध्यक्ष मीना जीसी, कोषाध्यक्ष धर्मराज शर्मा, सहकोषाध्यक्ष प्रभा अर्याल, सावित्री न्यौपाने लगायतको सहभागितामा करिव ३० हजार वरावरको सुरक्षा सामाग्री प्रदान गरिएको ब्लवले जनाएको छ । यस अघि क्लवले बुटवलको विभिन्न स्थानमा खान नपाएका करीव २५ सय घरपरिवारलाई खाद्यान्न बैक मार्फत राहात प्रदान गरेको थियो ।

≪ Previous Post

तिलोत्तमामा १० वटा वडामा सरकारी स्वास्थ्य केन्द्र सञ्चालनमा

Next Post ≫

कोरोना जितेको भुसाल परिवारलाई टोलवासीले गरे सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क