Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ हुनेले दिनुहोस, नहुनेले लैजानुहोस् भन्दै बुटवलमा ‘फूड बैंक’ शुरु
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

हुनेले दिनुहोस, नहुनेले लैजानुहोस् भन्दै बुटवलमा ‘फूड बैंक’ शुरु

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७७ · 0
हुनेले दिनुहोस, नहुनेले लैजानुहोस् भन्दै बुटवलमा ‘फूड बैंक’ शुरु
90
SHARES
ShareTweet

बुटवल १६ भदौ
कोरोना भाईरस महामारीका कारण खान नपाएकाहरुका लागि प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा ‘फूड बैंक’ सञ्चालन गरिएको छ । रोटरी क्लव अफ बुटवल साउथको अग्ररसतामा मंगलबारदेखि बुटवलको ट्राफिकचोकमा फूड बैंक सञ्चालन गरिएको हो । यसका साथै सामाजिक सेवामा काम गर्ने संस्थाहरु रोटरी क्लव अफ बुटवल साउथ, रोट्रयाक्ट क्लव अफ बुटवल साउथ, रोट्रयाक्ट क्लव अफ तिनाउ सिटी र ह्याप्पी ह्वील्सको आयोजना तथा साईन रेसुङ्गा डेभलपमेन्ट बैंक, ई–क्यान रुपन्देही र बुटवल महिला जेसिजको सहयोगमा फूड बैंक सञ्चालन गरिएको रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो ।
कोही पनि भोको बस्नु नपरोस भन्ने उद्देश्ले सञ्चालन गरिएको फूड बैंकमा हुनेहरुलाई सहयोग गर्न र नहुनेहरुलाई लैजानकालागि आग्रह गरिएको छ ।
खानाको अभावमा कोही पनि भोकै बस्नु नपरोस भन्ने उद्देश्यले लकडाउन अवधिभर सञ्चालन गरिने फूड बैंकबाट एक पटकमा एक जनालाई साढे २ किलो चामल, आधा किलो दाल, १ किलो आलु, आधा लिटर तोरीको तेल, १ किलो प्याज, लसुन, बेसार, अदुवा एक÷एक पाउ, एक किलो नुन, ५ वटा मास्क र साबुन प्रदान गरिने छ ।
लकडाउनका कारण उद्योग व्यापार व्यबसाय लगभग ठप्प जस्तै भएको र कतिपयले रोजगारी समेत गुमाउनु परेको छ ।
यस्तो विषम परिस्थितीमा दैनिक ज्याला मजदुरी खाने वर्ग नराम्रोसंग चपेटामा परेकाले उनीहरुलाई केही भएपनि राहत पु¥याउन सकियोस भन्ने उद्देश्यले सञ्चालन गरिएको फूड बैंकमा सहयोग प्रदान गरिएको शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनु भयो ।
दैनिक साँझ बिहान हात मुख जोड्न सहजहोस भन्ने आफूहरुको उद्देश्य रहेकाले नहुनेहरुले कुनै संकोच नमानी लैजानकालागि ई–क्यान रुपन्देहीका अध्यक्ष देव कुवँरले आह्वान गर्नुभयो ।

≪ Previous Post

भैरहवाका आचार्य गौतमको आह्वान : अर्कबटी खाऊँ कोरोना भगाऊँ

Next Post ≫

वैकल्पिक विधिबाट सोह्र श्राद्ध गर्न सैनामैनाको नगरवासीमा आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क