Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ व्यवसायीको गुनासो : बुटवल उपमहानगरपालिकाले घरबहाल छुट दिएन
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

व्यवसायीको गुनासो : बुटवल उपमहानगरपालिकाले घरबहाल छुट दिएन

संसारपोस्ट संवाददाता · ४ श्रावण २०७७ · 0
व्यवसायीको गुनासो : बुटवल उपमहानगरपालिकाले घरबहाल छुट दिएन
80
SHARES
ShareTweet

बुटवल ४ साउन
नीजि क्षेत्रबाट धमाधम शतप्रतिशत घरबहाल मिनाहा तथा भारी छुट प्रदान गर्ने काम तिब्रताका साथ भैरहको भएपनि सरकारी क्षेत्रबाट भने न्यूनतम छुट दिएर उम्किने प्रयास भएको छ । बुटवल उपमहानगरपालिका अन्तर्गत संचालनमा रहेका ब्यबसायिक पसले घरका ब्यबसायीहरुले लकडाउन अवधीको भाडा मिनाहा लगाएतका आफुहरुको बिभिन्न माग प्रति उपमहानगरपालीकाले बेवास्ता गरेको भन्दै गुनासो गरेको छन ।
बुटवल ५ स्थित हाटबजार र अमरपथमा रहेको उपमहानगरको ब्यबसायिक भवनमा संचालनमा रहेका ४० जना ब्यापारीहरुले पत्रकार सम्मेलन गरेर लकडाउनका कारण ब्यबसाय धरासायी भएको र अन्यत्र ब्यक्तिगत रुपमा नीजि क्षेत्रबाट संचालित घरधनीहरुले उल्लेख्य रुपमा घरभाडा मिनाहा वा अधिकतम छुट भैरहेको बताएका छन । तर स्थानिय सरकारको रुपमा रहेको आम नगरबासी जनताको संरक्षक बुटवल उपमहानगरपालिका कार्यालयले भने शतप्रतिशत दिनुपर्नेमा एक महिनाको मात्र भाडा छुट दिएर झारा टार्ने काम गरेको भन्दै ब्यबसायीहरुले चिन्ता समेत ब्यक्त गरेका छन् ।
बुटवल उपमहानगरपालिकाको मातहतमा संचालित ब्यबसायिक सटरका व्यवसायीहरुले नगरपालिकाले लकडाउनको समयको भाडा छुट गर्नु पर्नेमा झन यथासिघ्र भाडा बुझाउन भन्दै ताकेता गरेको उनिहरुले बताएका छन । लकडाउन अवधीको भाडा शतप्रतिशत मिनाहा गर्ने, लकडाउनका कारण धरासायी भएको ब्यबसायलाई उकास्न भाडा समायोजन गर्ने र सम्झौता अवधी कम्तिमा ३ बर्ष थप गर्ने माग गर्दै नगरपालिकामा निवेदन बुझाएको भएपनि सोको पुरै बेवास्ता गर्दै ब्यबसायीहरुसँग छलफल नै नगरि आफुखुशी निर्णय गरिएको भन्दै ब्यबसायीहरुले आपत्ती प्रकट गरेका छन् ।
बुटवल उपमहानगरपालिकासंगको सम्झौतामा पाँच बर्षअघि बसेका ति साना व्यवसायीहरुले पत्रकारसँग कुरा गर्दै असार मसान्तसम्मको भाडा असार मसान्त भित्रै बुझाउन ताकेता गरिएकोले आफुहरु थप मर्कामा परेको भन्दै पसल खुल्नासाथै पैसा तिर्न सक्ने अवस्था नहुने जिकिर गरेका छन् । उता असार मसान्तमा सम्झौता अवधी सकिएका करिब ४० व्यवसायीले नगर सरकारको मातहतमा रहेपनि लकडाउन अवधिमा १ महिनाको मात्रै भाडा छुट गर्नु र १ बर्ष मात्र सम्झौता थप्नु अभिभावकिय काम नभएको भन्दै लकडाउनको अवधिमा पसल बन्द भै समस्यामा परेका व्यवसायीलाई राहात दिन समेत उनिहरुले माग गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी भरत श्रेष्ठले उपमहानगरपालिका संग सम्झौता गर्दा बहाल भाडा सस्तो भएपनि अहिले ब्यवसायि धरासायि बन्न बाध्य भएकोले भाडा समायोजन गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । नगरपालिकाले व्यवसाय सञ्चालन गर्नको लागि स्वीकृति दिएको १०–१५ दिनबाट नै बहाल उठाउन ताकेता गरिएकोले ब्यबसायीहरुमा झन तनाव उत्पन्न भएको उहाँले बताउनु भयो । ‘व्यक्तिगत नीजि घर वा भवनमा बसेकाले पनि ३ महिनाको बहाल छुट गरेका छन्, नगरपालिकाले भने उल्टो बहाल तिर्न ताकेता ग¥यो, जस्लेव्यवसायीलार्ई निकै समस्या परेको छ ।
अर्काव्यवसायी गंगाराम भुसालले आफुहरुका माग सम्बोधन गर्ने भनेर उपमहानगरपालिकाले बिगतमा आश्वासन दिएपनि कार्यान्वयनमा भने प्रभावकारी नभएको बताउनु भयो । उहाँले अहिले थप १ वर्षको लागि सम्झौता गर्नको लागि बोलाईएपनि आफुहरु संग बहाल तिर्ने र सम्झौतावापत दिनुपर्ने रकम नभएकोले जान नसकेको बताउनु भयो । यस्तै अन्य व्यवसायीहरु पद्मनारायण मानन्धर, बिष्णुप्रसाद श्रेष्ठ, सञ्जय बज्राचार्य, मिना मानन्धर लगायतले बुटवल नगरपालिकासंगको समन्वयमा व्यवसायीलाई केही राहत उलब्ध गराउन भएपनि आफुहरुका माग सम्बोधन हुनुपर्ने माग गरेका छन ।

≪ Previous Post

लायन्स क्लब मणिग्रामद्वारा यातायात कार्यालयलाई पानी ट्यांकी प्रदान

Next Post ≫

बुटवल–तानसेन सडकखण्ड १७ घण्टा पछि शुचारु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क