Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स क्लब मणिग्रामद्वारा यातायात कार्यालयलाई पानी ट्यांकी प्रदान
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्लब मणिग्रामद्वारा यातायात कार्यालयलाई पानी ट्यांकी प्रदान

संसारपोस्ट संवाददाता · ४ श्रावण २०७७ · 0
लायन्स क्लब मणिग्रामद्वारा यातायात कार्यालयलाई पानी ट्यांकी प्रदान
80
SHARES
ShareTweet

बुटवल, ४ साउन । सामाजिक तथा मानविय सेवाका क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ मणिग्राम रुपन्देहीले सामाजिक उत्तरदायित्व अन्तर्गत यातायात कार्यालय मणिग्रामलाई पानी ट्यांकी प्रदान गरेको छ ।
सवारी जांचपास, ब्लुवुक लगायतका कागज पत्र नविकरणका लागि आउने सेवाग्राहीको बढि चांप हुने यातायात कार्यालयमा कार्यालयका कर्मचारी तथा सेवाग्राहीलाई हात धुन सजिलो होस् भन्ने उद्देश्यले कार्यालयको प्राङ्गणमा राख्नेगरी पानी टंकी हस्तान्तरण गरिएको क्लवले जनाएको छ ।
विश्वब्यापी महामारीका रुपमा रहेको कोरोना भाईरसको जोखिम न्युनिकरण र यसको संक्रमणवाट बच्न सावुन पानीले हात धुने कार्यक्रमलाई थप प्रभावकारी वनाउन क्लवले सेवाग्राहीको वढि चांप हुने यातायात कार्यालयलाई पानी ट्यांकी हस्तान्तरण गरेको हो ।
यायातात कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लब अफ मणिग्रामका अध्यक्ष लायन सुरजकुमार लम्साल, प्रमुख अतिथि क्लबका डिजी एमजेएफ लायन शम्भु नकर्मी र बिशेष अतिथि भिडिजी एमजेएफ लायन रामप्रसाद भट्टले यातायात कार्यालयका प्रमुख जनार्दन अधिकारिलाई पानी ट्यांकी हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा क्लवका डिजी शम्भु नकर्मीले क्लबले समाजमा गरेका यस्ता उदाहरणीय कार्यले समाजमा सकारात्मक सन्देश जानुका साथै अन्य संघसंस्थालाई यस्ता कार्यक्रम गर्न हौसला र प्रेरणा मिल्ने वताउनु भयो । उहांले कोरोना भाइरस (कोभिड–९) को रोकथाम तथा न्युनिकरणका लागि सावुन पानीले हात धुने कार्य उचित भएको र यातायात कार्यालय सेवाग्राहीको अत्यन्तै भिड्भाड हुने ठाउँ भएकोले पानी ट्यांकीको सहि सदुपयोग गर्न सके यसको महत्व अझै बढेर जाने वताउनु भयो ।
यातायात कार्यालयका प्रमुख जनार्दन अधिकारीले अहिलेको विषम परिस्थितिमा क्लबले सहि ठाउंको पहिचान गरी पानी ट्यांकी उपलब्ध गराएको भन्दै क्लवका पदाधिकारी र सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
क्लवका अध्यक्ष सूरजकुमार लम्सालले सामाजिक सेवाभावका उद्देश्यले क्लवको स्थापना गरिएकाले समयको माग र आवश्यक्ता बुझेर क्लव निरन्तर सामाजिक गतिविधिमा क्रियाशिल रहने प्रतिवद्धता जनाउनु भयो । सो कार्यक्रममा क्लबका डिष्ट्रिक, एरिया, रिजन, जोन तथा मण्ग्रिाम लायन्स क्लवका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको क्लवका बाबुराम पाठकले जानकारी गराउनु भयो ।

≪ Previous Post

ट्याक्टर दुर्घटनामा भिंगृ स्वर्गद्वारी मोटरवाटो स्तरोन्नति गर्ने ७ ज्यामिको मृत्यु

Next Post ≫

व्यवसायीको गुनासो : बुटवल उपमहानगरपालिकाले घरबहाल छुट दिएन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क