काठमाडौ ५ं जेठ नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक प्रहरी नायव उपरिक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपीमा बढुवा सिफारिस गरेको हो । प्रहरी निरिक्षकवाट डिएसपीमा बढुवाका लागि शिफारिस हुनेहरुको नामावली तपशिलमा रहेको छ ।
प्रदेश
भैरहवा ५ जेठ क्वारेन्टाईनमा रहेकाहरुको खानपिनको ब्यवस्थापनमा राखिएका कामदार भागे पछि रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव क्वारेन्टाईनमा बस्नहरुका लागि आफै खाना पकाएका खुवाउन थालेका छन् । तत्कालको लागी केही ब्यवस्था नभए पछि गाउँपालिका अध्यक्ष, रोहिणी गाउँपालिकाका जनप्रतिनिधि र धकधईका स्थानिय समाजसेवी मिलेर क्वारेन्टाईनमा बस्नेहरुका लागी खाना पकाएका हुन् । रोहिणी गाउँपालिकाको धकधईमा रहेको रामनरेश […]
तिलोत्तमा, ५ जेठ तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा तीन वटा संस्थाले सोमबार ३ लाख ५७ हजार रुपैंयाँ सहयोग गरेका गरेका छन् । करहिया—मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, छत्तीस मौंजा सामुदायिक सिंचाई प्रणाली र सोह्र—छत्तीस संयुक्त सिंचाई प्रणालीको तर्फबाट कोषमा रकम प्रदान गरिएको हो । खानेपानी संस्था र संयुक्त सिंचाई प्रणालीको तर्फबाट दुवै […]
तरकारीले बजार नपाउंदा कृषकहरु चिन्तित कमल चौधरी बुटवल, ५ जेठ । रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ७ निवासी गैडहवा कृषि फर्मका संचालक सन्दिप गुप्ताले गैडवा गाउँपालिकाको क्वारेन्टाइनमा तरकारी सहयोग गरेका छन् । कोरोना महामारीको विषम परिस्थितिमा “आफू पनि बाचौं अरुलाई पनि बचाउँ र घर भित्र सुरक्षित बसौं” भन्ने उद्देश्यले आफ्नो फर्ममा उत्पादित तराकारीहरु क्वारेन्टाइनमा पुगेर […]
बुटवल, ५ जेठ । नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज(सोमवार) संक्रमण पुष्टि भएका ९ जना संगै कोरोना संक्रमितको संख्या ३०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विहान जारी गरेको सूचना अनुसार संक्रमण पुष्टि भएका नौ जना मध्ये रौतहटका ८ र बाराका १ जना रहेका छन् । स्वास्थ्य […]
बुटवल, ४ जेठ । सरकारले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आज (आईतबार) सांझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण दुई जनाको मृत्यु पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो । यस अघि बसेको कोरोना रोकथाम उच्चस्तरीय समन्वय […]
बुटवल ४ जेठ बाँकेको क्वारेन्टाइनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवक कोरोना संक्रमित भएको खुलेको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि गत बिहीबार सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । आइतबार मृत्यु भएका […]
अत्यावश्यक वाहेकका सामान आयात रोक्न माग बुटवल,४ जेठ । कोरोना संक्रमण भित्रिन नदिन नेपालमा सामान ढुवानी गर्ने ट्रक र कन्टेनरका चालक–सहचालकलाई निरोगिता प्रमाणपत्र (हेल्थ सर्टिफिकेट) अनिवार्य गर्न समाजवादी पार्टी रुपन्देहीले सरकारसंग माग गरेको छ । लकडाउनको समयमा पनि भारतका विभिन्न ठाउंबाट खाद्यान्न, तरकारी र फलफूल लिएर दैनिक दुई सय ट्रक र कन्टेनरमा चार सय देखि […]
बुटवल ४ जेठ यही जेठ ९गतेदेखि बस्ने प्रदेश ५ को अधिवेशनको लागि प्रदेशसभामा रहेको दर्शक दिर्घा हटाईने छ भने त्यहां प्रदेशसभा सदस्यहरुको लागि नै कुर्चि राखिने भएको छ । विश्वभर जस्तै नेपालमा पनि फैलिएको कोरोनाको संक्रमणको कारण सामाजिक दुरी कायम गर्दै दर्शकदिर्घा हटाएर प्रदेशसभा सदस्यहरुको कुर्चि राखिने सभामुख पूर्ण बहादुर घर्तिले जानकारी दिनुभयो । अहिले […]
सीमा नाकामा रहेका पालिकाहरुले १००० बेडको क्वारेण्टाइन तयार गर्नुपर्ने बुटवल, ४ जेठ । ५ नं. प्रदेशका मुख्यमन्त्री शँकर पोख्रेलको अध्यक्षतामा आज (आइतबार) बसेको प्रादेशिक कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस प्रदेशका तराईका जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा बन्दावन्दीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने निर्णय गरेको छ । वुटवल ११ देबीनगर स्थित एन्फाको भवन […]
Most Recent
बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले यस क्षेत्रका यातायात व्यवसायी सम्बद्ध संस्थामा नयाँ नेतृत्व चयन भएका व्यवसायीलाई सम्मान गरेको छ । फरक संस्था तर कामकारवाही समान रहेका पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.र ढुवानी व्यवसायी महासंघमा हालै निर्वाचित पदाधिकारीहरुलाई पश्चिमाञ्चल यातायात व्यवसायी समितिले सम्मान गरेको छ । दुवै संस्थाका पदाधिकारीहरुलाई समितिका अध्यक्ष टिकाराम गौतम, पूर्व अध्यक्षहरु […]
काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने दिन सरकारले भोली (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका राजाको स्वागत सम्मानमा मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणमा नेपाल आउन […]
बुटवल । चीनको सिमाना कोरोला नाकासँगको धार्मिक पर्यटनको प्रवद्र्धन गर्न र लुम्बिनी मुक्तिनाथ धार्मिक मार्गको प्रचार गर्न बुटवलबाट १ सय बढी धार्मिक पर्यटकहरु मुक्तिनाथ दर्शनका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका धार्मिक पर्यटकहरुलाई सोमबार (आज) एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले टिका लगाएर बिदाई गर्नुभयो । बुटवल १२ […]