आन्तरिक मूल्यांकनमार्फत परीक्षाफल प्रकाशित गरिने तिलोत्तमा, ६ जेठ । तिलोत्तमा नगरपालिकामा चालु शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोना संक्रमण बढ्न थालेपछि तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १२ गतेबाट पूर्णतः बन्द छन् । नगरपालिकाको निर्देशनअनुसार कक्षा तीन सम्मको परीक्षा विद्यालयहरुले वैशाख १२ गते अघि नैं लिइसकेका थिए । […]
प्रदेश
भैरहवा, ६ जेठ । लुम्बिनी प्रेस क्लब भैरहवा रुपन्देहीले क्लवमा आबद्ध पत्रकारहरुको निःशुल्क कोरोना (पीसीआर) परीक्षण सुरु गरेको छ । क्लबले नेशनल प्याथ ल्याब प्रालिको सहयोगमा क्लबमा आबद्ध पत्रकारहरुको पीसीआर परीक्षण सुरु गरेको हो । क्लबका अध्यक्ष नरेश केसीका अनुसार क्लबमा आबद्ध ३८ पत्रकारहरुको पीसीआर परीक्षण बिहीबारबाट सुरु भएको छ । अध्यक्ष केसीका अनुसार अघिल्लो […]
बुटवल, ६ जेठ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कर्तब्य ज्यान मुद्धाका फरार अपराधीलाई पक्राउ गरी कारागार चलान गरेको छ । प्रहरीले फरार प्रतिवादी विरुद्धको अप्रेसन कार्यक्रम अन्तर्गत जघन्य अपराधका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । रुपन्देही जिल्ला अन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्धेश्यले यही जेठ १ […]
६ जेठ, काठमाडौं, ६ जेठ । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गरी राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । आज (बिहीबार) सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा गृहमन्त्री थापा बादल देवकोटासँग पराजित बन्नुभएको हो । मतभार अनुसार एमाले उम्मेदवार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल हुनुभएको […]
काठमाण्डौ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका गैर सांसद ७ जना मन्त्रीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो । यो […]
किाठमाण्डौ, ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । मौन अवधिमा एमालेका उम्ेदवारलाई मत मागेको भन्दै नेपाली काँग्रेसले प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको हो । मौन अवधिमा मत मागेर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली र शिक्षामन्त्री श्रेष्ठले […]
रामकुमार श्रेष्ठ नवलपरासी, ५ जेठ । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागि घाइते भएका युवकको मृत्यु भएको छ । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा बुधबार स्थानीय र सशस्त्र प्रहरीबीच झडप हुँदा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षिय अविनाश राजभर घाइते भएका थिए । घाइते राजभरको शहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पु¥याइएको […]
बुटवल, ५ जेठ । रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य ६० बर्षीय चौधरीको आज (बुधबार) बिहान उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि विगत १० दिनदेखि रुपन्देहीको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत चौधरीको स्वास्थ्यमा थप समस्या आएपछि […]
सेन्टर फ्लो अक्सिजन सिष्टम जडान तिलोत्तमा, ५ जेठ । कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नं. ९ केवलानी स्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ । शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चांप थेक्न नसक्ने देखिएपछि थप आइसोलेशन सेन्टर निर्माण गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । […]
रामकुमार श्रेष्ठ नवलपरासी, ५ जेठ । पुर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको बर्दघाट दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार दुर्घटनामा ४ जनाको निधन भएकामा एक जना बसमै च्यापिएको अवस्थामा पाइएको थियो । काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]