Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कपिलवस्तु पुनः सिल : जेठ २० सम्म आवत जावत पूर्ण निषेध
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तु पुनः सिल : जेठ २० सम्म आवत जावत पूर्ण निषेध

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७७ · 0
कपिलवस्तु पुनः सिल : जेठ २० सम्म आवत जावत पूर्ण निषेध
110
SHARES
ShareTweet

कपिलवस्तु, ६ जेठ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्ला सिल गर्ने निर्णयलाई निरन्तरता दिएको छ । यस अघि बैशाख २९ देखि जेठ ५ गते सम्म जिल्ला सिल गर्ने निर्णयलाई निरन्तरता दिदै प्रशासनले थप १५ दिन जिल्लालाई सील गरेको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको र संक्रमण फैलने उच्च जोखिम जेठ २० गते (१५ दिन) सम्म जिल्लालाई पुनः सिल गर्ने निर्णय गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनु भयो । कपिलवस्तु कोरोनाको रेड जोनमा परेको र सरकारले पनि जेठ २० गतेसम्म लकडाउन लम्ब्याएकाले कोरोनाको थप संक्रमण उच्च जोखिमवाट बच्न सोही अवधि सम्म जिल्ला सिल गर्ने निर्णय गरिएको प्रजिअ पौडेलले वताउनु भयो ।
प्रशासन कार्यालयमा बसेको कोरोना बिपद ब्यवस्थापन समिति र जिल्ला सुरक्षा समितको संयुक्त बैठकले जेठ २० गते मध्यरातसम्म जिल्लालाई सील गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसको जोखिम कम गर्न समितिले जिल्लालाई सिल गर्ने अवधि थपेको हो । जिल्ला सिल गरिए संगै जिल्लाका मानिस बाहिर जान र बाहिरी मानिस जिल्ला आउन निषेध गरिएको छ ।
जिल्ला सिलका बेला यसअघि गरिएका निर्णय यथावत छन् भने तरकारी र खाद्यान्न किन्ने दिन घटाईएको छ । हप्ताको ३ दिन सोमवार, बुधवार र शनिवार बिहान ७ देखि नौ बजे मात्र सामाजिक दुरी कायम गरेर तरकारी र खाद्यान्न खरिद विक्री गर्ने समय निर्धारण गरिएको छ ।
राजमार्गमा अत्यावश्यक सामाग्री बोकेका सवारी साधन बाहेका सवारी चल्न पाउने छैनन् भने जिल्ला भित्रका सबै उद्योग धन्दा, कलकारखाना, ब्यवसाय, र सवारी साधन संचालनमा पूर्ण रोक लगाईएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) ९३० क र संक्रमण रोग ऐन २०२० को दफा २ (१) अनुसार जिल्ला सिल गरिएको हो । जिल्ला सिल गरिए संगै अव सवारी पासमा समेत कडाई गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

≪ Previous Post

भारतीय नाकाबाट प्रवेश गरेका नेपालीलाई सम्बन्धित जिल्लाकै क्वारेन्टाइनमा व्यवस्थापन गर्न राप्रपा रुपन्देहीको माग

Next Post ≫

बुटवलमा आइतवार, मंगलवार र विहिवार अत्यावश्यक सामानका पसल खुल्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क