बुटवल, १ बैशाख । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन र यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका एकल महिलाहरुलाई बुटवलमा राहत वितरण गरिएको छ ।
विभिन्न संघ संस्थाको सहकार्य र समन्वयमा बुटवल उपमहानगरपालिका वडा नं. १२ र १३ मा बसोवास गर्ने ४५ परिवारका एकल महिलाहरुलाई राहत वितरण गरिएको हो ।
उनीहरुलाई एकल महिला समूह रुपन्देही, आशीष सामाजिक सेवा नेपाल बुटवल, अम्वेडकर सोसियल फाउण्डेशन लुम्विनी बुटवलको आयोजना तथा कोभिड–१९ नागरिक सरोकार अभियान बुटवलको समन्वयमा एकल महिलाहरुलाई राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको एकल महिला समूह रुपन्देही अध्यक्ष राधिका श्रेष्ठले जानकारी गराउनु भयो ।
उनीहरुलाई बुटवल १३ का वडा अध्यक्ष नारायण पुन, १२ का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदी, आशिष सामाजिक सेवा नेपालका तविदा विश्वकर्मा, एकल महिला समूह प्रदेश ५ का अध्यक्ष जानकी घिमिरेलगायतले संयुक्त रुपमा राहत सामाग्री प्रदान गर्नुभएको थियो ।
सो कार्यक्रममा संविधान सभा सदस्य विनोद पहाडी, संगीत कर्मी संघ रुपन्देही अध्यक्ष दुर्गा क्षेत्री नेपाल, होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका अध्यक्ष समुन्द्र जि
सी, अधिवक्ता पदम कार्की, रिता सेन, विजय गौतम, डि आर घिमिरे, मधुकला कुवँर, नारायण वन्जाडे, चित्र गुरुङ, कल्पना थापालगायतले समस्यामा परेकाहरुलाई सक्नेले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
राहत वितरणका लागि विजय कसौधन, जीवन बुढाथोकी, रोहित गुप्ता लगायतले आर्थिक सहयोग गर्नुभएको थियो ।
