Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना नियन्त्रणका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्वारा आर्थिक सहयोग
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना नियन्त्रणका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्वारा आर्थिक सहयोग

संसारपोस्ट संवाददाता · २५ बैशाख २०७७ · 0
कोरोना नियन्त्रणका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्वारा आर्थिक सहयोग
90
SHARES
ShareTweet


बुटवल, २५ बैशाख । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले कोरोना नियन्त्रण तथा रोकथामका लागि ३ लाख २ हजार आर्थिक सहयोग गरेको छ ।
ट्रक ब्यवसायी तथा ट्रकमा कार्यरत चालक, सहचालक र मजदुरको हकहितका लागि स्थापित समितिले रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालको स्तरबृद्धिका लागि लागि २ लाख ५१ हजार र बुटवल वडा नम्बर ११ लाई ५१ हजार आर्थिक सहयोग प्रदान गरेको हो ।
समितिले अस्थायी कोरोना विशेष अस्पतालको स्तरवृद्वि र वडा नम्बर ११ लाई लकडाउनका कारण समस्यामा परेका गरिव, दुखी तथा मजदुरलाई राहत वितरणका लागि आर्थिक सहयोग गरिएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले जानकारी गराउनुभयो । समितिको कार्यालयमा बिहीबार एक कार्यक्रमका बिच लुम्विनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराई र वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीलाई समितिको तर्फबाट चेक प्रदान गरिएको हो ।
समितिका अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षतामा भएको आर्थिक सहयोग प्रदान कार्यक्रममा समितिका पूर्व अध्यक्ष लोकराज पोखरेल, समितिका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की, महासचिव जितबहादुर भाट, सचिव बसन्त खड्का, कोषाध्यक्ष हरि रिमाल, कार्यालय प्रमुख बाबुराम अधिकारी, सदस्य लक्ष्मण गैर, गोपाल लम्साल, खगराज गौतम, कार्यालय प्रमुख बाबुराम अधिकारी, सहायक प्रकाश गैरे, वरिष्ठ लेखापाल ऋषिराम भट्टराईलगायतले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोरा महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले समितिले आर्थिक सहयोग प्रदान गरेको र सवैको सहयोगले मात्र महामारी नियन्त्रणमा सघाउ पुग्ने धारणा राख्नु भएको थियो ।

≪ Previous Post

कोरोना भाईरसवाट मुक्तिका लागि वुद्धका सतमार्ग प्रभावकारी हुने: प्रदेश प्रमुख यादव

Next Post ≫

प्रदेश सरकारलाई कानुन समितिको २१ बुँदे निर्देशनात्मक सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क