Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ तिलोत्तमा मेयर कप फुटबलको उपाधी डिएमसीको पोल्टामा
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा मेयर कप फुटबलको उपाधी डिएमसीको पोल्टामा

संसारपोस्ट संवाददाता · २९ असार २०७६ · 0
तिलोत्तमा मेयर कप फुटबलको उपाधी  डिएमसीको पोल्टामा
80
SHARES
ShareTweet

बुटवल । तिलोत्तमा सम्पन्न प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता २०७६ को उपाधि दुर्गा मन्दिर क्लब डिएमसी तुल्सीपुरले चुमेको छ ।शनिवार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनलमा खेलमा सौभाग्य युवा क्लब बुटवललाई सडेन डेथमा पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै डिएमसीले नगद १ लाख ११ हजार १ सय ११ रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
यसैगरि उपविजेता सौभाग्यले नगद ५५ हजार ५ सय ५५रुपैया मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । यसैगरि प्रतियोगिता मा उत्कृष्ट डिफेन्डर सौभाग्यका गौतम श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर सौभाग्यका सुरज घलान, उत्कृष्ट स्टाईकर डिएमसीका आमिर श्रेष्ठ, उत्कृष्ट गोलकिपर डिएमसीका बाबु मगर, सर्वोत्कृष्ट खेलाडी डिएमसीका जिवन सुवेदी घोषित हुदै नगद तथा कपबाट पुरस्कृत भएका छन ।
तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा तिलोत्तमा –१ स्थित चप्परभटी खेलमैदानमा भएको निक्कै रोमाञ्चक खेल पहिलो हाफगोल रहित बराबरी भएको थियो । निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा डिएमसीका आमिर श्रेष्ठ, लक्ष्मण रुचाल, यान्किन योवाना गोल गरे भने विश्व अधिकारी गोल बाहिरियो, विगबिगको प्रहार पोलमा लागेर बाहिरियो । यसैगरि सौभाग्यका गौतम श्रेष्ठ, दिपेश आले, विशाल ठकुरीले गोल गरे भने सुरज अधिकारी, सुरज घलानको गोल बाहिरियो । ट्राईबेकरमा पनि बराबरी भएपनि सडेन डेथमा डिएमसीका प्रितम थापाको प्रहार गोल भयो भने सौभाग्यका सागर थापाको प्रहार बाहिरियो । यो रेफ्रीले डिएमसीलाई विजेता घोषणा गरेको थियो ।
खेलमा डिएमसीका गोलरक्षक बाबु मगर म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिका नगरप्रमुख बासुदेव घिमिरे, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष हरि प्रसाद श्रेष्ठ, एकेडेमीका अध्यक्ष तिलक नेपाली, महासचिव युबराज पराजुली, कार्यक्रमका संयोजक घनश्याम श्रेष्ठले विजेता टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको छ ।
यसैगरि प्रतियोगिता अवधिभर संचारको क्षेत्रबाट योगदान पुर्याएको भन्दै कान्तिपुर टिभि, कान्तिपुर साप्ताहिक तथा बुटवलटुडेका सम्बाददाता स्वस्तिक श्रेष्ठलाई नगद ५ हजारसहित कदरपत्रबाट सम्मान गरिएको थियो ।

≪ Previous Post

नेपाल ट्रेड युनियन काँग्रेस युवा समितिको अध्यक्षमा पोखरेल

Next Post ≫

आज २०६ औं भानु जयन्ती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क