Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ राहत लक्षीत वर्गमा पुगेको छैन: राष्ट्रिय जनमोर्चा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राहत लक्षीत वर्गमा पुगेको छैन: राष्ट्रिय जनमोर्चा

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७७ · 0
राहत लक्षीत वर्गमा पुगेको छैन: राष्ट्रिय जनमोर्चा
70
SHARES
ShareTweet


श्यामलाल पोखरेल
बुटवल,२२ बैशाख
राष्ट्रिय जनमोर्चाले कोरोनाबाट पीडित जनताको उचित व्यवस्थापनका लागि मानवीय र व्यवहारिक नीति अपनाउनु पर्ने बताएको छ । कोरोना संक्रमण बिरुद्व सरकारले. चालेका कमद जनस्तरबाट पूर्ण सर्मथन भएपनि सरकारले मानवीय र व्यवहारिक नीति अपनाउनु नसकेको राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले बताउनु भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्षसमेत रहनुभएका रुपन्देही अध्यक्ष आलमले सोमबार विज्ञप्ती जारी गरी मानवीय र व्यवहारिक नीति अपनाउन नसक्नु देशको लागि दुर्भाग्य भएको बताउनु भएको छ । कोरोना कहरका बिरुद्व सबै राजनीतिक दल, संघ संस्था एकजुट भएको बेला मानवीय र व्यबहारिक नीति सरकारले ल्याउन नसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ । लकडाउनका कारण दैनिक श्रम गरेर खानेहरुको जीवन थप कष्टकर बन्दै गएकाले पीडित जनताको लागि मानवीय र व्यवहारिक नीति अपनाउन राष्ट्रिय जनमोर्चाले माग गरेको छ । राहत वितरणका लागि सरकारले लिएको एकद्वार प्रणलीको . सबै राजनैतिक पार्टी संघ संस्थाले पूर्ण सर्मथन गरे पनि सरकारले त्यसको सही सदुपयोग र संयोजन नगरेकोसमेत विज्ञप्तीमा उल्लेख गरिएको छ । राहत वितरणमा एकपक्षीय र अपारदर्शी भएको जनस्तरबाटै बिरोधका स्वरहरु आएको अध्यक्ष आलमले बताउनु भएको छ । एकाद ठाउंमा सामान्य औपचारिकता पुरा गर्न समावेशी गरिएता पनि अधिकाँंश ठाउंमा विपक्षी राजनैतिक पार्टीलाई उपेक्षा गरिएकाले राहत वितरण एकलौटी भएको हुन सक्ने विज्ञप्तीमा उल्लेख छ । तीन बर्षपछि हुने चुनावलाई मध्यनजर गरी राहत वितरण गरिएको जनगुनासो उठेको र मजदुर तथा विपन्न वर्गको सरकारी तथ्याकं नभएकाले राहत लक्षित समुहमा नपुको आशंका रहेको अध्यक्ष आलमले बताउनु भएको छ । राहतलाइ लक्षित वर्गसम्म पुराई पारदर्शी रुपमा वितरण र अन्य समस्याहरुका लागि सर्वदलीय संयन्त्र निर्माण गरी प्रभावकारी अनुगमनको बातावरण मिलाउनु पर्ने राष्ट्रिय जनमोर्चाको माग रहेको विज्ञप्तिमार्फत बताइएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई अबिलम्ब नेपाल ल्याउने व्यवस्था मिलाउन र दैनिक ज्यालदारी गरी जीवन निर्वाह गर्ने वर्गको समस्याबारे गम्भीर हुन राष्ट्रिय जनमोर्चाले सरकारसंग माग गरेको छ । लकडाउनका कारण देश भित्रै अलपत्र परेका विद्यार्थी, मजद’र तथा सर्वसाधारण नागरिकको समस्याबारे सरकारले उचित व्यवस्थापन गर्न नसकेको र तत्काल उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । लकडाउनको बेला शैक्षिक संस्थाहरुले अनलाईनबाट पठनपाठन गर्न शुरु गरेकोप्रति राष्ट्रिय जनमोर्चाले ध्यान आर्कषित भएको जनाएको छ । आर्थिक अवस्था कमजोर भएका दुरदराजका ठाउंहरुमा इन्टरनेटको पहुंच नभएकाले सरकाराको अनलाइन कक्षा सञ्चालन गर्ने कार्य व्यवहारिक नदेखिएको अध्यक्ष आलमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । धनाड्य वर्गकाका विद्यार्थीलाइ अनलाइन शिक्षा लाभदायिक हुने र विपन्न वर्गका विद्यार्थी अनलाइन शिक्षाबाट बन्चित हुनेसमेत विज्ञप्तीमा उल्लेख गरिएको छ । अनलाइन शिक्षा अव्यवहारिक र विभेद बढाउने भएकाले अनलाइन शिक्षा रोक्न राष्ट्रिय जनमोर्चा रुपन्देहीले सरकारसंग माग गरेको छ ।

≪ Previous Post

विमन केयरद्धारा युनियनमा आवद्ध पत्रकारलाई मास्क र सेनिटाईजर प्रदान

Next Post ≫

समाजसेवी बिद्या यादव राहत लिएर घर घरमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क