Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ वडाका जनप्रतिनिधिहरुबाट अन्याय भयो : सीता परियार
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

वडाका जनप्रतिनिधिहरुबाट अन्याय भयो : सीता परियार

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७७ · 0
वडाका जनप्रतिनिधिहरुबाट अन्याय भयो : सीता परियार
70
SHARES
ShareTweet


बुटवल, २२ बैशाख । बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगरस्थित तिलोत्तमा टोलकी स्थानीय सीता आब्जु परियारले आफु माथि जनप्रतिनिधिहरुकै उपस्थितिमा अन्याय भएको गुनासो गर्नु भएको छ । आफ्नो टोलका मजदुर वर्गले राहत नपाएको भन्दै आक्रोश ब्यक्त गरेको र त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका कारण आफु माथि हप्कीदप्की भएको बताउनु भएको हो ।
आफुले ब्यक्त गरेका भनाई सहितको भिडियो सार्वजनिक भएपछि वडा कार्यालयमा बोलाएर आफुलाई मानसिक यातना दिईएको आईतबार सञ्चारकर्मी तथा मानवअधिकारकर्मीहरुलाई उहांले जानकारी गराउनु भयो । गत बैशाख १४ गते दैनिक ज्यालादारी गर्ने मजदुरले राहत नपाएको भन्दै परियारले सामाजिक संजाल फेसबुक मार्फत वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको नाम नै लिएर आक्रोश पोख्नु भएको थियो ।
भिडियोमा किन जनप्रतिनिधिको आलोचना गरेको भन्दै आफु माथि वडा कार्यालयमा बोलाएर वडा अध्यक्ष क्षेत्री सहितका जनप्रतिनिधिले २ घण्टासम्म मानसिक यातना दिएर जवरजस्ती कागजमा हस्ताक्षर गर्न लगाएको उहांको आरोप छ । हस्ताक्षर गर्न लगाईएको कागजमा लेखिएको व्यहोरा समेत आफुलाई नसुनाईएको उहांले गुनासो गर्नु भयो । आफ्नो सन्तानलाई जे पनि हुन सक्ने भन्ने धम्की दिएका कारण मानसिकरुपमा कमजोर भएर आमा सिताले पटक पटक आत्महत्याको प्रयास गरेको छोरी मिनु पाण्डेले बताउनु भयो ।
यस विषयमा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले सितालाई वडा कार्यालयमा बोलाएर सामान्य सोधपुछ गरेको र कुनै धाकधम्की दिने काम नभएको वताउनु भयो । उहांले आफु र जनप्रतिनिधि माथि गलत आरोप लगाईएकोले त्यस विषयमा वडा कार्यालयमा वोलाएर सामान्य सोधपुछ मात्र गरिएको प्रतिक्रिया दिनु भयो ।
घटना सार्वजनिक भएपछि मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोबिन्द खनाललगायत अधिकारकर्मीको टोलीले आब्जुको घरमा पुगेर घटनाको बारेमा जानकारी लिएको थियो । अधिकारकर्मी खनालले विश्व प्रेस स्वतन्त्रता दिवस मनाईरहँदा समाजको पक्षमा सामाजिक सञ्जालमा बोल्दा वडाका जनप्रतिनिधिले बन्द कोठामा राखेर धम्कि दिएर खाली कागजमा सहि गर्न लगाउनु गम्भिर विषय रहेको बताउनु भयो ।

≪ Previous Post

कृषि अनुदानमा दोहोरोपन हुन नदिन लेखा समितिको निर्देशन

Next Post ≫

अनलाइन शिक्षाप्रति अभिभावक र विद्यार्थी संगठन असहमत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क