बुटवल २० बैशाख
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटी अन्तर्गतका विभिन्न शाखा कमिटीले चार छुट्टाछुट्टै स्थानमा सामाजिक दूरी कायम राखेर शनिबार शोकसभा सम्पन्न गरेका छन् ।
लकडाउनका बीच निधन भएका आफ्ना तीनजना पार्टी कार्यकर्ता मातृ शोकमा परेपछि सामाजिक दूरी कायम राखेर शोकसभा गरिएको नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले जानकारी दिए ।
पार्टी केन्द्रीय विभागका सदस्य तिलोत्तमा –४ निबासी शशि पौडेलकी आमा लक्ष्मी पौडेल, पार्टी कार्यकर्ताहरु तिलोत्तमा–३ निबासी डा. शिव पौडेल र तिलोत्तमा–५ निबासी भोजराज कडेरियाकी आमा तथा तिलोत्तमा–१ कि जनप्रतिनिधि हिरादेवी बिकका ससुराको निधन भएकोमा सम्बन्धित शाखा कमिटीहरुले शोकसभा गरेका हुन् ।
चारवटै शोकसभामा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीको पनि उपस्थिति थियो भने दुईवटा शोकसभामा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे सहभागी भएका थिए ।
तिलोत्तमा–३ मा आयोजित शोकसभा शाखा कमिटी अध्यक्ष अच्यूत पन्थीको अध्यक्षतामा भएको थियो भने तिलोत्तमा ४ मा शाखा कमिटी अध्यक्ष जितेन्द्र जिसीको अध्यक्षतामा शोकसभा भएको थियो । त्यस्तै तिलोत्तमा–५ मा शाखा कमिटी अध्यक्ष खेम आचार्यको अध्यक्षतामा शोकसभा सम्पन्न भएको थियो ।
