Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिम नवलपरासीमा स्वाव संकलन र परीक्षण तिव्र
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिम नवलपरासीमा स्वाव संकलन र परीक्षण तिव्र

संसारपोस्ट संवाददाता · २० बैशाख २०७७ · 0
पश्चिम नवलपरासीमा स्वाव संकलन र परीक्षण तिव्र
70
SHARES
ShareTweet

७ वटै स्थानीय तहमा शंकास्पद सबैको स्वाव संकलन कार्य शुरु

रामकुमार श्रेष्ठ




नवलपरासी, २० बैशाख । पश्चिम नवलपरासीमा स्वाव संकलन र परीक्षण तिब्र पारिएको छ । प्रदेश ५ का दुई जनामा एकै साथ कोरोनाको संक्रमण देखिए पछि प्रदेश ५ को पश्चिम नवलपरासीमा स्वाव संकलन र परीक्षण तिब्र पारिएको हो ।
पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहका शंकास्पद सबैको स्वाव संकलन कार्य शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरभ ढकालले जानकारी गराउनु भयो ।
पश्चिम नवलपरासीमा अहिलेसम्म २ सय ७ जनाको स्वाव संकलन गरिएको छ । संकलन भएको स्वाव मध्ये ४१ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ६६ जनाको परिक्षण रिपोर्ट आउन बांकी छ ।
सुनवल नगरपालिकाका ३७ जना र बर्दघाट नगरपालिकाका ४ गरी ४१ जनाको स्वाव परीक्षणको रिपोर्ट आईसकेको हो । जिल्लाका ७ वटै स्थानीय तहमा क्वारेन्टाईनमा रहेका र यस अघि क्वारेन्टाईनमा बसेर घर फर्किएकाहरुको स्वाव परीक्षणलाई तिब्रता दिईएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नलपरासीका प्रमुख गौरव ढकालले बताउनुभयो ।
सुनवल नगरपालिकामा ३७, रामग्राम नगरपालिकामा २५ र बर्दघाट नगरपालिकामा ३४ जनाको स्वाव संकलन गरिएको छ । यस्तै पाल्हिनन्दन गाउँपालिकामा ३६, सरावल गाउँपालिकामा २५, प्रतापपुर गाउँपालिकामा २५ र सुस्ता गाउँपालिकामा २५ जनाको स्वाव संकलन भएको ढकालले बताउनु भयो । प्रदेश ५ सरकारले पश्चिम नवलपरासीमा २ सय ९८ भिटिएम उपलब्ध गराएकोमा २ सय ७ वटा प्रयोगमा आइसकेको र अव ९१ वटा मात्र भिटिएम प्रयोगमा आउन बांकी रहेको छ ।
जिल्लामा यस अघि १ सय ७५ जनाको आरडिटी परिक्षण गर्दा १ सय ७४ जनाको नेगेटिभ र १ जना ७८ बर्षिया बृद्धको एन्टीवोडी पोजेटिभ देखिएको थियो । उनको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको थियो । जिल्लामा आरडिटी परिक्षण तर्फ भने बर्दघाट नगरपालिकामा १५, सुनवल नगरपालिकामा ९ र रामग्राम नगरपालिकामा १४ जनाको परीक्षण भएको छ । यस्तै प्रतापपुर गाउँपालिकामा ४९ जना, सुस्तामा ४०, सरावलमा १३ र पाल्हिनन्दनमा १८ जनाको आरडिटी परिक्षण भएको हो । जिल्लाभर होम क्वारेन्टाईनमा रहेका १७ जनाको आरडिटी परिक्षण गरिएको थियो । जिल्लामा प्रदेशबाट ३ सय २० पिस किट आएकोमा १ सय ७५ वटा किट प्रयोग भएपछि १ सय ४५ वटा किट बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ढकालले जानकारी गराउनु भयो ।


अहिले पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा रहेका क्वारेन्टाईनमा १ सय ३० जना रहेका छन् । जिल्लामा क्वारेन्टाईनमा बस्नेहरु भारत लगायत तेस्रो मुलुकबाट आएकाहरु रहेका छन् । पश्चिम नवलरासीमा संकलित स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने गरिएको छ । भैरहवामा परिक्षण ल्याब भए पनि त्यहाँबाट नपठाउन आग्रह गरिएकोले काठमाण्डौ नै पठाउने गरेको ढकालले बताउनु भयो ।
आरटिपिसिआर परिक्षणबाट गरिएको परीक्षणमा ४१ जनाको रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई क्वारेन्टाईनबाट घर पठाउने तयारी गरिएको ढकालले बताउनु भयो । उहांका अनुसार टेकुमा देशैभरबाट नमुना परिक्षणका लागि जाने भएकाले छिट्टै रिपोर्ट प्राप्त गर्न समस्या भएको छ । पश्चिम नवलपरासीमा हालसम्म कसैमा पनि कोरोना संक्रमण भएको छैन् ।

≪ Previous Post

नृत्यकर्मीद्वारा विपन्न वर्गलाई राहत बितरण

Next Post ≫

नगरमा एकै दिन चार वटा शोकसभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क