Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा तेस्रो चरणको राहत वितरण
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा तेस्रो चरणको राहत वितरण

संसारपोस्ट संवाददाता · १६ बैशाख २०७७ · 0
तिलोत्तमामा तेस्रो चरणको राहत वितरण
50
SHARES
ShareTweet

परिवार संख्याको आधारमा चार हजार परिवारलाई राहत



तिलोत्तमा, १६ वैशाख । तिलोत्तमा नगरपालिकाले तेस्रो चरणको राहत वितरण सुरू गरेको छ । पहिलो र दोस्रो चरणमा ३ हजार ३ सय घर परिवारलाई राहत वितरण गरेको नगरपालिकाले तेस्रो चरणमा झण्डै ४ हजार परिवारलाई राहत दिन थालेको हो ।
तिलोत्तमाले लकडाउन सुरु भएलगत्तै पहिलो चरणको राहत वितरण गरेको थियो । लकडाउनको समय थपिँदै जाँदा राहतग्राहीहरुको संख्या बढ्दै गएपछि तिलोत्तमाले तेस्रो चरणको राहत वितरण थालेको हो । यस पटकको राहत परिवार संख्याको आधारमा तीन तहमा बाँडेर वितरण गर्न थालिएको नगर उपप्रमुख एवं राहत व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले जानकारी दिनुभयो ।
कार्यपालिकाको निर्णयअनुसार दुई जना व्यक्ति भएको परिवारलाई १५ किलो चामल, दुई किलो दाल, पाँच जनासम्मको परिवारलाई २० किलो चामल, दुई किलो दाल र पाँच जनाभन्दा बढी भएको परिवारलाई २५ किलो चामल, तीन किलो दाल प्रदान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । यस्तै सबै राहत पाउने परिवारलाई एक लिटर तेल र एउटा साबुन समेत प्रदान गरिने उपप्रमुख चौधरीले जानकारी दिनुभयो ।
पहिलो र दोस्रो चरणमा लक्षित सबै परिवारलाई दश किलो चामल, दुई किलो दाल, एक किलो नुन र एउटा साबुन प्रदान गरिएकोमा यस पटक राहत परिमाणलाई बढाइएको हो ।
टोल विकास संस्था र दलका प्रतिनिधिसमेतको समन्वयमा संकलन गरिएको लगतको आधारमा लक्षित घर परिवारलाई तेस्रो चरणको राहत वितरण सुरू गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले वडाको खाद्य बैंकमा संकलन भएको राहत परिमाणको आधारमा अपुग खाद्यान्न खरिद गरेर वितरण प्रक्रिया अघि बढाएको हो । नगर प्रमुख बासुदेव घिमिरेले राहत लक्षित वर्गसम्म पुगोस् भन्नेमा नगरपालिका सचेत रहेको बताउँदै वास्तविक लक्षित वर्गको पहिचानमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । हैसियत भएकाले राहत लिनु भनेको नसक्नेले प्राप्त गर्ने राहत खोस्नु सरह भएको बताउँदै उहाँले नगरपालिकामा रहेका जोकोहीलाई खाद्य अभाव भएमा जनप्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गर्नुभयो ।
संघीय सरकारले दिएको निर्देशनअनुसार राहत वितरणको मापदण्ड बनाएर संकलन, खरिद तथा वितरण गरिएको प्रवक्ता सुरेन्द्र श्रीको भनाइ छ । तिलोत्तमाले खाद्य बैंक स्थापना गरी सक्नेहरुलाई स्वेच्छिक खाद्यान्न संकलन गर्न आह्वान गरेको थियो ।

≪ Previous Post

कोरोना रोकथाममा तिलोत्तमा : “सीमित स्रोतका बाबजुद ठूलो उपलव्धि हासिल गर्‍यौं”

Next Post ≫

कोराना भाइरस प्रभाव : आगामी दिनमा बिश्वमा आउन सक्ने परिवर्तन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क