Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश ५ सरकारले ४४ वटा कृषि एम्बुलेन्स संचालन गर्ने
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रदेश ५ सरकारले ४४ वटा कृषि एम्बुलेन्स संचालन गर्ने

संसारपोस्ट संवाददाता · ६ बैशाख २०७७ · 0
प्रदेश ५ सरकारले ४४ वटा कृषि एम्बुलेन्स संचालन गर्ने
90
SHARES
ShareTweet


बुटवल ६ बैशाख
किसानहरुले उत्पादन गरेको कृषि जन्य बस्तु ढुवानीको लागि सहज बनाउनको लागि प्रदेश ५ सरकारले ४४ वटा कृषि एम्बुलेन्स संचालन गर्ने भएको छ ।
कोभीड–१९ को कारण किसानहरुले उत्पादन गरेको कृषि जन्य बस्तु ढुवानीको लागि सहज बनाउनको लागि प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको हो ।
कोभीड १९ को विषम परिस्थितीमा किसानहरुले उत्पादन गरेको कृषि तथा पशुजन्य खाद्य बस्तुको आपुर्ती तथा विक्रि वितरणको लागि मन्त्रायले अनुदानमा उपलब्ध गराएका ३४ वटा र थप मन्त्रालयका सरकारी १० वटा गरी कुल ४४ वटा पिक अप भ्यान लाई ‘कृषि एम्बुलेन्सको’ रुपमा उपलब्ध गराउने भएको हो ।
प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता तथा योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले उत्पादक किसान, सहकारी संस्था तथा व्यवसायीहरुलाई सहुलियत दरमा तरकारी, फलफुल, दुध माछा, मासु तथा अन्य उपभोग्य सामग्रीको उपलब्धतालाई सहज बनाउनको लागि कृषि एम्बुलेन्सका लागि पिक अप भ्यान परिचालन गर्न लागिएको बताउनु भयो ।
यसरी व्यवस्थापन गर्न लागिएको पिकअ भ्यानको सवारी साधानको न्युनतम भाडा कृषि उद्यमी तथा कृषि सहकारीहरुले नै व्यहोर्ने छन् भने गाडीको लागि आवश्यक ईन्धन कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रले व्यहोर्ने छन् । यसरी ति ज्ञान केन्द्र र पशुसेवा विज्ञ केन्द्रले आर्थिक रुपम व्यहोर्न नसकेमा थप बजेट मन्त्रायले दिने छ ।
मन्त्रालयका सचिव तेज बहादुर सुवेदीका अनुसार किसानहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई सहज रुपमा विक्रि वितरण तथा ढुवानीका लागि वातावरण मिलाउनको लागि मन्त्रायले यो निर्णय गरेको बताउनु भयोे ।
यस्तै मन्त्रायले कोभिड १९ को संक्रमण रोक्नको साथै अत्याबश्यक कृषि तथा पशुजन्य खाद्यवस्तुको आपुर्ति तथा वितरण र उत्पादन सामाग्रीहरुको शुलभ आपुर्तीको सुनिश्चित गर्न र खासगरी साना किसानहरुलाइ यसको प्रभाव न्युनीकरण गर्न कृषि ज्ञान केन्द्र र भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले अगुवाइ गरी ढुवानी र वितरणको ब्यवस्था मिलाईने बताईएको छ ।

कोभिड १९ को प्रभाव न्युनीकरणको लागि आबश्यक समन्वय गर्न मन्त्रालयमा उपसचिब शुरेशचन्द्र आचार्य ९८५११२०४८० लाई तोकिएको र मातहत सबै कार्यालयहरुमा एक एक जना सम्पर्क अधिकृत तोक्ने ब्यवस्था मिलाइएको छ ।
प्रदेशका १२ वटै जिल्लामा १÷१ वटा सम्पर्क कार्यालय तोक्ने र उक्त कार्यालयले मन्त्रालयले तयार गरेको ढुवानी साधन ब्यवस्थापन प्रणाली मार्फत ढुवानी साधनहरुको परिचालन गर्न पास उपलब्ध गराउने र स्थानीय प्रशासन र सुरक्षा निकायसंग समेत समन्वय गर्ने ब्यवस्था मिलाईएकोे छ ।
सवारी साधन परिचालन गर्दा अनाबश्यक हिंडडुल कम गर्न सकभर चार चक्के ढुवानी साधन परिचालन गर्ने र उत्पादन स्थलबाट कृषकहरुले सोझै टोलटोलमा खुद्रा ब्यापारी र उपभोक्तासम्म पुर्याउने ब्यवस्था मिलाउने जनाइएको छ ।
यत्तै मन्त्रायले वर्तमानको कठिन परिस्थितिमा बाली लगाउनको लागि किसानहरुलाइ बीउ मल रोग तथा कीटनासक बिषादी चल्ला दाना तथा चारा घांस परालको आपुर्ति ब्यवस्था मिलाउने र समयमी बाली थन्काउने तथा बाली लगाउने कार्यमा सामाजिक दुरी कायम राखी समयमै गर्ने गराउने ब्यवस्थाको लागि आबश्यक समन्वय गर्ने छ भने गाउं टोल तथा सहरी क्षेत्रमा भिड कम गर्न उत्पादक तथा वितरकहरुलाइ टोल टोलमै पुगि सोझै खुद्रा पसले वा उपभोक्तालाइ बिक्री गर्ने ब्यवस्था मिलाउने भएको जनाएको छ ।
कृषि तथा पशुपंक्षीजन्य खाद्यवस्तु तथा उत्पादन सामाग्रीको ढुवानीमा कुने अवरोध भए कृषि ज्ञान केन्द्र पशु सेवा बिज्ञ केन्द्रले स्थानीयस्तरमा नै प्रशासन र सुरक्षा निकायसंग समन्वय गरी सहजिकरण गर्ने र यस बारेमा कृषक कृषि उद्यमी तथा ब्यवसायीहरुलाइ पनि रेडियो टेलिभिजन मार्फत जानकारी गराउने छ ।
खासगरी बर्षे बाली लगाउनको लागि आबश्यक तयार गर्न बीउ मलको ढुवानी तथा रोगकीराको प्रकोप ब्यवस्थापन गर्न आबश्यक कीटनाशक बिषादीको आपुर्ति र वितरणको ब्यवस्था मिलाउन एग्रोभेट पसल र कृषि सामाग्री बिक्रेता पसल खोली उत्पादन सामाग्री कृषकलाई समयमै उपलब्ध गराउने ब्यवस्था मिलाउन जिल्लास्थित कार्यालयले सहजिकरण गर्नेछन । कृषकहरुले आफूले उत्पादन गरेको परिमाण तथा विक्री योग्य परिमाण सम्बन्धित जिल्लास्थित कार्यालयमा जानकारी गराउने र सोही अनुसार सम्बन्धित कार्यालयले ढुवानी तथा तथा वितरण प्रणालीको ब्यवस्था मिलाउने छन ।

≪ Previous Post

देवदहमा आधुनिक प्रणालीबाट अर्गानिक उन्मुख तरकारी उत्पादन

Next Post ≫

ट्रक यातयात व्यवसायीको पेशा संकटग्रस्त ,व्याज र सवारी कर मिनाहा गर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क