Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लकडाउनका कारण नवलपुरका होम स्टेहरु सुनसान
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउनका कारण नवलपुरका होम स्टेहरु सुनसान

संसारपोस्ट संवाददाता · ६ बैशाख २०७७ · 0
लकडाउनका कारण नवलपुरका होम स्टेहरु सुनसान
60
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपरासी, ६ बैशाख । कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनको प्रभाव नवलपुरका होम स्टेहरुमा पनि परेको छ ।
नवलपुरमा फस्टाउँदै गएको होम स्टेहरु अहिले सुनसान देखिएका छन् । नवलपुरमा ८ वटा होम स्टेहरु रहेका छन् । ती मध्येको एउटा हो कावासोती नगरपालिका १५ मा रहेको अमलटारी होम स्टे ।
यहाँ ३१ घर होम स्टे रहेका छन् । होम स्टे स्थापना पछि आएको आर्थिक परिवर्तनले स्थानीयको जनजीवन निक्कै उकासिएको थियो । तर, लकडाउनका कारण होम स्टे बन्द गर्न परेपछि यहाँका ३१ घर बासिन्दा जो होम स्टेमा आउने पर्यटकबाट हुने आम्दानीको भरमा बाँचेका थिए उनीहरुको दैनिकी अहिले प्रभावित भएको छ ।
त्यसो त कोरोनाको संक्रमण देखिन थालेपछि सरकारले लकडाउन नगर्दै अमलटारी होम स्टेमा पर्यटक आवत जावत बन्द गरिएको थियो भने बुक भएका कार्यक्रमहरु समेत रद्द गरिएको थियो ।
नेपालको पहिलो होम स्टे अन्तरगत पर्ने पूर्वी नवलपरासीको होम स्टे अहिले सुनसान छ । पयर्टक आउजाउका लागि बन्द गरिएको छ । खास गरेर चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी गर्न मिल्ने भएका कारण पनि यहाँ आउन पर्यटकहरु लालायित हुने गर्दछन् । त्यसैगरी यहाँ थारु, बोटे, माझी समुदायको परम्परागत कला संस्कृतिहरु हेर्न समेत पाइन्छ ।
लकडाउन भएपछि अहिले अमलटारी होम स्टे सुनसान भएको र यहाँका होम स्टे सञ्चालकहरुको दैनिकीमा पनि प्रभाव पारेको अमलटारी होम स्टेका अध्यक्ष प्रेम शंकर मर्दनियाले बताउनु भयो । उहांका अनुसार यो लकडाउनको अवधिमा होम स्टे सञ्चालकका एक घर परिवारलाई कम्तिमा ६० देखि ७० हजार रुपैयाँ नोक्सान भएको छ ।
यहाँ होम स्टेका कारण आन्तरिक तथा वाह्य पर्यटकहरुको चांप बढेपछि यहाँका बासिन्दाहरुले स्थानीय स्तरमा होटलहरु समेत सञ्चालन गरेका छन् । कुनै बेला कृषि पेशामा मात्र निर्भर रहनु पर्ने यहाँका बासिन्दाहरुको जीवनयापन र दैनिकीमा होम स्टे सञ्चालन पछि निकै परिवर्तन भएको छ । अमलटारी होम स्टे सञ्चालक मध्येका एक जना नविन महतोले भन्ुभयो – ‘अहिले आर्थिक रुपमा ठूलो समस्या भएको छ ।’
अमलटारी होम स्टेमा गत आर्थिक बर्षमा मात्रै २२ हजार पर्यटकहरु आएका थिए । नयाँ बर्षको पर्यटकहरु आउने सिजनमा होम स्टे बन्द गर्नु परेपछि लकडाउनको अन्त्य भएपछि पनि पुरानै अवस्थामा फर्काउन निक्कै मेहनत गर्नु पर्ने अवस्था आउने सुनाउनुहुन्छ – अमलटारी होम स्टेका अध्यक्ष प्रेमशंकर मर्दनिया ।


यो अमलटारी होम स्टे अमलटारी मध्यवर्ती उपभोक्ता समिति अन्तरगत रहेको गुदे्रही ढकाहा मध्यवर्ती सामुदायिक वनले सञ्चालन गरेको हो । होम स्टे सञ्चालनसँगै यहाँबाट निकुञ्ज भित्र वन्यजन्तु अवलोकनका लागि जंगल सफारी र हात्ती सफारी खोलिएको छ । जसले गर्दा पर्यटकहरु यहां आउन थप आकर्षित हुने गरेका छन् ।

≪ Previous Post

कपिलबस्तुको बोर्डगाउँ चोकमा पैदलयात्रीलाई खाजा

Next Post ≫

लकडाउन समस्या : अलपत्र पैलद यात्रु हिंडेरै गन्तब्यतर्फ जांदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क