बुटवल, २ बैशाख । पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघले तिलोत्तमा नगरपालिकाले स्थापना प्रकोप व्यवस्थापन कोषलाई ५१ हजार रुपैयां प्रदान गरेको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत हाल विश्वव्यापी महामारीकारुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाम, उपचार र राहतका लागि तिलोत्तमा नगरपालिकालाई सहयोग गरिएको हो ।
संघका उपमहासचिब प्रेमबहादुर घर्ती, कोषाध्यक्ष धनेन्द्र पौडेल, सदस्य बिष्णु पौडेल र टिका राम न्यौपानेको टोलीले वडा नं. ७ का अध्यक्ष दुर्गा पाण्डेको रोहबरमा नगर प्रमुख बासुदेव घिमिरेलाई ५१ हजार रुपैयांको चेक हस्तान्तर गरेको हो ।
संघले कोरोना भाइरस संक्रमणको रोकथामका लागि व्यवसायी, चालक र मजदुरलाई जनचेतना कार्यक्रम पनि गरेको उपमहासचिव प्रेम जीएमले जानकारी गराउनु भयो ।