Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि संघसंस्थाको सहयोग
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि संघसंस्थाको सहयोग

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७६ · 0
लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि संघसंस्थाको सहयोग
70
SHARES
ShareTweet


बुटवल, ३० चैत । विश्वभर फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् ।
यसका साथै लुम्बिनी प्रादेशिक अस्पतालको विकास र स्तरोन्नतीका लागि पनि सामाजिक संघसंस्थाहरुको सञ्जाललले आर्थिक सहयोग गरेको छ । सञ्जालमा आवद्ध संघसंस्थाहरुले संस्थाको कारोवार र आर्थिक अवस्था अनुसार अस्पतालको विकास र स्तरोन्नतीका लागि आर्थिक सहयोग गरेका छन् ।
जसअनुसार यातायात ब्यवसायीहरुको संस्था पश्चिम नेपाल बस ब्यवसायी प्रा. लि. ले रु ५ लाख, बुटवल यातायात प्रा. लि. ले १ लाख ५ हजार र यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले ५ लाख रुपैयाँ सहयोग गर्ने भएकाछन् ।
प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना अस्पताल बनाउन गरी अस्पतालको स्तरोन्नती प्रक्रिया अघि बढाएकाले संस्थागत निर्णय गरेर आर्थिक सहयोग गरिएको पश्चिम नेपाल बस ब्यवसायी प्रा. लि.का अध्यक्ष दधिराम खरेलले बताउनु भयो । यस्तै बुटवल यातायात प्रा. लि. को कार्यसमिति बैठकले पनि अस्पतालको विकासका लागि सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष रविन्द्रमान श्रेष्ठले बताउनु भयो ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको विकास र स्तरोन्नतीका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेलले जानकारी गराउनु भयो । अध्यक्ष फुल्लेलका अनुसार भलाई कोषले बुटवल उपमहानगरपालिकाको राहत कोषमा यसअघि एकलाख ५१ हजार रुपियाँ सहयोग गरिसकेको छ ।
रुपन्देहीमा क्रियाशिल संघसंस्थाहरुको संजालको बैठकले यसअघि नै कोरोना विरुद्धको अभियानका लागि संयुक्त रुपमा रकम संकलन गर्ने निर्णय गरेका थिए ।
यस्तै अस्पतालको विकास र स्तरोन्नतीका लागि बुटवल उद्योग बाणिज्य संघले ३ लाख ५१ हजार, रुपन्देही उद्योग संघले ३ लाख ५१ हजार र रुपन्देही व्यापार संघले पनि ३ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय यस अघिनै गरिसकेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो ।
कोरोना संक्रमण रोक्न र यसको जोखिमबाट बच्न संघसंस्थाहरुले सक्दो सहयोग गरिरहेका छन् भने लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्न सकिए महामारीजन्य यस्ता रोगहरुको उपचारमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

≪ Previous Post

२०७६ साल चैत ३० गते आइतवारको राशिफल

Next Post ≫

तिलोत्तमामा गहुँको मूल्य प्रतिक्विन्टल तीन हजार रुपैयाँ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क