Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल र आसपासको क्षेत्रमा लकडाउनको प्रभाव कायमै
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवल र आसपासको क्षेत्रमा लकडाउनको प्रभाव कायमै

संसारपोस्ट संवाददाता · २७ चैत्र २०७६ · 0
बुटवल र आसपासको क्षेत्रमा लकडाउनको प्रभाव कायमै
70
SHARES
ShareTweet

श्यामलाल पोखरेल



बुटवल, २७ चैत । संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनको देशभर प्रभाव परेको छ । लकडाउनको १७ औं दिन बिहीबार पनि लकडाउनका कारण देशभरको जनजीवन ठप्प बन्यो । सरकारले पहिलो पटक गत चैत्र ११ गतेदेखि १८ गतेसम्मको लागि लकडाउन घोषणा गरेको थियो । तर कोरोनाको संक्रमण नियन्त्रण नआएको भन्दै दोस्रो पटक चैत २५ र तेश्रो पटक आगामी बैशाख ३ गतेसम्मको लागि लक डाउनको समय थप गरेको छ । कोरोना भाइरसबाट बच्नका लागि सरकारले विभिन्न प्रकारका सचेतनामूलक कार्यक्रमसंगै लकडाउन गरेपछि अहिले देशभरको जनजीवन ठप्प छ । लक डाउन उलंघन गरेर पैदल यात्रामा हिड्नेहरुलाइ पनि सुरक्षाकर्मीहरुले पछिल्ला दिनहरुमा झनै कडाइ गरेका छन् । आदेश उलंघन गर्नेलाइ संक्रमण रोग ऐन बमोजिम सरकारले कारबाही गर्ने निर्णय गरिसकेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकार कठोर बनेपछि सर्वसाधारणले लकडाउको पालना गर्न थालेका हुन् । स्वास्थ्य, सुरक्षा, संचार लगायत अत्यावश्यक क्षेत्रमा काम गर्नेहरुलाई सवारी पास र परिचयपत्रको आधारमा आवातजावत गर्न दिएपनि अनावश्यक रुपमा सडकमा हिड्नेहरुलाई सुरक्षाकर्मीहरुले सडकबाटै फर्काउने गरेका छन् । स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सबै प्रकारका कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र कार्यालयमा उपस्थित हुन सरकारले निर्देशन गरेपछि कर्मचारीहरु पनि घरमै बसेर लकडाउनको पालना गरेका छन् ।
तीनै तहका सरकारले कोरोना भाइरस नियन्त्रणका लागि ठाउंठाउंमा क्वारेन्टाइन र आइसोलेसन अस्पताल स्थापना गरेर कोरोना भाइरसको रोकथाममा लागेपछि स्वतस्फुर्त रुपमा देशभर लकडाउनको प्रभाव परेको हो । मानिसको वढि भिडभाड भएकाले बुटवलको कृषि थोक बजार केन्द्र समेत सरकारले बन्द गरिदिएको छ । कृषि थोक बजार केन्द्रमा उपभोक्ताको बढि भिड लाग्न थालेपछि नागरिकलाइ सचेत हुन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आगामी बैशाख ३ गते सम्मका लागि बन्द गरिदिएको छ । जसकाकारण तरकारी तथा दैनिक उपभोग्य वस्तु खरिद गर्न घर बाहिर निस्कनेहरु पनि घर बाहिर निस्कनमा कमी आएको छ ।

≪ Previous Post

सांसद बिकास कोषको रकम कोरोना भाइरस कोषमा राख :काँग्रेस नेताहरु

Next Post ≫

२०७६ साल चैत २८ गते शुक्रवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क