Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सांसद बिकास कोषको रकम कोरोना भाइरस कोषमा राख :काँग्रेस नेताहरु
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सांसद बिकास कोषको रकम कोरोना भाइरस कोषमा राख :काँग्रेस नेताहरु

संसारपोस्ट संवाददाता · २७ चैत्र २०७६ · 0
सांसद बिकास कोषको रकम कोरोना भाइरस कोषमा राख :काँग्रेस नेताहरु
100
SHARES
ShareTweet

पुर्व पदाधिकारीले पाउने सुविधा र सुरक्षा जनताको हितमा लगाउ



बुटवल, २७ चैत । नेपाली काँग्रेसका १२ जना केन्द्रीय सदस्यहरुले संयुक्त अपिल प्रकाशित गरी कोरोना भाइरस (कोभिड–१९) को जघन्य महामारीबाट विश्व आक्रान्त बनेको अवस्थामा नेपालले अवलम्वन गर्नुपर्ने विकल्पहरुका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
विश्वव्यापी कोरोना संक्रमणको महामारीबाट राष्ट्र आक्रान्त बनेको समयमा आफ्नो जीवनलाई उच्च जोखिममा राखेर जनसेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतका सम्बन्धित सबै ब्यक्तिहरुको बारेमा सरकारलाई गम्भीर र जिम्मेवार बन्न आग्रह गर्दै अपिलमा सुरक्षाकर्मीहरुको तलब कटाउने निर्णयले अभियानमा लागेका सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याएको उल्लेख गरिएको छ । अपिलमा स्वास्थ्यकर्मी लगायतका सम्बन्धित सबैको आर्थिक सुरक्षा र प्रोत्साहन स्वरुप बिमा र यथेष्ठ भत्ताको व्यवस्था गर्न माग गरिएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु डा. चन्द भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले संयुक्तरुपमा जारी गर्नु भएको अपिलमा सड्कटको समयमा खर्च कटौति गर्नको लागि सांसद बिकास कोषको रकम कोरोना भाइरस नियन्त्रण कोषमा राख्न र पुर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा समेत कटौंति गर्दै जनताको हितमा लगाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।
दैनिक ज्याला मजदुरी गरेर बाँच्ने गरिब नेपालीहरु तथा बृदबृद्दा हरुका लागि यथोचित राहतको व्यवस्था गर्न, बिदेशबाट नेपाल आउन चाहने नेपालीहरुलाई सहजै आउनदिने ब्यवस्था मिलाउन, सिमामा आइपुगेका नेपाली दाजुभाई दिदी बहिनीहरुलाई नेपाल प्रवेश गराइ क्वारेन्टाइनमा राख्न, आबश्यक स्वास्थ्य परिक्षणको प्रकृया पुरा भएपछि मात्र घर जाने व्यवस्था मिलाउन र संसारभर रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका बारेमा विदेशस्थित नेपाली दूतावास र अन्य कुटनीतिक माध्यमबाट जानकारी हासिल गरि आबस्यक सहयोग गर्न सरकारलाई सुझाव दिइएको छ ।
‘महामारीका कारण नेपालीहरुको दैनिक जनजीवन अस्तब्यस्त बन्दै गएको छ । किसान हरुका पशुचौपाया समेत खाद्यान्न को अभावमा परेर मर्ने खतरा बढेको छ । यस विषयलाई समेत गम्भिरतापूर्वक लिई सरकारले उपयुक्त कदम चाल्नु पर्दछ ।’ अपिलमा भनिएको छ ।
इतिहासमा बिरलै आइपर्ने यस्ता महामारी र घनघोर संकटसँग हामी सबै नेपाली एकजुट भएर जुझ्नुको बिकल्प नभएको यस्तो बिपदको बेलामा सरकार चलाउने मुख्य ब्यक्तिले टर्रो र गैरजिम्मेवार अभिव्यक्ति दिनु हुदैन अपिलमा भनिएको छ ।
राजनीतिक इतिहास र पार्टीभित्र स्वच्छ छवि भएका काँग्रेस युवा नेताहरुले जारी गरेको अपिलमा राष्ट्र संकटबाट गुज्रिरहेको यस संवेदनशील घडीमा भष्ट्राचारको कल्पना गर्नु र त्यसमा संलग्न हुनुलाई निम्नकोटीको अपराधको संज्ञा दिदै यस्ता अपराधीहरुलाई राष्ट्रले माफ गर्न नसक्ने र कुनै कारणबाट त्यस्ता पात्र र प्रवृत्ति ले उन्मुक्ति पाएपनि उचित समयमा उनिहरु दण्डित हुने उल्लेख गरिएको छ ।
कोरोनाले विश्वव्यापी रुप लिएसँगै हामीसँग लकडाउनको बिकल्प थिएन र निकै अघिबाटै देखाइनु पर्ने तदारुकता ढिलै भएपनि अवलम्बन गर्नु सराहनिय कदम थियो भन्दै अपिलमा जनतालाई जस्तासुकै संकटबाट पनि जोगाउन र बचाउन सक्ने सामथ्र्य सरकारसँग हुनु पर्दछ भनिएको छ ।
‘लकडाउन मात्र सम्पूर्ण समस्याको समाधान होइन । अहिलेको संकटबाट नेपाली जनतालाई बचाउनु र अभिभावकत्व दिनु बर्तमान सरकारको दायित्व हो । सरकार भनेको जनताको अभिभावक हो ।’ अपिलमा भनिएको छ ।
अहिले सम्म भइरहेको परिक्षण को गति अत्यन्त सुस्त रहेको र यस्तो गतिमा गरिने परिक्षणले भाइरस संक्रमित ब्यक्तिको तिब्रगतिमा पहिचान हुन सक्दैन भन्दै काँग्रेस नेताहरुले परिक्षणको दायरा र गति बढाउन तथा परिक्षण केन्द्रहरू अविलम्ब थप्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
कोरोना भाइरसबाट संक्रमित ब्यक्तिको पहिचान र कोरोना नियन्त्रण अभियानमा कुनै पनि कारणले अबरोध उत्पन्न नहोस् भन्नका लागि आबश्यक पर्ने परिक्षण किट, पिपिइ लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गर्न आग्रह गरिएको छ ।

≪ Previous Post

२०७६ साल चैत २७ गते बिहिवारको राशिफल

Next Post ≫

बुटवल र आसपासको क्षेत्रमा लकडाउनको प्रभाव कायमै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क