Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ निर्माण सम्वद्ध श्रमिक संघले चारसय वढिलाई बाँड्यो खाद्यान्न
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निर्माण सम्वद्ध श्रमिक संघले चारसय वढिलाई बाँड्यो खाद्यान्न

संसारपोस्ट संवाददाता · २२ चैत्र २०७६ · 0
निर्माण सम्वद्ध श्रमिक संघले चारसय वढिलाई बाँड्यो खाद्यान्न
80
SHARES
ShareTweet


बुटवल, २२ चैत । लकडाउन शुरु भएसंगै दैनिक ज्यालादारी तथा विपन्न परिवार समस्यामा परेपछि विभिन्न सामाजिक संघसंस्थाहरुले राहत बाड्न शुरु गरेका छन् ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि यसको संक्रमण फैलिएसंगै सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी तथा विपन्न परिवार समस्यामा परेपछि राहत स्वरुप दैनिक उपभोग्य वस्तु वितरण गर्न थालिएको हो ।
दिनभरी काम गरेर सांझ विहानको छाक टार्ने मजदुर वर्ग लकडाउनका कारण अन्य वर्ग भन्दा बढि मारमा परेको छ । सबैतिर काम बन्द भएपछि समस्यामा परेका बेला स्थानीय निकायले पनि राहत वितरणमा विभेद गरेको निर्माण मजदुरहरुको गुनासो छ ।
कसैको नजरमा परेका र राज्यका निकायले सम्वोधन नगरेका विभिन्न जिल्लाबाट रुपन्देहीमा कामका लागि आएका निर्माण मजदुरहरुको समस्यालाई सम्वोधन गर्दै नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ बुटवल नगर समितिले मानविय सम्वेदनशिलता र सामाजिक उत्तरदायित्व अन्तर्गत समस्यामा परेका निर्माण कार्यमा संलग्न मजदुरहरुलाई खाद्यँन्न सहयोग गरेको छ ।
यसरी समस्यामा परेका निर्माण मजदुरहरुको समस्या समाधानका लागि निर्माण मजदुरहरुको संस्था नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) बुटवल नगर समितिले रुपन्देही जिल्ला बाहिरका निर्माण कर्मीका साथै नाईसंघका मजदुरहरुलाई समेत राहत वितरण गरेको हो ।
नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ (काउन) बुटवल नगर समितिले शनिबार निर्माण क्षेत्रमा काम गर्ने ४ सय बढी मजदुरलाई राहत बाडेको छ ।
काउन मातहत रहेका करिव ८ सय बढि निर्माण मजदुरहरुलाई राहत बाड्ने योजना अनुरुप पहिलो चरणमा ४ सय बढिलाई राहत वितरण गरिएको नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ बुटवल नगर समितिका अध्यक्ष सुर्यदेव दासले जानकारी गराउनु भयो ।
राहत वितरणको पहिलो चरणमा लकडाउनका कारण समस्यामा परेका रुपन्देही जिल्ला बाहिरका निर्माण मजदुरहरुलाई शनिबार राहत स्वरुप प्रतिव्यक्ति ५ किलो चामल, १ किलो दाल, १ किलो नुन र १ किलो स्वयाविन वितरण गरिएको छ ।
विभिन्न जिल्लाबाट निर्माण कार्यकालागि देशका विभिन्न जिल्लामा कामको शिलशिलामा आएर लकडाउनका कारण काम पनि नपाएका र घर जान पनि समस्यामा परेका निर्माण मजदुरहरुलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गर्न काउन केन्द्रिय समितिले सवै जिल्ला शाखालाई आग्रह गरेको छ ।
काउनका राष्ट्रिय अध्यक्ष जेवि गुरुङ्गका अनुसार राष्ट्रिय समितिको आह्वान अनुसार काउनको बुटवल नगर समितिले शनिवार पहिलो चरणमा ४ सय वढि निर्माण मजदुरलाई ३० क्विन्टन चामलसहित दाल, तेल, नुन र स्वयाविन बांडेको छ । बुटवल क्षेत्रमा बांके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, गुल्मी, पाल्पा, तनहुं, सप्तरी, सिराहा लगायत विभिन्न जिल्लाका करिव ८ सय बढी मजदुर निर्माण क्षेत्रमा कार्यरत रहेको अध्यक्ष गुरुङ्गले जानकारी गराउनु भयो ।


पहिलो चरणमा ४ सय वढिलाई खाद्य सामाग्री वितरण गरेको काउन बुटवल नगर समितिले जिल्लामा समस्यामा परेका जिल्ला बाहिरका निर्माण मजदुरहरुको लगत संकलन गरी पुन बांकी रहेका मजदुरहरुलाई पनि राहत स्वरुप खाद्यान्न वितरण गरिने राहत वितरण समितिका सदस्य तथा काउन बुटवलका सल्लाहकार सोम थापाले वताउनु भयो ।
शनिबार काउनका राष्ट्रिय अध्यक्ष जेवि गुरुङ्ग, उपाध्यक्ष ओम प्रकाश चौधरी, जिल्ला अध्यक्ष विर बहादुर लामा, सचिव तिल बहादुर हिस्की, नेपाली काँग्रेसका महासमिति सदस्य कुमार केसी, काउनका नरसिंह राव, भागमनी चौधरी, विष्नु चौधरी लगायतले समस्यामा परेका निर्माण मजदुरहरुलाई खाद्य सामाग्री वितरण गर्नुभएको थियो ।

≪ Previous Post

थापाको मृत्यु प्रकरण : स्वतन्त्र छानबिन गर्न काँग्रेसको माग

Next Post ≫

२०७६ साल चैत २३ गते आइतवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क