Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार, नीजि क्षेत्रलाई आकर्षित गर्न व्यवसायीक भवन बनाउने : मुख्यमन्त्री पोखरेल
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार, नीजि क्षेत्रलाई आकर्षित गर्न व्यवसायीक भवन बनाउने : मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · ३ चैत्र २०७६ · 0
लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार, नीजि क्षेत्रलाई आकर्षित गर्न व्यवसायीक भवन बनाउने : मुख्यमन्त्री पोखरेल
150
SHARES
ShareTweet

बुटवल ३ चैत
प्रदेश नम्बर ५ को सबैभन्दा पुरानो अस्पतालको रुपमा परिचित बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालको रुपमा विकास गरेर आम नागरिकमा स्वास्थ्यमा पहुंच बढाइने भएको छ ।
प्रदेशयोजना आयोगले तयार गरेको गुरु योजना सोमवार एक समारोहका बीच प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलाई हस्तान्त्ररण गरिएको छ ।
गुरु योजना तयारसंगै अस्पतालले नया जीवन पाउने भएको छ । प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा अगाडि सारेको अस्पतालको नयां गुरुयोजनामा १० तले अस्पतालको भवनसबै प्रकारका बिशेषज्ञ सेवा उपलब्ध गराइने छ भने २० तले व्यावसायी भवन समेत रहेको योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले बताउनु भयो । अस्पतालमा सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि अत्याधुुनिक भवनको डिजाइन समेत तयार पारिएको छ ।
गुरुयोजनाको लागत अस्पतालको ६ अर्ब डाक्टर क्वाटरको २ अर्व वाँकी व्यावसायीक भवनलाई गरि १४ अर्वको लागत अनुमान गरिएको ईन्जिनियर विष्णु पन्थीले बताउनु भयो ।
दुवै भवनमा २ तला अन्डरग्राउन हुने र सो पार्किङका लागि प्रयोग गरिने छ । नया भवन बनाएपछि अहिको स्वरुप बदलिने छ भने कतिपय पुराना संरचना हटाएर आकर्षक बनाइने प्रदेश सरकारको योजना छ ।
भवनको माथि हेलिप्याडको सुविधापनि समावेश गरिएको छ । गुरुयोजना अनुसार छतको हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत रहनेछ ।
अस्पतालको गुरुयोजना हस्तान्त्ररण समारोहमा वोल्दै मुख्य मन्त्री पोखरेलले नेपालको मोडेल अस्पतालका रुपमा विकास गरिने बताउनु भयो ।
नीजि क्षेत्रलाई आर्कषित गर्नका लागि प्रदेश सरकारले अस्पतालसंगै व्यवसायीक भवन समेत वनाउन लागेको बताउदै उहाँले केन्द्र ,प्रदेश सरकारको आर्थिक सहयोग र बैक तथा वित्तिय संस्थासंग ऋण लिएर भए पनि पंचवर्षिय योजनामा तयार गरिने बताउनु भयो ।
गुरुयोजना वनेसंगै अव डीपिआरको काम शुरु गरिने पनि उहाँले बताउनु भयो ।

≪ Previous Post

कोरोनाको प्रकोपबाट बच्नका लागि मास्कको भर नपर्न चिकित्सकहरुको सुझाव

Next Post ≫

सालझण्डीमा शाइन रेसुंगा बैंकको शाखा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क