बुटवल ३ चैत
प्रदेश नम्बर ५ को सबैभन्दा पुरानो अस्पतालको रुपमा परिचित बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालको रुपमा विकास गरेर आम नागरिकमा स्वास्थ्यमा पहुंच बढाइने भएको छ ।
प्रदेशयोजना आयोगले तयार गरेको गुरु योजना सोमवार एक समारोहका बीच प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलाई हस्तान्त्ररण गरिएको छ ।
गुरु योजना तयारसंगै अस्पतालले नया जीवन पाउने भएको छ । प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा अगाडि सारेको अस्पतालको नयां गुरुयोजनामा १० तले अस्पतालको भवनसबै प्रकारका बिशेषज्ञ सेवा उपलब्ध गराइने छ भने २० तले व्यावसायी भवन समेत रहेको योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले बताउनु भयो । अस्पतालमा सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि अत्याधुुनिक भवनको डिजाइन समेत तयार पारिएको छ ।
गुरुयोजनाको लागत अस्पतालको ६ अर्ब डाक्टर क्वाटरको २ अर्व वाँकी व्यावसायीक भवनलाई गरि १४ अर्वको लागत अनुमान गरिएको ईन्जिनियर विष्णु पन्थीले बताउनु भयो ।
दुवै भवनमा २ तला अन्डरग्राउन हुने र सो पार्किङका लागि प्रयोग गरिने छ । नया भवन बनाएपछि अहिको स्वरुप बदलिने छ भने कतिपय पुराना संरचना हटाएर आकर्षक बनाइने प्रदेश सरकारको योजना छ ।
भवनको माथि हेलिप्याडको सुविधापनि समावेश गरिएको छ । गुरुयोजना अनुसार छतको हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत रहनेछ ।
अस्पतालको गुरुयोजना हस्तान्त्ररण समारोहमा वोल्दै मुख्य मन्त्री पोखरेलले नेपालको मोडेल अस्पतालका रुपमा विकास गरिने बताउनु भयो ।
नीजि क्षेत्रलाई आर्कषित गर्नका लागि प्रदेश सरकारले अस्पतालसंगै व्यवसायीक भवन समेत वनाउन लागेको बताउदै उहाँले केन्द्र ,प्रदेश सरकारको आर्थिक सहयोग र बैक तथा वित्तिय संस्थासंग ऋण लिएर भए पनि पंचवर्षिय योजनामा तयार गरिने बताउनु भयो ।
गुरुयोजना वनेसंगै अव डीपिआरको काम शुरु गरिने पनि उहाँले बताउनु भयो ।
![आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री पन्थी आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री पन्थी](https://sansarpost.com/bhitra/2025/01/received_1715179995695701-100x75.jpeg)