Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोनाको वहानामा कालो वजारी, सरकारले प्रभावकारी अनुगमन गर्न माग
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोनाको वहानामा कालो वजारी, सरकारले प्रभावकारी अनुगमन गर्न माग

संसारपोस्ट संवाददाता · ३ चैत्र २०७६ · 0
कोरोनाको वहानामा कालो वजारी, सरकारले प्रभावकारी अनुगमन गर्न माग
90
SHARES
ShareTweet


बुटवल ३ चैत
कोरोनाकोे वहानामा कालोवजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न रुपन्देहीका संघ संस्थाका व्यतिmले सरकारसँग माग गरेका छन ।
कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका संघ संस्थाहरुले सघाउने प्रतिवद्धता समेत जनाएका छन्
रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले सोमवार बुटवलमा आयोजना गरेको साक्षत्कारमा बोल्दै बजारमा माक्स, खाद्यान्य तथा दैनिक उपभोग्य मालसमानको अभाव देखिन थालेको भन्दै त्यस तर्फ सरकार सचेत हुनुपर्ने बताएका छन ।
स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले प्रदेशमा १ सय १९ वटा आइसोलेशन वार्डको तयारी भएकाले कोरोनाबाट आतंकित हुने अवस्था नरहेको बताउनु भयो । “सचेत बनौँ । प्रदेश सरकार क्वारेन्टाइनको खोजीमा छ । जनता सचेत हुनुपर्ने छ । तर आतंकित हुने अवस्था छैन् ।”
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले कोरोना नियन्त्रको लागि सरकारले उचित तयारी गर्न नसकेको बताउनु भयो । कोरोनाका बारेमा बास्तविक सुचना दिन सरकार चुकेको भन्दै बास्तविक सूचना दिन सरकारसँग उहाँले आग्रह गर्नु भयो । बजारमा कोरोनाको वहानामा उपभोग्य सामाग्रीको कृतिम अभाव देखिएको भन्दै बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारवाही गर्न सरकारसँग माग उहाँले माग गर्नु भयो ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले दक्षीणी सीमाना खुला भएका कारण उच्च जोखिम हुने भन्दै त्यस तर्फ सचेत हुनुपर्नेमा जोड दिनु भयो । अनावस्यक स्टक राखेर सटेज देखाउन नहुने भन्दै उहाँले कृषि जन्य वस्तुमा समस्या नरहेको बताउनु भयो । साक्षात्कारमा बोल्दै रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि संघले सरकारलाई सघाउ तयार रहेको बताउनु भयो । रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले चीन र भारतबाट आउने कच्चा पदार्थ सकिँदा उद्योगहरु बन्द हुने अवस्था आएको धारणा राख्नु भयो । स्वदेशी उत्पादन तर्फ अग्रसर हुनुपर्ने भन्दै उहाँले सरकारले उत्पादनका लागि उत्पे्ररणा दिनु पर्ने बताउनु भयो । साक्षात्कार क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

≪ Previous Post

कोरोना बिरुद्ध पश्चिम नेपालको सचेतना, ढुक्कसंग यात्रा गराउन तापक्रम मापन अभियान शुरु

Next Post ≫

व्यापार संघद्वारा १२ सय विद्यार्थीलाई माक्स र साबुन वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क