Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अन्तर्वार्ता ≫ प्रदेश स्थापना दिवसमा तीन दिवशीय कार्यक्रम गरिने
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश स्थापना दिवसमा तीन दिवशीय कार्यक्रम गरिने

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७६ · 0
प्रदेश स्थापना दिवसमा तीन दिवशीय कार्यक्रम गरिने
70
SHARES
ShareTweet



बुटवल, १ फागुन
प्रदेश पाँचको सरकारले प्रदेश स्थापना दिवसका अवसरमा परम्परागत रुपमा तीन दिन दीपावली गर्ने र सोही उपलक्ष्यमा दागं जिल्लामा एक्स्पो गरि मनाउने भएको छ । प्रदेश तेस्रो स्थापना दिवसको अवसर पारेर प्रदेश पाँच सरकारले फागुन २ गते शुक्रवार देखि र ४ गते आईतबार तीन दिन साँझ दिपावली गरि उल्लासमय रुपमा मनाउने तयारी गरेको हो ।
त्यसैगरि फागुन १० देखि १२ गते सम्म दागंमा एक्स्पोको आयोजना गरि प्रदेश सरकारले गरेका २ वर्षका कामको सार्वजनिक गर्ने भएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा तीन दिन दीपावली गर्ने निर्णय भएबमोजिम प्रदेशका सबै सरकारी कार्यालय, सामुदायिक संघसंस्था, बित्तिय संघसंस्था, बिद्यालय सबैलाई साँझ दीपावली गर्नकालागि प्रदेश सरकारले अपिल गरेको छ ।
‘प्रदेश स्थापना दिवस २०७६ मनाऔं, समृद्ध प्रदेश खुसी जनताको अभियान सफल पारौं’ भन्ने नारा सहित प्रदेश स्थापना दिवस मनाउनकालागि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा प्रदेश स्थापना दिवस मुल समारोह समिति गठन गरि तयारीका काम भईरहेको बिहिबार प्रदेश पाँचको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
फागुनको २, देखि ४ गतेसम्म मनाउने तीन दिने प्रदेश स्थापना दिवसकालागि सरकारले बिभिन्न कार्यक्रमको तयारी गरेको छ । जस अन्तरगत पहिलो दिन २ गते सामाजिक बिकास मन्त्रालयको संयोजनमा बिद्यालय स्तरीय कबिता, वक्तृत्व कला वा गजल बाचन प्रतियोगिता गर्ने तयारी भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले जानकारी गराउनु भयो ।
त्यस्तैगरी सोही दिन सामाजिक बिकास मन्त्रालयकै संयोजनमा प्रदेश राजधानी बुटवल सहित जिल्ला सदरमुकामहरुमा रेडक्रस र रक्तदाता संघहरुको समन्वयमा रक्तदान कार्यक्रम हुनेछन् । त्यस्तै प्रदेश राजधानी बुटवलमा बुटवल उपमहानगरपालिकाको संयोजनमा तथा जिल्लाहरुमा जिल्ला समन्वय समितिको संयोजनामा र स्थानीय तहमा स्थानीय तहको संयोजनमा सदरमुकाममा सरसफाई कार्यक्रम गरिने छ ।
त्यसैगरी दोस्रो दिन ३ गते शनिबार प्रदेश स्थापना दिवसका मुल समारोह गरिने छ । जसकालागि प्रदेश राजधानी बुटवलको राजमार्ग चौराहादेखि प्रदेश तथा स्थानीय तहका पदाधिकारी, राजनीतिक दल, कर्मचारी, सुरक्षाकर्मी, संघसंस्थाका प्रमुख तथा पदाधिकारी सहित बिभिन्न जातजाती धर्म समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ । झाँकी सहितको ¥याली बुटवल बहुमुखी क्याम्पसको प्राङ्गढमा पुगेर बिशेष समारोह गरिने मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले बताउनु भयो ।
सोही दिन प्रदेश सरकारले पदक प्रदान गर्ने निर्णय गरेका ३५ जनालाई पदकले विभुषित समेत गरिने उहाँले जानकारी गराउनु भयो । प्रदेश स्थापना दिवस कार्यक्रमको अन्तिम दिन ४ गते आईतबार भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय र लुम्बिनी बिकास कोष समेतको समन्वयमा लुम्बिनी क्षेत्र भित्र हिउँदे फलफूलका बिरुवा रोप्ने कार्यक्रम तय गरिएको उप सचिव हरिसिंह धामीले बताउनु भयो ।

≪ Previous Post

बुटवल हुने अनेमसंघको राष्ट्रिय सम्मेलनको तयारी

Next Post ≫

लुम्बिनीमा आउने पर्यटकहरुलाई गैडहवा तालमा ल्याउने गरिे बिकास गरिने: मुख्य मन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क