Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको दोस्रो औद्योगिक व्यापार मेलामा फूटवल प्रतियोगिता सुरु
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको दोस्रो औद्योगिक व्यापार मेलामा फूटवल प्रतियोगिता सुरु

संसारपोस्ट संवाददाता · १२ माघ २०७६ · 0
तिलोत्तमाको दोस्रो औद्योगिक व्यापार मेलामा फूटवल प्रतियोगिता सुरु
80
SHARES
ShareTweet


बुटवल, १२ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालन भएको दोस्रो औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन महोत्सवमा आईतबार देखि पांच पांच जना खेल्न मिल्ने गरी (फाइभ ए साईड ) फूटवल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिता शुरु हुनु अघि मेला आयोजक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघ र रुपन्देहीमा क्रियाशिल पत्रकारहरुका वीच आयोजना गरिएको मैत्रीपूर्ण फूटवल प्रतियोगितामा पत्रकारको समुह विजयी भएको छ ।
प्रतियोगितामा शुरुवाती गोल र अन्तिम गोल आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले गरेपनि आयोजक माथी पत्रकारहरुको टिम हावी भएको थियो । पत्रकारहरुको टोलीले आयोजकको २ गोलका विरुद्ध ७ गोल गरेका थिए ।
मेला आयोजक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघको संयोजन र शँंकरनगरको जागृती क्लवको व्यबस्थापनमा भएको प्रतिस्पर्धाको सुरुवाती समयमै आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघले गोल गरेर पत्रकारहरुलाई चुनौति दिएको थियो । तर लगत्तै पहिलो हाफमा लगातार ५ गोल गरेको पत्रकारहरुको सामु उद्योग बाणिज्य संघले दोस्रो हाफमा समेत उपलब्धि हासिल गर्न सकेन । दोस्रो हाफमा पुन पत्रकारको समुहले २ गोल गरेको थियो भने उद्योग बाणिज्य संघको तर्फबाट थप एक गोल भएको थियो ।
तिलोत्तमा उद्योग बाणिज्य संघले मेलाका अवसरमा खेल क्षेत्रको विकास र खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप बिद्यालय तथा कलेज स्तरीय फूटवल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताको सुरुमा खेल लाई आकर्षक र रोमान्चक गराउनका लागि मेला आयोजक र पत्रकारहरु बिचमा मैत्रीपुर्ण शो म्याच आयोजना गरिएको मेलाका संयोजक एबं तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव)ले वताउनु भयो ।
माघ २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा रुपन्देहीका स्कूल तथा कलेज गरी २५ टिमको सहभागिता रहेको संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
फूटवल प्रतियोगिता अन्तर्गत आईतबार भएको पहिलो खेलमा राममणी क्याम्पसले बिजयी शुरुवात गरेको छ ।
राममणी बहुमुखी क्याम्पस र तिलोत्तमा कलेज बिच भएको प्रतिस्पर्धामा राममणीले २–१ गोल अन्तरले जित हासिल गरेको हो । सोमबार पहिलो खेल शान्ति नमुना र एम्स कलेज तथा दोस्रो खेल सिद्धार्थ बोर्डिङ् र अक्सफोर्ड बोर्डिङ्का विच हुने खेलकुद प्रतियोगिताका संयोजक अमनमान श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा उपाधि विजेतालाई ३० हजार तथा उपविजेतालाई १५ हजार रुपैंयाँ नगद पुरस्कार सहित कप मेडल र प्रमाण पत्र प्रदान गरिने तिलोत्तमा उद्योग बाणिज्य संघका कोषाध्यक्ष सूरज पंगेनीले जानकारी गराउनु भयो ।
यस्तै मेलामा तिलोत्तमा लोक स्टार र तिलोत्तमा डान्स आईकनको प्रस्तुती संगै अन्य विभिद सांस्कृतिक कार्यक्रम समेत संचालन भैरहेको छ ।

≪ Previous Post

लायन्स क्लव अफ बुटवल युथद्वारा बिपन्न कुर्मीलाई पपकर्न मेसिन प्रदान

Next Post ≫

तिनाउ स्कूलमा खेलकुद सप्ताह शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क