Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ सडकमा पुर्याइएका १६ परिवारको उचित व्यवस्था गर्न माग
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सडकमा पुर्याइएका १६ परिवारको उचित व्यवस्था गर्न माग

संसारपोस्ट संवाददाता · १९ असार २०७६ · 0
सडकमा पुर्याइएका १६ परिवारको उचित व्यवस्था गर्न माग
80
SHARES
ShareTweet


बुटवल, १९ असार । सार्वजनिक जग्गाको अतिक्रमण हटाउने नाममा बुटवल नगरपालिकाले घरबार बिहिन बनाएका नागरिकलाइ तत्काल उचित बसोबासको व्यवस्था गर्न बुटवलमा क्रियाशिल ११ वटा दलले नगरपालिकासंग माग गरेका छन ।
नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी लगायतका ११ वटा दलको बुधबार बुटवलमा बसेको संयुक्त बैठकले नगरप्रमुखकै नेतृत्वमा घरबार बिहिन बनाइएका १६ परिवारलाइ नगरपालिका भित्रै प्रतिपरिवार दश धुरका दरले जग्गा उपलब्ध गराइ पुनस्र्थापना गर्न माग गरेको हो ।
नगरबासीको गाँसबासको सुरक्षा गर्नु पर्ने नगरप्रमुखको दायित्वलाइ बिर्सेर नगर प्रमुख शिवराज सुवेदीले बर्षौ देखि बस्दै आएका गरिब र विपन्न नागरिकको बस्तीमा एकाएक डोजर चलाउनु निन्दनीय कार्य भएको भन्दै त्यसप्रति घोर आपत्ती जनाइएको छ । संविधानको धारा ३५,३६ र ३७ को उल्लंघन गरेको आरोप लगाउदै उनीहरुले संविधानको पालना गर्न मेयर सुवेदीलाइ आग्रह पनि गरेका छन ।
नेपाली काँग्रेसका नगरसभापति खेलराज पाण्डे, जनमुक्तिका थर्कबहादुर बाह्रघरे मगर, समाजबादी पार्टी नेपालका अशोक बर्मा, नयाँ शक्तिका बामदेव भुसाल, राष्ट्रिय जनमोर्चाका तुलसीराम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका निरज प्रताप खाँण, राष्ट्रिय जागरण परिषदका चित्रबहादुर थापा लगायत सहभागि संयुक्त बैठकले नगरपालिकाले घरबास खोसेर सडकमा पुराइएका बिपन्न परिवारलाइ तत्काल उचित पुनस्र्थापना गर्न माग गरेको हो ।
तीन साता अघि बुटवल उपमहानगरले बुटवल १ को जामे मस्जिद अगाडी बस्दै आएका १६ घरपरिवारका गरिब र बिपन्न नागरिकका झुपडी घरमा डोजर लगाएर भत्काइदिएको थियो । घरबार बिहिन भएका पीडितहरुको अहिले सडकको बास भएको छ । २१ दिन देखि उनीहरु रिले अनसनमा बसिरहेका छन । तर नगरपालिकाले उनीहरुको मागका सम्बन्धमा कुनै चासो दिएको छैन । आफैले सडकको बास बनाएका नागरिक प्रति नगरपालिकाले न्युनतम मानविय व्यवहार समेत नदेखाएको भन्दै त्यसको सर्बत्र आलोचना भएको छ ।

≪ Previous Post

साङलोेमा वाधेका बालकको उद्धार, विशेषज्ञ स्वास्थ्य शिविर संचालन

Next Post ≫

स्नुकर खेलका लागि रुपन्देहीबाट ४ खेलाडी छनौट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क