बुटवल, १९ असार । साङलोमा वाधेर राखिएका पाल्पा रिब्दिकोट गाउँपालिका १ ख्याहा जैथुमको एक ८ वर्षिय वालकको उद्धार गरिएको छ । प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको पहलमा शिव कुमाललाई उद्धार गरी मानव सेवा आश्रम बुटवलमा ल्याईएको हो ।
शिव कुमालकी आमा पार्वती कुमालले घरबाट भागेर अन्यत्रै जाने भएकाले शुरक्षाको लागी साङलोेले वाध्न वाध्य भएको बताईन । शिवको वुवा वैदेशिक रोजगारीमा छन । आमा पार्वतीले ज्याला मजदुरी गर्छिन । ४÷५ वर्ष अघिदेखी नै शिवलाई परिवारले वाधेर राखेका थिए ।
उनको उपचारको लागी केही वर्ष अघि गाउँपालिकाले पहल गरेको थियो । मिसन अस्पतालमा उपचारको लागि भर्ना भएका ति वालकको कान्ति वाल अस्पताल काठमाडौमा रिफर गरिएको थियो । तर परिवारले वालकको उपचारको लागी वाहिर जान नसक्ने अवस्था भएपछि घरमै राखिएको थियो ।
गाउँपालिकाका अध्यक्ष नारायणवहादुर जिसीले वालकको लागि २० हजार रुपैया खर्च गरेको तर थप उपचारको लागि परिवारले समय निकाल्न नसकेकाले घरमै राख्नु परेको जानकारी दिए । लालन पालन तथा संरक्षण गर्ने सस्था भएकाले उपचारमा सहज हुने भएकाले वालकको उद्धार गरी उपचारको प्रकृया अगाडी वढाईएको मन्त्रि बरालले बताए ।
मानव सेवा आश्रमकी रुपन्देही जिल्ला संयोजक सरु अधिकारीले आश्रमको टिमनै जैथुम पुगेर वालकलाई लिएर आएको जानकारी दिईन ।
यसैविच सामाजिक विकास मन्त्रालय स्वाथ्य निर्देशनालयको आयोजनामा जैथुममा विशेषज्ञ सेवा सहितको एक दिने निशुल्क स्वाथ्य शिविर सम्पन्न भएको छ । शिविरको उद्घाटन गर्दे सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश सरकार गरिव विपन्न वर्गको घरदैलोमा पुगेर सेवा पुराउने प्रयासमा रहेको बताए । जैथुममा अधिकांश विपन्न कुमाल वस्ती रहेको र विपन्नताले अस्पताल जान नसकेकाहरुको राहतको लागी शिविर संचालन गरिएको उनले बताए ।
त्यसैगरी प्रदेश सांसद वसन्त घर्तिमगरले सामाजिक विसंगती विकृतीलाई हटाएर सुसंस्कृत समाज निर्माण गर्न युवाले पहल गर्नु पर्ने बताए । कार्यक्रममा गाउँपालिकाका ध्यक्ष नारायणवहादुर जिसी, वडा सदस्य विष्णु प्रसाद गैरे लगायतले पछाडी परेको ठाउँमा प्रदेश सरकारले चासो दिएकोमा खुसी लागेको बताउदै शिविरले विपन्न कुमाल समुदाय लाभान्वित भएको बताए ।