Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ रोहिणीमा रोपाई प्रयोजनको लागि बोरिङ्ग बन्द
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोहिणीमा रोपाई प्रयोजनको लागि बोरिङ्ग बन्द

संसारपोस्ट संवाददाता · १८ असार २०७६ · 0
रोहिणीमा रोपाई प्रयोजनको लागि बोरिङ्ग बन्द
60
SHARES
ShareTweet


भैरहवा १८ असार । लामो समय सम्म बर्षा नभए पछि तराईमा खानेपानीको समेत अभाव हुदै गएको छ । पानी नपरेको कारण भूमिगत पानीको श्रोत घट्न गई तराईमा खानेपानीको अभाव हुन थालेको हो । खानेपानीको समेत अभाव हुदै गए पछि रोहिणी गाउँपालिकाले आफ्नो क्षेत्रमा रोपाई प्रयोजनको लागी बोरिङ्ग बन्द गर्ने निर्णय गरेको छ ।
गाउँपालिका क्षेत्रमा अधिकांश धारामा पानी सुक्दै गई खानेपानीको समस्या देखिएकोले गाउँपालिकाले बाध्य भएर यस्तो निर्णय गरेको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । उनले भूमिगत पानीको अत्याधिक दोहन र पानी नपरेकै कारण गाउँपालिकावासीमा खानेपानीको समस्या देखिएको बताए । यसको लागी बिशेष गरि भैरहवा लुम्बिनी भूमिगत जल परियोजना (भैलुभुज)ले गडान गरेको बोरिङ्गले झनै समस्या ल्याएको उनको भनाई छ । त्यस कारण बिउ जोगाउन बाहेक अन्य काममा भैलुभजको बोरिङ्ग नचलाउन गाउँपालिकाले अनुरोध गरेको छ ।
यसको प्रभावकारी अनुगमन तथा सञ्चालन गरेको पाईए सो लाई बन्द गराउन गाउँपालिका भित्र रहेका ईलाका प्रहरी कार्यालय, धकधई, मैनिहवा प्रहरी चौकी र पिपरहवा प्रहरी चौकीलाई समेत अनुरोध गरिएको यादवले बताए । “भैलुभजको बोरिङ्ग चल्दा त्यस क्षेत्रका कैयौ गाउँको हैण्डपाईप लगायत अन्य धाराबाट थोपो पानी नआएको कारणले यस्तो अप्रिय निर्णय गर्न बाध्य भएका हौ ।” यादवले भने “अहिले पानी नै परेको छैन, भएको बिउ र रोपेको धान पनि जोगउन धौ धौ परेको छ, यस्तो अवश्थामा केही दिन पर्खेर पानी परे पछि मात्र रोपाई गर्न गाउँपालिकाबासीमा आग्रह गरेका छौ ।”
रोहिणी गाउँपालिका वडा नम्बर २,३ र ७ मा अहिले भैलुभुजको बोरिङ्गबाट पानी लगाएर रोपाई हुदै आएको छ । “यस निर्णयले कृषकलाई केही समस्या पर्छ थाहा छ तर खानेपानीको लागी यस्तो निर्णय गर्नु परेको छ । आम कृषक संग यसको लागी क्षमाप्राथी छौ ।” गाउँपालिका अध्यक्ष यादवले भने ।
असार तेश्रो साता सम्म पनि यस क्षेत्रमा पानी नपर्दा कृषकहरुले रोपाई गर्न पाएका छैनन् । केही कृषकले महङ्गो पर्ने गरि डिप ट्यूबेल लगायतबाट पानी तानी रोपाई गरे पनि रोपिएको खेत सुकेर पटपटी फुटेको छ ।

≪ Previous Post

कल्लु चौधरीकोे १३ औं पुण्य तिथीमा शोक सभा

Next Post ≫

आजको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क