Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राजनीति ≫ लोकतान्त्रिक गणतन्त्रमा सेरेमोनियल राजा जरुरी ः अध्यक्ष थापा
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लोकतान्त्रिक गणतन्त्रमा सेरेमोनियल राजा जरुरी ः अध्यक्ष थापा

संसारपोस्ट संवाददाता · २३ जेष्ठ २०७६ · 0
लोकतान्त्रिक गणतन्त्रमा सेरेमोनियल राजा जरुरी ः अध्यक्ष थापा
80
SHARES
ShareTweet

बुटवल २१ जेठ
राट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजावादी देखि माओवादीसम्म अटाउने गरि लोकतान्त्रिक गणतन्त्रमा सेरेमोनियल राजा राख्ने व्यवस्था हुनुपर्ने बताउनु भयो ।
मुलुकमा मध्यमार्गी वाटोको आवश्यकता रहेको औल्याउदै अध्यक्ष थापाले हिजो राजसस्था प्याक्न माओवादी जनयुद्ध गरिएको भन्नेहरुले राजसंस्था गएपछि पुनः १२ वर्षमा माओवादीको जन्म भएकाले पनि मध्यमार्गी वाटो जरुरी रहेको बताउनु भयो ।
संघियतामा केही परिवतर्न गर्नुपर्ने बताउदै अध्यक्ष थापाले केन्द्रिय सरकार्लाई थप बलियो र स्थानिय तहलाई अझै प्रभावकारी वनाउदै प्रदेश सरकार जरुरी नभएको पनि बताउनु भयो ।
उहाँले लोकतन्त्रको आवरणमा दुई तिहाईको सरकारले मुलुकमा लुटतन्त्र मच्चाएको आरोप लगाउदै गरिवीको खाडल बढेको र भ्रष्टाचारले मुलुक अस्त व्यस्त भएको टिप्पणी गर्नु भयो ।
बुटवलमा स्थापना गरिएको राट्रिय प्रजातन्त्र पार्टीे प्रदेश ५को कार्यालय तथा प्रदेशका सभापति तथा सचिवहरुको भेलाको मंगलवार उदघाटन गदै अध्यक्ष थापाले दुई तिहाईको सरकारका कारण मुलुकमा ६ वटा चुनौती उत्पन्न भएको उल्लेख गर्नु भयो ।
उहाँले मुलुकमा गरिवी र वेरोजगारी बढेको , भ्रष्टाचारले मुलुक अस्त व्यस्त भएको, धर्म संस्कृती माथी आक्रमण बढेका,े राष्ट्र विखन्डनको मोडमा उन्मुख भएको, लोकतन्त्रको आवरणमा सर्वसतावाद र नयाँ रुपमा माओवादी शक्तिको पुनरउत्थान वर्तमान सरकारका कारण भएको दावि गर्नु भयो ।
उहाँले दुई तिहाईको सरकारले वेरोजगारी समस्या समाधानमा कुनै ठोस कदम चाल्न नसकेको र हालै प्रस्तुत वजेट कार्यकर्ता र आसेपासेलाई रातारात करोडपति बनाउने वितरणमुखी रहेको टिप्पणी गर्नु भयो । ९४ प्रतिशत जनता हिन्दु भएको मुलुकमा धर्म निरपेक्ष राष्ट्र घोषणा संगै नेपालमा क्रिष्चियनीकरण बढेकोमा चिन्ता व्यक्त गर्नु भयो । अध्यक्ष थापाले विश्वमै सबै भन्दा बढी नेपालमा क्रिष्चियनीकरण बढेकोले मुलुकमा सामाजिक सदभाव खलबलीने तथा धार्मिक युद्धको खतरा बढेको बताउनु भयो ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता दीपक वोहोराले नेपालमा क्रिष्चियनीकरण जुन रुपमा बढेको छ यही हिसावले बढदै गए आगामी १० वर्षमा धार्मिक युद्ध हुने दावि गर्र्नु भयो । भारतमा ३० वर्षसम्म शासन गरेको कम्युनिष्ट पार्टीले अहिलेको चुनावमा १ सिटमात्र ल्याएको छ भन्दै वोहोराले पार्टीले अगाडी सारेको विचार र सिद्धान्त राम्रो भयो भने जनताले साथ दिन भन्दै आफनो पार्टीको भविस्य उज्जवल रहेको दावि गर्नु भयो । प्रदेश ५ का संयोजक प्रदिप उदयको अध्यक्षतामा भएको कार्यक्रममापार्टीका उपाध्यक्ष प्रेम बहादुर भण्डारी , महामन्त्री धवल शमसेर राणा, केन्द्रिय सदस्य मीना स्वणकार, रवि रौनियार सविर अली पठान, पुनाराम पोखरेल, ऋषि देवकोटा लगायतले हिन्दु राष्ट्र जरुरी रहेको औल्याउनु भएको थियो ।
फोटो पनि छ ।

≪ Previous Post

राजश्व चुहावट विधेयक संसद्मा पेश

Next Post ≫

मनसुन फेरि सकृय सर्तकता अपनाउन आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क