Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ राष्ट्रिय टिमको जर्सी लगाउन आतुर अभिषेक
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राष्ट्रिय टिमको जर्सी लगाउन आतुर अभिषेक

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
राष्ट्रिय टिमको जर्सी लगाउन आतुर अभिषेक
60
SHARES
ShareTweet

५ जेठ, काठमाडौं । आउँदो जूनमा मलेसिया र चाइनिज ताइपेसँग हुने मैत्रीपूर्ण खेलका लागि ४० जना फुटबलर बन्द प्रशिक्षणमा छन् । उनीहरु मध्ये एक हुन्, १९ वर्षीय किशोर अभिषेक रिजाल ।

राष्ट्रिय टिमबाट खेल्ने सपना पूरा गर्ने हुटहुटी अभिषेकको अनुहारमा पढ्न सकिन्छ । उदयमान फुटबलरअभिषेकका लागि सिनियर टिमसँग अभ्यास गर्न पाउनु ठूलो कुरा हो । तर, उनी यसमा मात्रै सन्तुष्ट हुनेवाला छैनन् । टिममा मात्र होइन, प्लेइङ सेटमा पर्न चाहन्छन् उनी । त्यसैअनुसार मेहनत पनि गरिरहेका छन् ।

तर, सिनियर खेलाडीहरुलाई पन्छाएर राष्ट्रिय टिममा स्थान बनाउन सजिलो भने छैन । त्यहीमाथि पनि पहिल्यैदेखि जमेको मिडफिल्डलाई चलाएर प्रशिक्षकले रिस्क लेलान् त भन्ने प्रश्न उठ्छ । मिडफिल्डमा अन्जन विष्ट, सुनिल बल, रोहित चन्द, सुजल श्रेष्ठ, हेमन गुरुङ र विशाल राई नेपाली टिमका नियमित सदस्य हुन् ।

जगजित श्रेष्ठ पनि यो पटक प्रतिस्पर्धामा छन् । तर, अभिषेक भने ढुक्कसँग राष्ट्रिय टिममा पर्ने आफ्नो सपना धेरै टाढा नभएको बताउँछन् ।

‘म हार खाने मान्छे होइन, प्रतिस्पर्धा मेरो लागि आत्मविश्वास बढाउने एउटा माध्यम हो’ एन्फा कम्प्लेक्स सातदोबाटोमा अभ्यासरत अभिषेक भन्छन्, ‘जहाँ प्रतिस्पर्धा हुदैन त्यहाँ मजा नै आउँदैन ।’

नबुझ्दै फुटबलमा

अभिषेक १२ वर्षको उमेरमा एन्फा एकेडेमीमा आएका थिए तर, आफ्नो रहरले होइन ।

उनको परिवार खेलकुदमय थियो । बाबु कराँते खेलाडी । उनी छोरालाई खेलाडीको रुपमा हेर्न चाहन्थे । बुवाकै करले अभिषेक फुटबलमा हेलिए । सानो गौचरणमा भएको यू-१२ छनोटबाट छानिएका एन्फा एकेडेमीमा आएपछि सुरुवाती दिनहरुमा मन नलागि नलागि खेल्थे ।

उनी भन्छन्, ‘बच्चै थिएँ । होस्टल बस्ने बानी थिएन । निकै गाह्रो भएको थियो । होम सिक नै भयो । तर, विस्तारै बानी पर्दै गयो ।’

विस्तारै फुटबल बुझ्दै गए । फुटबलमा मन बस्दै गयो । एन्फा एकेडेमी भवनको बालकुनीमा निस्किएर सिनियर दाइहरुले फुटबल खेलेको हेर्दा अभिषेकलाई कहिले ठूलो हुने होला जस्तो लाग्न थाल्यो ।

‘एन्फा एकेडेमीमा बसेर तल मैदानमा दाइहरु फुटबल खेलेको हेर्थेँ र कहिले ठूलो हुने ? कहिले मलाई सबैले चिन्छ ? भन्ने सोच्थेँ,’ उनी भन्छन् ।

उमेर समूहमा सफलता

अभिषेकले नेपालको सबै उमेर समूहबाट अन्तर्राष्ट्रिय फुटबल खेलेका छन् । उनीसँग यू-१६, यू-१८, यू-१९ र यू-२३ बाट खेलको अनुभव छ । ‘यू-१६ मा मैले कीर्गिस्तानमा भएको एएफसी कप खेल्ने मौका पाएको थिएँ । त्यो मेरो पहिलो अन्तर्राष्ट्रिय खेल थियो,’ उनी भन्छन्, निकै राम्रो पनि भएको थियो ।’

२०१७ मा भुटानमा भएको यू-१८ साफ च्याम्पियनसीपको उपाधि नेपालले जित्दा अभिषेक नेपाली टिमका मूख्य खेलाडी थिए । उनले प्रतियोगितामा एक गोल गर्नका साथै २ गोलको एसिस्ट गरेका थिए । उनको त्यो उत्कृष्ट क्षण मध्येकै एक थियो । आफ्नो खेल करिअर पनि त्यहीँबाट परिवर्तन भएको उनको बुझाइ छ ।

‘उपाधि जित्दाको क्षण सम्झेर अहिले पनि आनन्दित हुन्छु,’ उनी थप्छन्, ‘केरो करियरको मेरो टर्निङ पोइन्ट जस्तो पनि लाग्छ । त्यसपछि झनै मेहनत गर्न थालेँ । अन्तर्राटि्रय स्तरका लागि यतिले पुग्दैन भरेर आफ्नो कमीकमजोरीलाई सुधार गर्दै गएँ ।’

त्यो सफलतापछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर पाए । एएफसी यू-१९ च्याम्पियनसिप खेल्न कीर्गिस्तान गए तर, नतिजा सुखद रहेन । राम्रो खेल्दा खेल्दै पनि टिम चुकेको उनको निष्कर्ष छ ।

उनले यू-२३ राष्ट्रिय टिममा अबसर पाए । खेल थियो एसियाली खेलकुद । एकपछि अर्को उमेर समूहमा स्थान बनाएका अभिषेकलाई यो प्रतियोगिताले जापान, भियतनाम र पाकिस्तानसँग खेल्ने मौका जुरायो । प्रतियोगिताबाट उनी झनै निखारिए ।

उनी भन्छन्, ‘टिममा अहिले सबैभन्दा कम उमेरको त्यहाँ म नै थिएँ । प्रशिक्षक कोजीले भन्ने गर्नुहुन्थ्यो, मेहेनत गर, नडराउ । आत्मविश्वासी भएर खेल्नु । प्रशिक्षकले भनेको जसरी राम्रो गरेँ पनि ।’

लिगमा छोडेको छाप

अभिषेकले गत वर्ष सम्पन्न ए डिभिजन लिग नेपाल पुलिस क्लबबाट खेले । उनलाई पुलिसले एक वर्षसम्मका लागि भनेर सम्झौता गरेको थियो । लिगमा पुलिसले छैटौं स्थानमा चित्त बुझायो ।

तर हिरो बने अभिषेक । उनको खेल कौशलले सबैलाई तान्यो । त्यही कारण उनी उदयीमान खेलाडीका रुपमा हेरिए । ‘लिगमा केही गर्नुपर्छ भनेर सोचेको थिएँ । केही खेलमा गोल हानेर क्लबलाई जिताएँ,’ उनी भन्छन् ।

अभिषेकले क्लब यात्राको सुरुवात भने अर्को विभागीय टिम आर्मीबाट भएको थियो । आर्मीबाट एक सिजन नकआउट फुटबल प्रतियोगिताहरु खेलेका उनलाई ए डिभिजन लिगका लागि पुलिसले लग्यो । मोफसल प्रतियोगिताको निकै उपाधि पुलिसलाई दिलाएका उनले आफूलाई निखार्ने झनै मौका यही क्लबबाट पाए ।

‘पुलिसले मेरो लागि धेरै गरेको छ । युवा खेलाडीलाई विश्वास गरेर मौका दियो । त्यो मौका मैले सदुपयोग गरेको जस्तो लाग्छ,’ उनले भने । अभिषेक पुलिसमा पनि सबैभन्दा कान्छो खेलाडी थिएँ । बुढासुब्बा गोल्डकपबाट डेब्यू गर्दा नै उनले दुई गोल हाने ।

अभिषेक अहिले मनाङ मर्स्याङ्दी क्लबमा पुगेका छन् । उनलाई मनाङले एएफसी कपको लागि भनेर पुलिसबाट लोनमा लगेको थियो । मनाङमा पनि उनले आफ्नो जादु देखाइसकेका छन् । उनकै गोलको सहयोगमा मिनर्वा पञ्जाबविरुद्ध मनाङले बराबरी खेलेको थियो ।

अभिषेक भन्छन्, ‘लोनमा मनाङबाट खेलिरहेको छु । अझै दुई वटा खेल बाँकी छ । एएफसी कप सकेपछि मनाङले मलाई राख्ने कि नराख्ने भन्ने हुन्छ । मनाङले राखेन भने म पुलिसमै फर्किन्छु ।’

कुराकानीकै क्रममा उनले आफू मनाङबाटै फुटबल खेल्ने रहर भएको पनि खुलासा गरे । ‘मनाङमा खेल्दा रमाइलो लागिरहेको छ । यसै क्लबबाट खेल्ने रहर छ । अब के हुन्छ हेरौं,’ उनले भने ।

रोनाल्डोका फ्यान

एन्फाले वैशाख २२ गते ‘एन्फा दिवस’ को अवसर पारेर पहिलो पटक विभिन्न ११ विधामा फुटबलसँग सम्बद्धहरुलाई पुरस्कृत गर्‍यो । त्यसमा उदीयमान खेलाडीको अवार्ड अभिषेकले नै हात पारे ।

उमेर समूहमा पाएको सफलता र ए डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा एन्फाले उनलाई यो पुरस्कारबाट सम्मान गर्‍यो । ‘आफूले गरेको परिश्रमको फल पाउँदा खुशी लाग्दो रहेछ । यसले अझै उत्साह थपेको छ’ उनी भन्छन्, ‘पहिलो पटकमै मेरो नाम आयो । यो जतिको खुशी अरु केमा हुन्छ होला र ?’

≪ Previous Post

पाकिस्तानसँगको सिरिज इंग्ल्यान्डलाई

Next Post ≫

भौतिक पूर्वाधार मात्र विकास होइन: मुख्यमन्त्री पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क