Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ पाकिस्तानसँगको सिरिज इंग्ल्यान्डलाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाकिस्तानसँगको सिरिज इंग्ल्यान्डलाई

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
पाकिस्तानसँगको सिरिज इंग्ल्यान्डलाई
30
SHARES
ShareTweet

काठमाडौं । पाकिस्तानसँगको पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली इंग्ल्यान्डले जितेको छ ।

अन्तिम तथा पाँचौ खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेसँगै सिरिज ४-० ले जितेको हो । ३५२ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४६.५ ओभरमा सबै विकेटको क्षतिमा २९७ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका लागि कप्तान सर्फराज अहमद ९७ रनमा रन आउट भए । त्यस्तै बाबर अजाम पनि ८० रनमा रन आउट भए ।

इंग्ल्यान्डलाई जिताउन क्रिस वोक्सले पाँच विकेट लिए । त्यस्तै, आदिल रशिदले दुई विकेट लिए ।

यसअघि टस जिते पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३५१ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोइ रुटले ८४ रन बनाए । त्यस्तै कप्तान इओइन मोर्गनले ७६ रन बनाउँदा इंग्ल्यान्डले ठूलो स्कोर बनाउन सफल भएको थियो ।

पाकिस्तानका लागि सहिन शाह अपि|mदीले चार र इमाद वासिमले तीन विकेट लिए ।

इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो खेल भने वर्षाको कारण रद्द भएको थियो । बाँकी चार खेलमा जित हात पार्दै इंग्ल्यान्डले सिरिज जितेको हो । विश्वकपअघि भएको सिरिजमा गरेको क्लीन स्वीपले इंग्ल्यान्डको मनोबल बढेको छ ।

≪ Previous Post

दोस्रो आईपीएलमा सन्दीप कति सफल ?

Next Post ≫

राष्ट्रिय टिमको जर्सी लगाउन आतुर अभिषेक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क