बुटवल, ३० भदौ । ‘बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’मा नयाँ सञ्चालक समिति गठन भएको छ ।
कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ बामोजिम गठन भएको समितिको अध्यक्षमा घनश्याम भुसाल चयन हुनुभएको छ । केन्द्रको सञ्चालक सदस्यहरुमा वडा अध्यक्ष जगदिश चन्द्र आचार्य, नगरपालिका प्रतिनिधि विष्णु प्रसाद खनाल, गोपाल पौडेल, मोतिराज शर्मा खनाल, जानकी कुमार कुँवर (थारु), बजिर शाह, भिमकान्त पन्थी र सदस्य सचिवमा राम बहादुर खत्री चयन हुनुभएको छ ।
कार्यक्रममा कृषि विभाग हरिहर भवन काठमाण्डौका कृषि अर्थ विज्ञ श्याम राज विष्ट, नि.वर्तमान अध्यक्ष कलाधर पन्थी, बजार व्यवस्थापक राम बहादुर खत्रीलगायतले नवगठित संचालक समितिलाई बधाई ज्ञापन गर्नुभएको थियो । बुटवल कृषि उपज तथा थोक बजार केन्द्रलाई राजधानी बाहिरको सबैभन्दा ठुलो कृषि उपज केन्द्र मानिन्छ ।
