बुटवल, ७ भदौ । हाल देशको मध्य र पूर्वीका अधिकांस भू–भागहरुका र पश्चिमीका धेरैजसो स्थानहरुमा सामान्य देखि पूर्ण बदलि भई थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का वर्षा भईरहेको जल तथा मासम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोः देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको मध्य तथा पूर्वी भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
रातीः देशभरी सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ्रदेशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ l