Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ तुल्सीको पात दूधमाउमालेर पिउँदा हुने ६ फाइदा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तुल्सीको पात दूधमाउमालेर पिउँदा हुने ६ फाइदा

संसारपोस्ट संवाददाता · ४ भाद्र २०७६ · 0
तुल्सीको पात दूधमाउमालेर पिउँदा हुने ६ फाइदा
70
SHARES
ShareTweet

बुटवल ४ भाद्र तुलसी बहुगुणी वनस्पती हो । त्यही कारण हाम्रा पूर्खाहरुले यसलाई उच्च महत्व दिँदै आए र संरक्षण गर्नुपर्ने बताउँदै आए । धेरैजसोले तुलसीको औषधीय गुणलाई बुझेर नै घर अघिल्तिर आँगनमा तुलसी रोप्दै आए ।

तुलसीको पात निकै उपयोगी हुन्छ । सामान्य ज्वारो, रुघा आदिबाट बच्न मात्र होइन, यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ । साथै तुलसीले वायु शुद्धीकरण गर्ने काम पनि गर्छ ।

अब कुरा गरौं दूधको । दूध पनि बहुगुणी पेय हो । यो जति स्वादिलो हुन्छ, उत्तिनै गुणकारी पनि । यसमा क्याल्सियम लगायत पोषक तत्व पाइन्छ । अब दूध र तुलसीलाई एकै ठाउँ मिश्रण गरिए के होला रुकतिपय पदार्थ यस्ता हुन्छन्, जो आफैमा औषधि हुन्छ । तर, त्यसलाई अर्को पदार्थसँग मिश्रण गर्दा त्यो हानिकारक हुनसक्छ । विषाक्त हुनसक्छ । ठीक त्यसैगरी कतिपय पदार्थलाई आपसमा मिलाउँदा भने त्यसको औषधीय गुण अरु बढ्छ । जस्तो दूध र तुलसी ।

तुलसीको पातमा अनेक किसिमका औषधीय गुण हुन्छन् । यदि नियमित रुपले तुलसीको पात दूधमा उमालेर पिउने हो भने धेरै किसिमको रोगबाट मुक्त हुन सकिन्छ ।

त्यसो त अहिले धेरैजसो मान्छे कुनै न कुनै रोगले सताइएका छन् । कोही मधुमेहले ग्रस्त छन् त कोही हृदय रोगले । यसैगरी कोही क्यान्सरले ग्रस्त छन् । यीमध्ये धेरैजसो रोग हाम्रो खराब खानपान र जीवनशैलीले निम्त्याएको हो । अतः सही खानपान, सन्तुलित दिनचर्या अपनाउने हो भने हामी सम्भावित रोगबाट बच्न सक्छौं । यस्ता सम्भावित रोगबाट बच्नका लागि तुलसीको पात निकै उपयोगी हुन्छ ।

१ दम रोगमा फाइदा

यदि तपाईं श्वासप्रश्वाससँग सम्बन्धित समस्याले ग्रस्त हुनुहुन्छ भने दूधमा तुलसीको पात उमालेर पिउनु लाभदायक हुन्छ । नियमित रुपमा तुलसीको पात दूधमा उमालेर सेवन गर्दा दम रोगमा फाइदा गर्छ ।

२माइग्रेनमा राहत

दूधमा तुलसीको पात उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट पनि राहत मिल्छ । नियमित रुपले यस औषधि सेवन गर्दा समस्याको जड नै ठीक हुनसक्छ ।

३ तनाव वा डिप्रेसनमा

यदि तपाईंमा तनाव वा डिप्रेसनको समस्या छ भने पनि दूधमा तुलसीको पत्ता उमालेर सेवन गर्न सक्नुहुन्छ, जो निकै लाभदायक हुन्छ । तनाव एवं चिन्ता कम हुन्छ । डिप्रेसन रोगीका लागि पनि यो लाभदायक हुन्छ ।

४ हृदय रोगमा

दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ । त्यतिमात्र होइन, यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ ।

५ पत्थरीको समस्यामा

यदि कुनै व्यक्तिलाई पत्थरीको समस्या छ भने दूधमा तुलसीको पात उमालेर खाली पेटमापिउनुपर्छ । यसो गर्नाले मिर्गौलाबाट पत्थरी हट्छ ।

६ रोग प्रतिरोधात्मक क्षमता

तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यतिमात्र होइन, यसमा क्यान्सर पैदा गर्ने कोशिकासँग लड्ने क्षमता पनि हुन्छ । यसका साथै तुलसीको पातमा एन्टिब्याक्टेरियल एवं एन्टिभाइरल गुण हुन्छ ।

कसरी सेवन गर्ने

यसलाई औषधी बनाउनका लागि तपाईंले डेढ गिलास दूध उमाल्नुपर्छ । जब दूध उम्लन सुरु गर्छ त्यसमा ८ देखि १० वटा तुलसीको पात राख्नुपर्छ । अब एक गिलास दूध भएपछि त्यसलाई सेलाउन दिनुपर्छ । मन तातो भएपछि पिउन सकिन्छ ।

≪ Previous Post

फुलबारीको काठ तस्करी बिरुद्ध भण्डाफोर कार्यक्रम गरिने

Next Post ≫

सवारी दुर्घटना न्यूनीकरणका लागि सहकार्य जरुरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क