बुटवल, ३ भाद्र
बुटवल उपमहानगरपालीका २ स्थित ऐतिहासिक मणिमुकुन्द सेन उद्यान (फुलवारी) मा अबैध रुपले काठ तस्करी भैरहेको भन्दै स्थानियले तत्काल कारबाही गर्न माग गरेका छन । फुलवारीस्थित चितुवा राख्ने खोरमा लुकाई राखेको लाखौं रुपैयाँको काठ बरामद भैसकेपछि पनि दोषी उपर कारबाही नभएको भन्दै स्थानिय आम उपभोक्ताले कारबाहीका लागि दवाव दिने उद्देश्यले आगामी भाद्र ५ गते बृहत प्रदर्शन कार्यक्रम राखेका छन ।
आगामी २०७६ भाद्र ५ गते मणिमुकुन्द पार्क फुलबारी जाँउ, काठ तस्करी र भष्द्धाचार बिरुद्ध भण्डाफोर गरौं भन्ने मुल नाराका साथ आयोजित सो कार्यक्रममा उक्त काठ तस्करी गर्ने बिरुद्ध उत्रन आम उपभोक्ता र स्थानिय जनसमुदायलाई आग्रह गरिएको छ । यसअघि पनि पटक पटक रुख काटेर अबैध तस्करी भएको, रातारात काठ तस्करी गर्ने परिपाटी नरोकिएको र सरोकारवाला निकायमा उजुरी गर्दा पनि कुनै कारबाही नभएको भन्दै जनदवावका लागि कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा स्थानिय सरोकार समितिका अध्यक्ष टिकाराम शर्माले यहाँ बिगत केही बर्षदेखि नै अबैध रुपले रुख कटान गरि तस्करी गर्ने परिपाटी रहेको र यसमा मणिमुकुन्द सेन उद्यान (फुलवारी) समितिकै संलग्नता रहेको बताए । समितिका पदाधिकारीहरु र स्थानिय जनप्रतिनिधीहरुको मिलोमतोमा सो कार्य हुने गरेको दावी गर्दै शर्माले आफुहरुले पटक पटक उजुरी गर्दापनि सरोकारवाला निकायले कारबाही नगरेको गुनासो गरे ।
बुटवल सामुदायिक वन उपभोक्ता समितिका तत्कालिन निर्वाचित अध्यक्ष माधव प्रधानले मणिमुकुन्द सेन उद्यान (फुलवारी)मा हुने गरेको अनियमिता र भ«ष्टाचार अन्त्य गर्न आम उपभोक्ता एकजुट हुनुपर्ने बताए । उपभोक्ता समितिका सम्बन्धमा बिवाद उत्पन्न गराएर अन्यौलता सिर्जना गरि स्थानिय वडाका अध्यक्षहरुले फुलवारीको समितिसँग मिलेर ढुंगा, माटो, काठ आदी अबैध रुपले तस्करी गरि करोडौं कुम्लाएको आरोप प्रधानले लगाए ।
तत्कालिन उपाध्यक्ष जुद्धबहादुर केसीले मणिमुकुन्द उद्यान संरक्षण समितिका पदाधिकारी र स्थानिय जनप्रतिनिधीहरु नै रुख मास्न र काठ तस्कर गर्न अग्रसर रहेको आरोप लगाए । बुटवलका जनता नजागे फुलबारीका तस्करहरुले बुटवलकै गहनाका रुपमा रहेको सामुदायिक वन र फुलवारी दुवै सखाप पार्नेतर्फ ईंगित गर्दै केसीले सम्पुर्ण उपभोक्ता तथा आम जनसमुदायहरु मणिमुकुन्दसेन उद्यान फुलबारीमा भेला हुन र काठ तस्करी र भ«ष्टाचार बिरुद्धको अभियानमा सरिक भै उनिहरुको बिरुद्धमा आवाज उठाउन आवश्यक रहेको बताएका छन ।