Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रवास ≫ काश्मीरको अवस्थालाई पुरानै अवस्थामा फर्काउने तयारी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काश्मीरको अवस्थालाई पुरानै अवस्थामा फर्काउने तयारी

संसारपोस्ट संवाददाता · २ भाद्र २०७६ · 0
काश्मीरको अवस्थालाई पुरानै अवस्थामा फर्काउने तयारी
60
SHARES
ShareTweet

श्रीनगरमा आजबाट विद्यालय र सरकारी कार्यालयहरु खोलिदै



काठमाडौं, २ भदौ । भारत सरकारले संविधानको धारा ३७० हटाइएपछि अशान्त बनेको भारतको स्वशासित क्षेत्र काश्मीरको अवस्थालाई बिस्तारै पुरानै अवस्थामा फर्काउने तयारी भइरहेको छ ।
अवस्थालाई सामान्य वनाउन जम्मू–काश्मीरमा सोमबारबाट प्राथमिक विद्यालय र स्थानीय सरकारी कार्यालयहरु खोलिने काश्मीरी अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार आइतबार काश्मीरका केही स्थानमा टेलिफोन सेवा सुचारु गरिएकोमा सोमबार यहाँका प्राथमिक विद्यालय र सरकारी कार्यालयहरु खोल्ने तयारी गरिएको हो ।
जम्मू–काश्मीर सरकारका प्रवक्ता तथा उक्त राज्यका मुख्य सचिव रोहित कंसलले आइतबार पत्रकारहरुसँग कुरा गर्दै हाम्रो योजना श्रीनगरका १ सय ९० भन्दा बढी प्राथमिक विद्यालयहरु खोल्ने रहेको बताउनु भयो । उहांले भन्नुभयो, ‘हामीलाई विश्वास छ कि यसै दिनबाट सरकारी कार्यालयहरुले पनि पूर्णरुपमा काम गर्न थाल्नेछन् र आगामी दिनमा काश्मीरका अन्य क्षेत्रमा पनि बिस्तारै सहजता आउनेछ ।’
तर, सरकारले बताएजस्तै आफ्ना छोराछोरीलाई विद्यालय पठाउन श्रीनगर क्षेत्रका अभिभावकहरु पूर्णरुपमा निश्चिन्त हुनसक्ने वातावरण भने बनिनसकेको बिबिसीले जनाएको छ ।
सोमबार बजार इलाका रहेको र अन्य क्षेत्रभन्दा शान्त रहेको काश्मीरको श्रीनगर क्षेत्रमा विद्यालय खोल्ने बताइएको छ । सरकारले सोमबारदेखि शिक्षकलाई विद्यालयमा उपस्थित हुन सूचित गरे पनि कति अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाउँछन् भन्ने महत्वपूर्ण हुनेछ । यसबाट सो क्षेत्रका जनताको मनस्थितिको समेत आँकलन गर्न सकिने बताइएको छ ।
जम्मू–काश्मीर राज्यलाई दिइएको विशेषाधिकार सम्बन्धी संवैधानिक व्यवस्था खारेज गर्ने सरकारको निर्णयपछि काश्मीर क्षेत्रमा कर्फ्यू लगाइनुका साथै सञ्चार तथा इन्टरनेट सेवा समेत अवरुद्ध गरिएको थियो । पछिल्ला केही दिनदेखि सो क्षेत्रमा निषेधहरुलाई बिस्तारै खुकुलो बनाउँदै लगिएको छ । टेलिफोन सुविधा खुकुलो लगिँदै गएकोमा अधिकतम इलाकामा भने अवस्था सामान्य नरहेको बताइएको छ ।
काश्मीर प्रहरीका अनुसार जम्मू–काश्मीरमा धारा ३७० को खारेजीपछि भड्किन सक्ने हिंसा तथा अशान्तिलाई मध्यनजर गर्दै कानुनी तथा सुरक्षा व्यवस्था कायम राख्न सञ्चार सेवा अवरुद्ध गरिएको हो ।

≪ Previous Post

आजको राशिफल (२ भदौ २०७६ सोमवार)

Next Post ≫

तिलोत्तमा २ र ४ मा नेकपाको गतिबिधि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क