बुटवल । राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले संघीयता र लोकपृयताबाद देशका लागि घातक भएको बताउनुभएको छ ।
अखिल नेपाल बुद्धिजिवि संघ जिल्ला संगठन रुपन्देहीद्वारा शनिबार बुटवलमा आयोजित संघियता र लोकपृयताबाद विषयक अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै महासचिव भट्टले नेपालको सन्दर्भमा संघीयता आवश्यक नरहेको र संघीयताले अनावश्यक खर्च बढाएको भन्दै देशले संघीयता धान्न नसक्ने बताउनुभयो । अधिकांश नेपाली जनताको माग प्रदेश खारेजीको रहेको बताउदै उहांले राष्ट्रिय जनमोर्चाले संघीयता खारेजिको लागि आउंदो चैत्र २४ गते देखि ३० गते सम्म काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताउनुभयो । लोकपृयतावाद बेला बेलामा खतरनाक रूपमा आउने गरेको भन्दै महासचिव भट्टले प्रदेसको आम्दानी भन्दा खर्च निकै धेरै भएकाले संघीयता देशकोलागि सबै भन्दा घातक रहेको दाबी गर्नुभयो । ऋण काढेर देशले संघीयता धान्न नसक्ने उहांको भनाइ छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता प्रेम सुबेदीले अधिकार सहितको संघीयता आबस्यक रहेको बताउनुभयो । मार्क्सवादी बिचार मंचका महासचिव बिन बहादुर कुंवरले संघीयता नेपालको सन्दर्भमा ठिक नभएको बताउनुभयो । नेसपा नयाँ शक्तिका प्रतिनिधि बिष्णु खत्रिले पछिल्लो समय लोकपृयतावाद बढ्दै गएको र यो देश र जनताको लागि घातक रहेको बताउनुभयो ।
प्राध्यापक डाक्टर हिरण्यलाल ज्ञवालीले लोकपृयतावाद र संघीयता अलग अलग विषय भएकोले शीर्षक पनि अलग अलग राखेर बहस चलाउन सुझाब दिनुभयो । नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सिले सबै बामपंथी हरुले आ आफ्नो समिक्षा गर्नुपर्ने बताउनुभयो ।
नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य जुध्द बहादुर बिकले संघीयता नेपालको संबिधानसभा बाट दुइतिहाइले पारित गरेको विषय भएकोले संघीयता खारेज गर्न सहज नभएको उल्लेख गर्नुभयो । माओबादी केन्द्रका प्रतिनिधि डाक्टर कृष्ण खनालले संघीयता आवश्यक रहेको तर यसमा बिकृती आएकोले सच्चाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल बुद्धिजिवि संघका केन्द्रिय सदस्य तथा रुपन्देहि जिल्ला अध्यक्ष लिला केसीले कार्यपत्र परुस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि युवा प्रगतिसिल लेखक रामचन्द्र श्रेष्ठले टिप्पणी गर्नुभएको थियो । उहांले दलहरु भित्रै एलिटहरुको जन्म भएको बताउनुभयो । लोकपृयतावादले मानिसहरुलाई सहिठाउमा नलैजाने भन्दै उहांले लोकपृयतावादको पछि लाग्न नहुने धारणा राख्नुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै प्राध्यापक ईश्वरी प्रसाद बस्यालले सबै पार्टीहरूमा लोकपृयतावाद रहेको भन्दै त्यो जहापनि लागुहुने गरेको बताउनुभयो । त्यो भन्दा म राम्रो हु भन्ने देखाउनका लागि लोकपृयतावादको प्रयोग गर्ने गरिएको बताउदै उहांले अरुलाई गालिगरेर आफु राम्रो हु भन्ने देखाउन खोज्ने प्रबृत्ति गलत भएको टिप्पणि गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले सोसल मिडियाले गर्दा समाजमा सहि सूचना सहिसमयमा प्रसारण हुन नसक्दा समाजमा गाह्रो भएको भन्दै यस्ता खालका कार्यक्रमहरु हुन आबस्यक रहेको बताउनुभयो । अब बुद्धिजिविहरुले यस्ता खालका कार्यक्रममा लाग्नु पर्ने बताउंदै नेपाल पत्रकार महासंघ रुपन्देही यस्ता खालका कार्यक्रममा सधै सङ्गै रहने बताउनुभयो ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्यालले लोकप्रियताबाद सबै भन्दा खपत हुने गरेको भन्दै लोकप्रियताबाद भन्दा तानासाहा प्रबृत्ति देखिने गरेको बताउनुभयो ।
बरिस्ट अधिबक्ता तेज प्रसाद कडेलले संघीयता हाम्रो आबस्यक्ता पनि नभएको र जनताको चाहनापनि नभएको बताउनुभयो । संघीयता बाध्यताले आएको बताउंदै उहांले सबैभन्दा बढि भ्रस्टाचार र बेथिति दलहरुमा भएको बताउनुभयो ।
प्राध्यापक डाक्टर बाबुराम ज्ञवालीले संघीयता नेपालको सन्दर्भमा दलहरुले नबुझी अंगाल्दा अहिले समस्या आइरहेको बताउनुभयो ।
नेपाल वार एशोसियन बुटवलका अध्यक्ष गोविन्द मरासिनीले अहिलेका राजनीतिक दलले मुलुकलाई अँध्यारो खाडलतिर धकेलेको बताउनुभयो । कार्यक्रम हेमराज शर्माको अध्यक्षता, हिरालाल धामीको स्वागत र गोपाल गैरेको संचालनमा भएको थियो ।