Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ यातायात मजदुरहरुलाई सवारी दुर्घटना न्यूनिकरण प्रशिक्षण : मजदुरहरुको आत्मबिश्वास र आत्मसम्मान बढाउन जोड
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

यातायात मजदुरहरुलाई सवारी दुर्घटना न्यूनिकरण प्रशिक्षण : मजदुरहरुको आत्मबिश्वास र आत्मसम्मान बढाउन जोड

संसारपोस्ट संवाददाता · २५ श्रावण २०८१ · 0
यातायात मजदुरहरुलाई सवारी दुर्घटना न्यूनिकरण प्रशिक्षण : मजदुरहरुको आत्मबिश्वास र आत्मसम्मान बढाउन जोड
130
SHARES
ShareTweet

बुटवल । यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउनुका साथै सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले यातायात मजदुरहरुलाई पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले तालिम प्रदान गरेको छ ।
हरेक महिना चालक तथा सहचालकहरुलाई प्रदान गरिंदैं आएको सो तालिमबाट दुर्घटना न्यूनिकरणमा टेवा पुग्नुका साथै यातायात मजदुरहरुको आत्मबिश्वास र आत्मसम्मान बढाउन समेत सघाउ पुराउने बिश्वास गरिएको छ ।
कुल २२ सय २ सदस्य रहेको पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले शुक्रबार आयोजना गरेको तालिममा सवारी दुर्घटना न्यूनिकरण र ब्यबस्थापनबारे लामो दुरीका तथा रात्री बसहरु चलाउने २ सय जना चालक तथा सह चालकहरुलाई तालिम प्रदान गरिएको थियो । बुटवलमा आयोजित दुर्घटना न्यूनिकरण तथा सवारी ब्यबस्थापन प्रशिक्षण कार्यक्रममा सहभागिहरुले मानविय लापरवाही सवारी दुर्घटनाको प्रमुख कारण रहेको भन्दै ट्राफिक शिक्षा आवश्यक रहेको बताएका थिए ।
प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डेले सवारी दुर्घटनाका प्रमुख कारणहरुबारे अवगत गराउँदै न्यूनिकरणका उपायहरु बताउनु भयो । सवारी दुर्घटना हुने मुख्य तिन कारणहरु मानविय कारण, यान्त्रिक कारण र भौगोलिक कारणबारे प्रष्ट पार्दै निरिक्षक पाण्डेले प्रमुख कारण मानविय लापरवाही नै रहेकोले यसको न्यूनिकरणमा यातायात मजदुरहरुको भूमिका महत्वपुर्ण हुने कुरामा जोड दिनुभएको थियो ।
यातायात मजदुरहरुलाई लक्षित गरि प्रदान गरिएको सो तालिममा सहभागिहरुलाई आत्मनिर्भर, स्वरोजगार र सभ्यता सम्पन्न बनाउने उद्देश्य रहेको दुर्घटना न्यूनिकरण कार्यक्रमका संयोजक नारायण घिमिरेले बताउनु भयो । साथै सवारी धनीका साथै मजदुरहरुको हकहित संरक्षण र आर्थिक सवलीकरणका लागि पनि नविनतम योजना संचालन गरिएको उल्लेख गर्दै संयोजक घिमिरेले चालकका परिवारहरुको पनि हित हुने नीति तथा कार्यक्रमहरु अवलम्बन गरिएको जानकारी दिनु भयो ।
दुर्घटना न्यूनिकरण तथा सवारी ब्यबस्थापनका साथै मानविय सभ्यता कायम गर्ने हेतुले विगत लामो समयदेखि अभियान संचालन गर्दै आएको प्रा.लि.ले २०६६ सालदेखि निरन्तर रुपमा कार्यक्रमहरु संचालन गर्दै आएको छ । कार्यक्रममा अभियानका सहसंयोजक नारायण भण्डारी, नेपाल यातायात मजदुर संगठनका प्रदेश सदस्य मोहन केसी लगाएतले यातायात मजदुरहरुले सवारी चलाउदा ध्यान दिनुपर्ने कुरामा जोड दिनु भएको थियो भने संचालकहरु गोपाल पौडेल, जितेन्द्र खत्री लगाएतले दुर्घटना न्यूनिकरणका उपायहरु बारे चर्चा गर्नुभएको थियो ।

 

≪ Previous Post

शान्ति नमुनाका कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु सम्मानित

Next Post ≫

मोतिपुरस्थित श्री मुक्तेश्वर शिवालयमा मन्दिरमा कथा वाचन र बृद्धबृद्धा सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क