Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा महिला हिंसाका घटनामा वृद्धि
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

रुपन्देहीमा महिला हिंसाका घटनामा वृद्धि

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0
रुपन्देहीमा महिला हिंसाका घटनामा वृद्धि
50
SHARES
ShareTweet

जवरजस्ती करणी ७० आत्महत्या ८३ गरी महिला हिंसा ६९७ वटा

बुटवल २२ साउन
रुपन्देही जिल्लामा महिला तथा बालबालिका सम्बन्धी विभिन्न अपराधका घटनामा हरेक वर्ष वद्धि हुदै गएको तथ्याकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उपलब्ध गराएको विगत ३ वर्षको तथ्याकमा जिल्लामा हरेक वर्ष अपराधका घटनामा वृद्धि भएको देखाएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७५।०७६मा ६९७ वटा महिला तथा बालबालिका सम्बन्धी विभिन्न अपराधका घटना भएको प्रहरीले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा ५८३ र आर्थिक वर्ष २०७३ ।०७४ मा ५३७ वटा महिला तथा बालबालिका सम्बन्धी घटनाप्रहरीमा दर्ता भएका थिए ।
आर्थिक वर्ष ०७५। ०७६मा जिल्लामा प्रहरीमा परेका उजुरीका आधारमा जवरजस्ती करणी ७०, मानव बेचिबखन तथा ओसार पसार १७ ,जवरजस्ती करणी उधोग ३२, बहुबिबाहका ४३, बालबिबाह १ ,कर्तव्य ज्यान ३, फुटकर ज्यान ११ , भव्यतव्य ज्यान ३१वटा घटना भएका छन ।
त्यस्तै झुण्डी आत्महत्या ५५,बिष सेवन गरी आत्महत्या २५, आगो लगाएर आत्म हत्या ३ वटा रहेका छन । त्यसै गरि ज्यान मार्ने उधोग २, कुटिपट अगंभंगं १, वोक्सी आरोप १,जातीय भेदभाव १ ,केही सार्वजिनक अपराध ५ र घरेलु ंिहंसा ं ४२९ वटा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी तथा प्रवक्ता धर्मराज भण्डारीले बताउनु भयो । त्यस्तै जिल्लामा वितेको १ वर्षमा महिला ३२० वालक६६ र वालिका १४१ गरि ५ सय २७ जना हराएकोमा ४ सय ३९ जना फेला परेको पनि प्रहरीले जनाएको छ ।
यसरी हराउने संख्या पनि हरेक वर्ष वृद्धि हुदै गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७३।०७४मा जिल्लामा १८९ महिला, ३० वालक र ७९ वालिका गरि २९८ जना हराएकोमा १५६ जना भेटिएका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७४।०७५मा जिल्लामा १८१ महिला, २० वालक र ७१ वालिका गरि २७२ जना हराएकोमा २६३ जना भेटिएका थिए ।
प्रहरीले वितेको आर्थिक वर्षमा ४४ महिला, ५ वालक र ४ वालिका गरि ५३ जनालाई भारतवाट उद्दार गरेको पनि जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७४। ०७५ मा जिल्लामा १ हजार ६ सय ५२ वटा मुद्दा दर्ता गरेकोमा आर्थिक वर्ष २०७५।०७६ मा १ हजार ८ सय ३७ वटा मुद्दा दर्ता गरेको जनाएको छ ।
प्रहरीले दर्ता गरेको मुद्दा मध्ये ३७१ वटा लागुऔषधका मात्र रहेका छन । लागु औषधमा ३२ महिला सहित ५२१ जनालाई पक्राउ गरि आवश्यक कारवाही अगाडी बढाईएको प्रहरीले जनाएको छ । यसले पनि जिल्लामा लागु औषधको अवस्था विकराल भएको पुष्टी गर्दछ ।।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चालु आर्थिक बर्षको साउन महिनाकोे २१ दिनमा जिल्लाको बिभिन्न स्थानवाट गस्ती तथा चेकजांचका क्रममा भारतबाट भन्सार छली अबैद्यरुपमा नेपाल ल्याउदै गरेका ९ लाख ३२ हजार ९२२ रुपैयाँ वरावरका विभिन्न सामानहरु वरामद गरि आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाईएको जनाएको छ ।

≪ Previous Post

सुकुम्बासी र अव्यवस्थित बसोवास समस्या दीर्घकालीन रुपमै समाधान : महासचिव पौडेल

Next Post ≫

भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क