Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै

संसारपोस्ट संवाददाता · २५ माघ २०७९ · 0
बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै
60
SHARES
ShareTweet

बुटवल । पाँचौ संस्करणको राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता रुपन्देहीको बुटवलमा हुंदैछ । रुपन्देही लन टेनिस संघको आयोजना बुटवल देबीनगर स्थित लन टेनिस कम्प्लेक्समा प्रतियोगिता आयेजना गरिएको रुपन्देही लन टेनिस संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा लन टेनिस संघका रुपन्देही अध्यक्ष गोपाल ज्ञवालीले बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा यो वर्ष प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ फागुन ६ गते देखि १० गते सम्म संचालन हुने र प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनु भयो ।
अध्यक्ष ज्ञवालीले विश्वमा सर्वाधिक चर्चामा रहेको खेल र खेलाडीको परिचय बनाएको लन टेनिस खेल नेपालमा काठमाडौं र पोखरामा केन्द्रित रहेकोमा पछिल्लो एक दशकमा रुपन्देहीमा समेत लन टेनिस खेल र खेलाडीको विकास भैरहेको जानकारी गराउनु भयो ।
पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा देशभरका १ सय बढि खेलाडीहरु विभिन्न उमेर समूहका खेलाडीहरुले भाग लिने छन् । अध्यक्ष ज्ञवालीका अनुसार पुरुष एकल खुला ३५ वर्ष माथि, ४५ वर्ष माथि, ५५ वर्ष माथि र ६५ माथि, महिला एकल खुला, पुरुष युगल खुल्ला, महिला युगल खुला, पुरुष भेट्रान्स ३५ माथि युगल, पुरुष भेट्रान्स ४५ माथि, पुरुष भेट्रान्स ५५ माथि र पुरुष ६५ माथि गरि कुल १२ इभेन्टमा प्रतियोगिता संचालन हुने छ ।
प्रतियोगिताको पुरुष र महिला सिंगल तर्फ उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तथा तृतिय दुई जना खेलाडीलाई जनही २० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । सिंगलतर्फ पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतिय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमश नगद ३० हजार, १५ हजार र १० हजार रुपैयाँ, ४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतिय स्थान हासिल गर्ने खेलाडीलाई क्रमश २५ हजार, १५ हजार र १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता र तृतियलाई क्रमश २० हजार, १० हजार र ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।
यसैगरि ६५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता तथा तृतिय खेलाडीलाई क्रमश १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष ज्ञवालीले बताउनुभयो । उहांका अनुसार डबल तर्फ पुरुष डबल र महिला डबल उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि भेट्रान्स डबल्सतर्फ ३५ र ४५ र ५५ र ६५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमश नगद १५ हजार र १० हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । प्रतियोगिताको पुरस्कारमा ५ लाख २२ हजार ५ सय रुपैयाँ तथा खेल अवधिभर कुल १८ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष ज्ञवालीले बताउनुभयो । विश्व खेल जगतमा चर्चित खेल भएपनि केही वर्ष पहिले सम्म यो खेल नेपालमा काठमाण्डौ र पोखरामा केन्द्रित रहेको थियो । पछिल्लो एक दशकमा रुपन्देहीमा समेत रुपन्देहीमा लन टेनिस खेल र खेलाडीहरुको क्षमता विकास, नियमित अभ्यास र खेल पुर्वाधार विकासमा रुपन्देही लन टेनिस संघ निरन्तर लागेको उल्लेख गर्दै अध्यक्ष ज्ञवालीले राजधानी पछि रुपन्देही लन टेनिसको हवकारुपमा विकसित बन्दै गैरहेको अध्यक्ष ज्ञवालीले उल्लेख गर्नुभयो ।
वि.सं. २०६८ सालदेखि रुपन्देहीमा खेलाडीहरुलाई संगठित गर्दै छोटोसमयमा केन्द्रमा आवद्धता भएर वार्षिक कार्ययोजना बनाई जिल्लामा उमेर समुहका खेलाडी उत्पादन, नियमित खेलकुद गतिविधि, पुर्वाधार विकास र विभिन्न तालिमहरुमा जोड दिदै आएको अध्यक्ष ज्ञवालीले बताउनुभयो । उहांले खुला लन टेनिस प्रतियोगितामा भुटान र भारतका पुराना खेलाडीहरुको समेत सहभागिता रहने भन्दै प्रतियोगिताले बुटवलको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विशवास ब्यक्त गर्नुभयो ।
रुपन्देही लन टेनिस संघले लन टेनिस खेलको कुम्भमेलाका रुपमा देशभरका खेलाडीहरु बीच वार्षिक कार्ययोजना बनाएर राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ ।

≪ Previous Post

अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच भेटघाट

Next Post ≫

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत नपाए पछि दिए राजीनामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क