Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ देशको विकास गर्न रोजगारी सिर्जना हुनेगरि काम गर्नुपर्छ : अध्यक्ष थापा
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

देशको विकास गर्न रोजगारी सिर्जना हुनेगरि काम गर्नुपर्छ : अध्यक्ष थापा

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७९ · 0
देशको विकास गर्न रोजगारी सिर्जना हुनेगरि काम गर्नुपर्छ : अध्यक्ष थापा
110
SHARES
ShareTweet

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टिका कार्यकारी अध्यक्ष केशव बहादुर थापा(सुर्यवंशी)ले देशको बिकासको लागि रोजगारी सिर्जना हुनेगरि काम गर्नुपर्ने भएपनि दुईतिहाईको बहुमतको सरकारले त्यो गर्न नसकेको बताएका छन् ।
बाम लोकतान्त्रिक गठबन्धन तर्फबाट रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका थापाले दुई तिहाई बहुमतको सरकारले देशमा रोजगारी सिर्जना हुने गरि उद्योग धन्धा, कलकारखाना सञ्चालन गर्नुपर्ने भएपनि त्यो अुनसार काम गर्न नसकेको टिप्पणि गरे ।
मंगलबार विहान बुटवल वडा नं १० का मतदाताहरुसंग भेट्घाट्पछि बोल्ने क्रममा उम्मेद्वार थापाले भने, ‘देशको समृद्धिका लागि उद्योग र कलकारखाना सञ्चालन गर्नुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ, आर्थिक नीति सहि हुनुपर्छ अनि बल्ल देश समृद्धिको बाटोमा अघि बढ्न सक्छ ।’
देशको उन्नतिमा निर्यात महत्वपूर्ण हुने भएकाले उत्पादनमा प्रोत्साहन दिनुपर्ने र यसका लागि उद्योग कलकारखाना र कृषिमा जोड दिन आवश्यक रहेको उनको भनाई थियो । बुटवलको वडा नं १० मा रहेको धागो कारखाना सञ्चालनमा जोड नदिने, युवालाई विदेश पठाउने नीति लिएर देश उन्नतिको बाटोमा जान नसक्ने उनको तर्क थियो ।
देशको विकास र लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउँदै थापाले समृद्धिका लागि अहिलेसम्म खाडिमा युवा पठाउँदै आएको नेपालले नेपाली युवा नभई अर्गानिक कृषि उत्पादन खाडितर्फ पठाउन पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।
गठबन्धनका साझा उम्मेदवार थापाले बुटवल वडा नं १० आफ्नो बाल्यकाल र युवा अवस्था बितेको ठाउँ भएकाले त्यस क्षेत्रको शैक्षिक र सामाजिक विकासका लागि आफुले खेलेको भूमिकाको स्मरण गरे ।
सोही अवसरमा क्षेत्र नं २ (१) का प्रदेश सभा उम्मेदवार दीर्घ बहादुर केसी (कुमार)ले खेलकुद्को विकासका लागि आफुलाई जिताउनु पर्ने धारणा व्यक्त गरे । उनले आफुलाई मत दिएर विजयी गराउन अपिल गर्दै यस क्षेत्रका जनताको शिर उँचो पार्ने गरि काम गर्ने प्रतिबद्धता दोहो¥याए । भौतिक पूर्वाधार संगै शिक्षा र स्वास्थमा जनताको पहँुचका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उनले आग्रह गरेका हुन् ।
यस्तै रुपन्देही २(२) प्रदेशसभा सदस्य पदका उम्मेद्वार बामदेब क्षेत्रीले सैनामैना नगरपालिका २ का बिभिन्न स्थानमा घरदैलो गरेका छन् । घरदैलोका क्रममा बोल्दै क्षेत्रीले गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन आग्रह गरे ।

≪ Previous Post

रुपन्देहीमा एकिकृत समाजवादीको चुनावी अभियान तिव्र

Next Post ≫

रुपन्देहीको सुद्धोधन गाउँपालिकामा मदिरासहितको पिकअप स्थानीयको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क