नेपालका राजनीतिक दल र तिनका नेताहरुले खेलकुदको मुद्दालाई कमै महत्व दिने गरेको पाइन्छ । निर्वाचनका वेला सार्वजनिक गर्ने घोषणापत्र वा प्रतिवद्धतापत्रहरुमा खेलकुदको कुरा राख्नका लागि राख्ने गरिन्छ तर खेलकुद र त्यससंग जोडिएको ठूलो समुहको पक्षधरता भएर उनका भावनालाई समेटेर अगाडी बढाएको कमै भेटिन्छ । पछिल्ला दिनहरुमा नेपाली राजनीतिमा ओझेलमा पारिएको खेलकुदका मुद्दा बोकेर निर्वाचनमा होमिने उम्मेदवारहरु बढेका छन् । यसले नेपाली खेलकुदका बारेमा नयाँ वहस मात्र होइन खेलकुद क्षेत्र देश विकासको एक महत्वपूर्ण पक्ष हो भन्ने कुरा स्थापित हुदैछ ।
आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यही खेलकुद र खेलकुदमा आवद्ध युवाहरुको मुद्दालाई प्रमुख मुद्दा बनाएर होमिएका छन् ः दिर्घबहादुर केसी अर्थात कुमार केसी । उनी आम चल्तीमा कुमारका नामले परिचित छन् । सत्ता गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका दिर्घबहादुर केसी कुमार रुपन्देही क्षेत्र नम्बर–२ ९१० बाट प्रदेशसभामा चुनावी मैदानमा छन् ।
उनको उम्मेदवारीले यस क्षेत्रमा मात्र होइन नेपालमै खेलकुदको मुद्दा सतहमा आएको छ । यस्तो हुनुको पछाडी उनको खेल क्षेत्रसंगको सामिप्यता र उनले चुनावमा खेलक्षेत्रको विकासका लागि अगाडी सारेका योजनाका कारणबाट भएको हो ।
नेपालका विभिन्न सशक्त एवं नेतृत्वदायी खेल संस्थाहरुको नेतृत्व गरिसकेका र गरिरहेका केसीको चुनावी राजनीतिमा प्रवेशले खेल क्षेत्रमा लागेका युवाहरुमा उत्साह जगाएको छ । पछिल्लो समय खेलकुद क्षेत्रमा युवाहरुको आकर्षण निकै बढेको छ । खेलक्षेत्रले दिने सन्देश र पहिचानले गर्दा बढेको आकर्षणलाई अझ मजबुत बनाउने लक्ष्य केसीले बोकेका छन् ।
केसीको खेलकुदमा विगत र वर्तमान
केसीको खेलकुदसंगको संलग्नता नेपालको खेलकुदमा अग्रणी जिल्ला र शहरका रुपमा स्थापित बुटवल, रुपन्देहीबाट भएको हो । नेपाली फुटवलमा मोफसलकै पुरानो क्लब मध्ये एक फुटवल क्लब हो रूपन्देहीको गोरखा ब्वाइज क्लब । त्यही क्लबबाट कुमारले खेलकुदमा औपचारिक रुपमा प्रवेश गरेको बताउछन् । २०४३–४४ सालतिरबाट कुमारलाई यस क्षेत्रका अग्रजहरुको संगतले फुटबल खेल्न मैदानमा पु¥याएको उनी संझन्छन् । अग्रजहरुको पदचाप पछ्याउने क्रममा ११÷१२ वर्षकै उमेरमा केसी फुटबलतिर होमिएका हुन । लामो समयसम्म त्यही क्लबबाट फुटवल खेलेका केसीले त्यहीबाट खेलकुदको नेतृत्व पनि थालेका हुन् ।
केसीको फुटबल राजनीतिको कखरा पनि त्यहींबाट सुरू भयो, जुन क्लबले उनलाई खेलकुदमा भित्रायो र खेलप्रतिको मोह जगाएको थियो । उनी आज त्यस समयमा खेलकुदमा विताएको स्मरण गर्दै खेलकुदको विकासको हुटहुटीलाई जनप्रतिनिको हैसियतमा अगाडी बढाउन चाहन्छन् ।
कुमार केसी अहिले नेपालको खेलकुदको सबैभन्दा माथिको संस्था नेपाल ओलम्पिक कमिटी तथा फुटवलको संस्था अखिल नेपाल फुटवल संघ९एन्फा० को नेतृत्वमा रहेका छन् । यो ठाउँ पुग्न खेलमा समर्पित व्यक्तिलाई निकै मेहनत गर्नु पर्दछ । जो कसैले पनि यस्तो नेतृत्व हासिल गर्न सक्दैन । त्यसैको उदाहरण हुन कुमार केसी, जस्ले खेल क्षेत्रमा आफुलाई समर्पित गरेर मात्र त्यो नेतृत्व हासिल गरेका छन् । त्यसको जग गोर्खा व्याइज नै हो । उनी सो क्लबको सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै लामो समयसम्म अध्यक्ष भएर क्वललाई स्थापित गराएका छन् । आज यो क्लब राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिदै आएको छ । यसै सिजनबाट यो क्लबले मोफसलबाट शहिद स्मारक लिग फुटवल प्रतियोगिताको सि डिभिजन खेलिरहेको छ ।
गोरखा ब्वाइजकै प्रतिनिधित्व गरेर रूपन्देही जिल्ला फुटबल संघको उनले दुई कार्यकाल अध्यक्ष भएर सफल नेतृत्व गरेका छन् । केसीले आफुलाई त्यहामात्र सिमित गरेनन् । उनले रूपन्देहीलाई नेतृत्व गर्दै एन्फाको केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भए । त्यसपछि एन्फाको प्रतिनिधित्व गरेर नेपाल ओलम्पिक कमिटीमा सदस्य हुन पुगे । मोफसलमा एक खेलाडीको रूपमा फुटबलसँग जोडिएको युवा एकपछि अर्को चरण पार गर्दै नेपाल कै खेलकुदको नेतृत्व लिन सफल भएको छ । यसका पछाडी उनीसंग रहेको नेतृत्व गर्ने क्षमता र युवाहरुको भावना बुझ्ने मनले भूमिका खेलेको उनी बताउछन् ।
जीवनको सबैभन्दा ऊर्जाशील समय फुटबल र यस क्षेत्रको खेलकुदमा खर्चिएका केसीले अहिले एन्फाको उपाध्यक्ष जस्तो उच्च पदमा निर्वाचित भएर काम गरिरहेका छन् । उनले खेलकुदमा निर्वाह गरेको सफल नेतृत्वलाई यस पटक राजनीतिका तर्फबाट जनप्रतिनिधि भएर प्रयोग गर्न चाहन्छन् । त्यही अभिलाषा बोकेर उनी रुपन्देही क्षेत्र नं। २९१० बाट प्रदेशसभामा उम्मेदवार बनेका छन् ।
उम्मेदवार के सी का प्रतिवद्धता
देशको विकासका लागि निर्वाचित जनप्रतिनिधिको हैसियतले निवाह गर्नुपर्ने भूमिकाका बारेमा उनी सचेत छन् । उनले आफ्नो चुनावी प्रतिवद्धतापत्रमा भनेका छन्–प्रदेशलाई समुन्नत र विकसित बनाउने अठोट लिएको छु । त्यसका लागि ठोस योजना र कार्यक्रम तर्जुमा जरुरी हुन्छ, मैले प्रदेशको भौतिक पूर्वाधार र मानवीय विकासका लागि वहस र पैरवी गर्ने जिम्मेवारीपूर्ण ढंगले प्रस्तुत हुनेछु ।
उनले आफ्नो प्रतिवद्धतामा प्रदेशमा गरीवी निवारण, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, भौतिक विकास एवं पूर्वाधार निर्माण, सुशासन, महिला सशक्तिकरण, औद्योगिकीकरण आदि समग्र क्षेत्रमा ठोस काम गर्ने जनाएका छन् । यसका साथमा उनको महत्व र कर्म क्षेत्रका रुपमा रहेको खेलकुद र युवाहरुको समग्र विकासमा दुई कदम अगाडी बढेर काम गर्ने प्रतिवद्धता रहेको छ । उनले भनेका छन्–बुटवलको एन्फा एकेडेमीलाई राष्ट्रियस्तरको आधुनिक रङ्गशालाको रुपमा विकास र विस्तार गर्न पहल गर्ने, तिलोत्तमा नगरपालिकाको वडा नंं ४ डिंगरनगरमा रङ्गशाला निर्माण गर्न पहल गर्ने र खेलको माध्यमबाट युवाहरुको जिवनशैलीमा सुधार ल्याउने छु ।
चुनावी मैदानमा के सी
केसी अहिले चुनावी मैदानमा छन् । उनको विहान ५ वजेदेखि ९ वजेसम्मको दैनिकी मतदाताको माझ पुग्ने, कुरा सुन्ने–सुनाउने र उत्साह जगाउने बनेको छ । यही क्रममा व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिर्वतन भएन कहिले हुन्छ भन्ने जिज्ञासा मतदाताहरुले प्रचारका क्रममा घरदैलोमा जादा आफुलाई सोध्ने गरेको केसी बताउछन् । त्यसैले जनताको त्यो परिर्वतनको चाहाना पुरा गर्न नेतृत्व अर्थात जनप्रतिनिधि पनि परिर्वतन गर्नु पर्दछ भनेर मेरो उम्मेदवारी हो । मेरो उम्मेदवारी जनतामा आशा र भरोसा जगाउन हो र त्यो मैले कुराले होइन कामबाट नै दिने प्रतिज्ञा गरेको छु ।
मतदाता अहिले पनि संघीयताको पक्षमा, गणतन्त्र, समावेशीता र स्थिरताको पक्षमा मत हाल्छौँ भन्ने गर्दछन् तर हाम्रो अवस्था कहिले परिवर्तन हुन्छ भन्ने प्रश्न चाहिँ गर्न छाडेका छैनन, यो निकै गम्भिर विषय हो केसीको भनाई छ । हामीले जनताको परिर्वतनको चाहाना पुरा गर्न नसकेको कुरालाई नजिकबाट बुझ्न जरुरी भएको बताउदै केसी भन्छन्–त्यो जिज्ञासा मेटाउने काम हाम्रो हो । जनताले दिएको मतले दृढता र संकल्पसहित अब हामी अगाडि बढ्छौँ ।
जित्ने विश्वासको आधार
जनताको विकास निर्माणको चाहानामा होस वा सुखदुःख, अप्ठेरो पर्दा पदमा नरहंदा पनि निरन्तर व्यक्तिगत रूपमा होस् या आफुले नेतृत्व गरेका संस्थाहरुबाट संस्थागत रूपमा आम मतदाता एवं विषेशगरि युवाहरुलाई साथ दिँदै आएको छु त्यही नै मेरो जितको आधार हो केसीको भनाई छ । केसी भन्छन्–प्रदेशलाई बलियो बनाउन र युवाहरुको चाहाना पुरा गर्न मैले उम्मेदवारी दिएको हो । म अरु जस्तो घुमीघुमी एउटै पदमा भोट माग्न आउने छैन ।
म अरू नेता वा प्रतिद्वन्द्वीको बारे तल्लोस्तरको टिप्पणी गर्न चाहदैन, मलाई थाहा पनि छैन तर म मेरो निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधानका लागि सहयात्रा गर्न अन्यभन्दा सक्षम छु, प्रतिवद्ध छु । म मेरो भूगोलसँग सधैँ जोडिएको छु । खेलकुद र युवाहरुको विकास मेरो प्राथमिक लक्ष्य हो यो मेरो विगतले पनि देखाएको छ । – केसीको धारणा छ ।
उनको भनाई छ – मेरा मतदाता एवम् शुभचिन्तक शुभेच्छुकले मलाई सधैँ आफूसँगै पाएकाले नै मैले उम्मेदवारी दिएदेखि यस क्षेत्रका जनता मेरो विश्वास र भरोसा हुन म उत्साहित छु ।
केसी आफुलाई समाजसेवाको उद्देश्यले राजनीतिमा आएको बताउछन् । उनी भन्छन् जीवनयापनका लागि मेरो पेशा व्यवसाय छ, म राजनीतिलाई पेशा बनाउने कुराको विरोधी हुँ । म सधैँ जनताको व्यक्तिगत सुखदुःख, सामाजिक हित र युवा एवं खेलकुदको विकासमा जोडिएको छु जोडिन चाहेको छु ।
उनले आफु कुनै जिम्मेवार पदमा नभएको अवस्थामा पनि यस जिल्लामा सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रका लागि राज्यस्तरमा पहल गरेर धेरै योजना ल्याउने भूमिका निर्वाह गरेको र जनताका व्यक्तिगत समस्यादेखि विकासका काममा समेत प्रत्यक्ष जोडिएको हुदाँ मतदाता आफुलाई मतदान गर्न आतुर भएको बताउछन् ।