Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ शान्तिपुर सुखौरा गाउँका मतदाताले भने –‘बल्ल हाम्रो कुरा सुन्ने नेता भेट्यौं’
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्तिपुर सुखौरा गाउँका मतदाताले भने –‘बल्ल हाम्रो कुरा सुन्ने नेता भेट्यौं’

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७९ · 0
शान्तिपुर सुखौरा गाउँका मतदाताले भने –‘बल्ल हाम्रो कुरा सुन्ने नेता भेट्यौं’
110
SHARES
ShareTweet

सैनामैना । रुपन्देहीको सैनामैना रामापुर कोलनीबाट करिव ७ किमि उत्तरतर्फ लागेपछि पुगिन्छ, शान्तिपुर सुखौरा गाउँ । पहाडको फेदीमा रहेको यो गाउँ जति सुन्दर छ, त्यो भन्दा बढि यहाँ अभाव र समस्याहरु छन् ।
शुक्रबार त्यहि अभाव र समस्यामा रहेको शान्तिपुर सुखौरा गाउँमा रुपन्देही क्षेत्र न. ५ का उम्मेद्वार भरतकुमार शाह सहित लुम्बिनी प्रदेश क तर्फका उम्मेद्वार विनोद पहाडी पुगे ।
यसअघि प्रदेशमा विजयी भएका उम्मेद्वारले गाउँको समस्या नसुनेकोमा स्थानीयहरुको आक्रोश थियो । ‘पहिला हाम्रो गाउँको विकास गर्छु भनेर मत दिएकाहरुले गाउँको विकास गरेनन्’ स्थानीय कमल सोमैले भने –‘यसपाली विनोद पहाडी उम्मेद्वार बन्नुभएकोमा खुशी छौं, अब बल्ल हाम्रो नेता पाएको महसुस गरेका छौं ।’ उनले शान्तिपुर सुखौरा गाउँमा पुल नहुँदा गाउँलेहरुले सास्ती भोगेको गुनासो गरे ।
सुखौरा गाउँ पुग्नुअघि भरतपुर कुटी गाउँ आइपुग्छ । भरतपुर कुटी र शान्तिपुर सुखौरा गाउँलाई इंगुरिया खोलाले छुटाएको छ । यो गाउँ पूर्व उत्तर, दक्षिणमा इगुरिया र पश्चिमा सुखौरा खोलाले घेरेको छ । बस्ती खोलाको कटानका कारण जोखिममा छ ।
सुखौरा गाउँका स्थानीयहरुले यहाँ मोटरेबल पुल नहुँदा बजार गर्न र रामापुरसम्म आउजाउ गर्न निकै सास्ती भोग्ने गरेका छन् । गठबन्धनका तर्फबाट उम्मेद्वार भएका शाह र पहाडी दुवै उक्त गाउँमा पुग्दा स्थानीयहरुले आशा जागेको बताए । प्रतिनिसभाका उम्मेद्वार शाहले इंगोरिया खोलामा पक्की पुल बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले संघीय सरकारबाट इँगुरिया नदीमा पुल बनाउन ९ करोड रुपैयाँ छुटाइसकेको र अब छिट्टै ठेक्का भएर पुल निर्माण हुने बताए ।
रूपन्देही निर्वाचन क्षेत्र न. ५ को प्रदेशसभा क तर्फका उम्मेद्वार पहाडीले आफू शान्तिपुर सुखौरा गाउँको समस्याबारे जानकार रहेको बताउँदै खोलामा पक्की मोटरेवल पुल, खानेपानी समस्या समाधान, सिचाई, विजुलीको पोल तथा शिक्षा र स्वास्थ्यमा सुधार गर्ने प्रतिबद्धता जनाए ।
‘यो गाउँ मेरो पनि बाल्यकाल विताएको गाउँ हो, यहाँको समस्या समाधानमा लाग्नेछु’ उनले भने । उनले विगतमा सुखौरागाउँको भन्दा अन्यत्र ध्यान दिने नेतृत्व भएकाले बस्ती ओझेलमा परेकाले अब गठबन्धनका उम्मेद्वारले समानुपातिक विकासलाई महत्वका साथ अगाडि बढाउने बताए ।
उनले रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ र प्रदेश क को विकासका लागि आफुहरु प्रतिबद्ध भएर लाग्ने बताए । ‘हामी जनताको विचबाट अगाडि बढेका छौं, संविधानको रक्षासँगै अब जनताको जीवनस्तर उकास्नेछौं’ उनले भने । मतदाताहरुले यो पटक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विनोद पहाडी नयाँ अनुहारका रुपमा उम्मेद्वारी दिएकाले समेत एक पटक काम गर्न दिनुपर्ने बताउने गरेका छन् ।

≪ Previous Post

मजदुरका समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउने छु : उम्मेदवार केसी

Next Post ≫

गठबन्धनका उम्मेदवारहरु घरदैलोमा, विकासका लागि गठवन्धनका उम्मेदवार जिताउन आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क