Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मजदुरका समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउने छु : उम्मेदवार केसी
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

मजदुरका समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउने छु : उम्मेदवार केसी

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७९ · 0
मजदुरका समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउने छु : उम्मेदवार केसी
110
SHARES
ShareTweet

बुटवल । आफूहरुका हक अधिकार राज्यबाट सम्बोधन गराउन मजदुर उम्मेद्वारहरुलाई जिताउन मजदुर नेताहरुले आग्रह गरेका छन् । नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश समितिले विहिबार बुटवलमा आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धि कार्यशाला गोष्ठिमा मजदुर नेताहरुले आफ्नो क्षेत्रबाट उम्मेदवार बनेका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका हुन् ।
नेपाल ट्रेड युनियन काँग्रेसका प्रदेश सल्लाहकार दीर्घबहादुर (कुमार) केसीलाई नेपाली काँग्रेसले उम्मेद्वार बनाएको छ । त्यस्तै यसै क्षेत्रबाट ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य अयोध्याप्रसाद यादवलाई कांग्रेसले समानुपातिक सूचीमा राखेको छ । संसद र सरकारमा समेत मजदुरका बास्तविक माग उठान गर्न र हक अधिकारहरु स्थापित गराउनको लागि पनि मजदुर नेताहरुलाई जिताउनु पर्ने उनीहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले मजदुरका नेताहरुले जिते मात्रै मजदुरका मुद्धा उठान हुने र नीति निर्माण तहमा पनि महत्वपुर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले यस्तो विषयमा दल नभनेर मजदुर उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।
उहांले अहिलेसम्म मजदुरका जतिपनि नीतिगत तथा कानुनी व्यवस्था भएका छन् काँग्रेसकै नेतृत्वमा भएको दावी गर्दै मजदुर तथा काँग्रेस नेतृत्वका गठबन्धन दलका उम्मेदवारहरुले जित्नुपर्ने बताउनुभयो ।
त्यस अवसरमा रुपन्देही क्षेत्र नं. २ (क) बाट सत्ता गठबन्धनका उम्मेद्वार मजदुर नेता दीर्घबहादुर केसीले मजदुरका विद्यमान समस्या समाधानको लागि आफूले पहल गर्ने बताउँदै चुनाव जितेर संसदमा गएपछि पनि मजदुरको पक्षमा नीति निर्माण तथा ऐन कानुनहरु बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहांले अहिले पनि असंगठित क्षेत्र र स्वरोजगार मजदुरका धेरै समस्या रहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि ठोस योजना बनाउने बताउनुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा समानुपातिक उम्मेद्वार अयोध्याप्रसाद यादवले मजदुरका समस्या समाधानको लागि काँग्रेस नेतृत्वको सरकारले धेरै काम गरेपनि अझै धेरै गर्न बाँकी रहेको बताउनुभयो । उहांले योगदानमा आधारित सामाजिक सुरक्षा कोष परिचालनको लागि सरकारले ठोस कार्यक्रम ल्याउन नसक्दा प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै त्यसको लागि पनि मजदुर नेताहरुलाई जिताउनु पर्ने भनाई राखनुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले मजदुरका समस्या समाधानका लागि स्थानीय तहबाट के गर्न सकिन्छ त्यसको लागि आफू तयार रहेको बताउँदै उपयुक्त सुझाव दिन आग्रह गर्नुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष मुकुन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपमहासचिव गणेशबहादुर केसी, सहकोषाध्यक्ष सुशिला घिमिरे, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन)का केन्द्रीय अध्यक्ष जेवि गुरुङ, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

≪ Previous Post

स्थानीय विकासका लागि गठबन्धनको सरकार बन्न आवश्यक :उम्मेदवार क्षेत्री

Next Post ≫

शान्तिपुर सुखौरा गाउँका मतदाताले भने –‘बल्ल हाम्रो कुरा सुन्ने नेता भेट्यौं’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क