भैरहवा, २८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगरसमितिका अध्यक्ष ई. चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । शुक्रबार बिहान गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले श्रेष्ठलाई पार्टी सदस्यता प्रदान गर्नुभएको हो ।
रुपन्देही ३ को प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार खाँणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताउनुभयो ।
काँग्रेस प्रवेश गर्नुभएका श्रेष्ठ नेवा खलः सिद्धार्थनगर नगर समितिको उपाध्यक्ष, लुम्बिनी विकास कोषमा काम गर्नुभएका इ. श्रेष्ठ प्राकृतिक चिकित्सा विज्ञानमा समेत दख्खल राख्नुहुन्छ । नेपाली काँग्रेसमा प्रवेश गर्नुभएका श्रेष्ठलाई काँग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरिएको पार्टी जिल्ला सभापति रामकृष्ण खाणले जाानकारी गराउनु भयो ।