कपिलवस्तु, २३ साउन । कपिलवस्तु नगरपालिकाले नगरपालिका मातहतका सामुदायिक विद्यालयहरुलाई शुल्क नलिन निर्देशन गरेको छ । जिल्ला सदरमुकाममा रहेको नगरपालिकाले पालिका मातहतका सामुदायिक विद्यालयहरुलाई विद्यार्थीहरुसंग शुल्क नलिन निर्देशन जारी गरेको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै गत जेठ १७ गतेको नगर कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयको शिक्षा निशुल्क गर्ने निर्णय गरेकाले कुनै पनि बहानामा अभिभावकसंग शुल्क नलिन विद्यालयहरुलाई निर्देशन दिएको हो ।
विद्यालय सञ्चालन व्यवस्थापनका लागि नगरपालिकाबाट अनुदान रकम निकासा हुने हुँदा यदि कुनै पनि सामुदायिक विद्यालयहरुले कुनै बहानामा विद्यार्थी तथा अभिभावकबाट शुल्क लिएको पाइएमा अन्य सम्पूर्ण अनुदान रकमको निकासा रोक्का हुने सूचना मार्फत जानकारी गराइएको छ ।