Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी क्लब अफ बुटवलको ३० औ पदस्थापन
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी क्लब अफ बुटवलको ३० औ पदस्थापन

संसारपोस्ट संवाददाता · २६ असार २०७९ · 0
रोटरी क्लब अफ बुटवलको ३० औ पदस्थापन
70
SHARES
ShareTweet

तिलोत्तमा, २६ असार । रोटरी क्लब अफ बुटवलको ३० औ पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । वर्ष २०२१÷०२२ का अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले वर्ष २०२२÷२३ का अध्यक्ष बोनिन पियालाई पद हस्तान्तरण गरेका छन् ।
पदस्थापन कार्यक्रमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सामाजिक क्षेत्रमा रोटरीले महत्वपूर्ण काम गर्दै आएको भन्दै अझ बढी क्रियाशिल भएर अघि बढ्न आग्रह गरे ।
उनले विभिन्न क्षेत्रमा काम गर्दै आएको रोटरीले विपद व्यवस्थापनमा पनि काम गर्ने अपेक्षा व्यक्त गर्दै रोटरीले अगाडि सारेका योजना र कार्यक्रममा बुटवल उपमहानगरपालिका सहकार्य गर्न तयार रहेको पनि बताए ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्रप्रसाद ध्वजूले रोटरीमा युवाहरुको नेतृत्व स्थापित गर्नका लागि पहल भैरहेको भन्दै यसले रोटरीलाई अझ बढी क्रियाशिल हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले रोटरी इन्टरनेशनल र रोटरी डिष्ट्रिकले लिएको लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न पनि रोटरी क्लव अफ बुटवललाई आग्रह गरे ।
कार्यक्रममा डिष्ट्रिक एसिष्टेन्ट गभर्नर इलेक्ट ध्वजूले अध्यक्ष बोनिन पियालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए भने अध्यक्ष पियाले बोर्ड सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । त्यस्तै वर्ष २०२१÷२२ का सचिव खिमनारायण पराजुलीले वर्ष २०२२÷२३ का सचिव लालहरि पाण्डेलाई माइन्यूट हस्तान्तरण गरेका थिए । त्यसैगरी वर्ष २०२१÷२२ का कोषाध्यक्ष गोपाल बस्यालले वर्ष २०२२÷२३ का कोषाध्यक्ष जिवकान्त काफ्लेलाई अडिट रिपोर्ट हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा क्लवका अध्यक्ष बोनिन पियाले आफ्नो कार्यकालमा देवदह मेडिकल कलेजसँगको सहकार्यमा देवदहमा रक्तसञ्चार सेवा केन्द्र स्थापना गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलमा बर्निङ युनिट (जलेका बच्चाको उपचार कक्ष) स्थापना गर्नेलगायतका योजना अगाडि सारेको बताए । त्यस्तै अस्पतालको फोहर व्यवस्थापन पनि आफ्नो योजनामा रहेको उनले सुनाए । अध्यक्ष पियाले अहिलेसम्म यो क्लव मातहत १२ वटा रोटरी क्लव, ६ वटा रोट¥याक्ट क्लव, ३ वटा इन्ट¥याक्ट क्लव र दुईवटा आरसिसी क्लव रहेको भन्दै आफ्नो कार्यकालमा थप ३ वटा रोटरी क्लव स्थापना गर्ने योजना बनाएको जानकारी दिए ।
त्यस अवसरमा क्लवका पुर्व अध्यक्ष तथा क्लव मेन्टर हरिप्रसाद पौडेल, रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष भोजबहादुर खत्री, रोट¥याक्ट इन्टरनेशनल डिष्ट्रिक ३२९२ का लक्ष्मण खरेलल, क्लवका प्रेसिडेन्ट इलेक्ट करुण खनाल, सचिव लालहरि पाण्डे, गोपालप्रसाद अधिकारीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा क्लवद्वारा प्रकाशित डाइरेक्टरी विमोचन गरिएको थियो ।

≪ Previous Post

पेट्रोलियम पदार्थको मुल्य बृद्धिले ट्रक व्यवसाय समस्यामा

Next Post ≫

रुपन्देहीको मायादेवी गाउँपालिकामा एक गाउँ एक स्वास्थ्यकर्मी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क