Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा पाँचदलीय गठबन्धनलाई जिताउन आह्वान
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवलमा पाँचदलीय गठबन्धनलाई जिताउन आह्वान

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७९ · 0
बुटवलमा पाँचदलीय गठबन्धनलाई जिताउन आह्वान
50
SHARES
ShareTweet

‘संविधानविरोधी प्रतिगामी एमालेलाई चुनाबमा कारबाहीस्वरुप मत दिनुहुँदैन’
बुटवल । बुटवलमा गठबन्धनका पाँच दल एकैठाउँ उभिएका छन् । पाँच दलका केन्द्रीय देखि नगरस्तरसम्मका नेताहरुले बुटवलमा गठबन्धनका सबै उम्मेदवारहरुलाई विजयी बनाउन लाग्नका लागि बुटवलबासीलाई अपील गरेका छन् ।
गठबन्धनका नेताहरुले बुटवलमा विकासका ठूला ठूला चर्चा गरिएपनि बुटवलबासीले विकासको अनुभूति गर्न नपाएकाले पाँच दल एकै ठाउँमा उभिएर नगरलाई साझा नगरका रुपमा विकास गर्ने बताएका छन् ।
संयुक्त संकल्प पत्र सार्वजनिक भएपछि बुटवलमा राम्रो वातावरण बनेको बताउँदै उनीहरुले बुटवलमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनका लागि टोलटोलबाट खटिनका लागि आह्वान गरेका छन् ।
बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर बनाउनका लागि लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आह्वान गरेका छन् ।
बुटवलमा प्रमुख पदमा नेपाली कांग्रेसबाट खेलराज पाण्डे र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीबाट चिनबहादुर गुरुङ उम्मेदवार रहेका छन् ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईँले यसपालि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रतिबद्ध रहेको बताए । उनले भने–‘संविधानविरोधी, राष्ट्रविरोधीलाई यसपटक जसरी पनि हराउनुपर्छ, देश बर्बाद पार्ने योजनामा रहेकाहरुलाई यसपटक जुनसुकै हालतमा पराजित गर्नुपर्छ ।’
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनालले बुटवलमा गठबन्धनले जित्ने सुनिश्चित भइसकेको बताए । ‘संविधान नै संकटमा पार्न खोज्ने, मुलुकलाई अस्थीर बनाउने, अराजकता बढाउने, भ्रष्टाचारमा मुलुकलाई चुर्लुम्म डुबाउने प्रतिगामी एमालेहरुलाई जनताले यसपटक चुनाबमा कारबाहीस्वरुप मत दिनुहुन्न, जसरी पनि हराउनुपर्छ ।’
एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले बुटवलमा यसपटक एमालेको लज्जास्पद पराजय हुने बताए ।
‘एमालेले मुलुकलाई नै धरापमा पार्न खोजिरहेको थियो, त्यसकारण जोगाउनका लागि यो गठबन्धन बनेको हो, गठबन्धनका सबै उम्मेदवारले यसपटक जित हासिल गर्छन्, गठबन्धनले जित्नु संविधानले जित्नु हो, देशले जित्नु हो, लोकतन्त्रले जित्नु हो, एमालेले हार्नु प्रतिगमनले हार्नु हो, त्यसैअनुसार गठबन्धनका उम्मेदवारलाई प्रमुखमा खेलराज पाण्डेलाई रुख चिन्हमा र उपप्रमुखमा चिनबहादुर गुरुङलाई कलम चिन्हमा मतदान गर्नका लागि म हार्दिक आह्वान गर्दछु ।’
माओवादी केन्द्रका नेता महेन्द्र भुसालले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरे । ‘बुटवलको एकदमै बदनाम भएको छ, बुटवलमा भएको बेथिति र अनियमितता रोक्नका लागि पनि यसपटक गठबन्धनले जित्न जरुरी छ, जुनसुकै हालतमा गठबन्धनलाई विजयी बनाउनुपर्छ, त्यसका लागि मुलुकलाई संकटका बेलामा काँध थाप्ने गठबन्धनलाई विजयी गराउनका लागि मतदान गर्न म सबै बुटवलबासीलाई आह्वान गर्दछु ।’
राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठले गठबन्धनलाई विजयी बनाउनका लागि बुटवलबासीलाई आह्वान गरे । ‘बुटवलमा गठबन्धनका उम्मेदवारले विजयी हासिल गर्नुपर्छ, उनले भने–राष्ट्रिय जनमोर्चा गठबन्धनका साथमा छ ।’
कांग्रेसका नेताहरु क्षेत्रीय उपसभापति परशुराम ढकाल, प्रदेश सदस्य रामबहादुर कार्की, क्षेत्रीय सचिव प्रजापाल गिरीले बुटवललाई साझा बनाउनका लागि पाँच दलीय गठबन्धनले जित हासिल गर्नुपर्ने बताएका थिए । उनीहरुले बुटवललाई समृद्ध बनाउनका लागि पाँच दलीय गठबन्धनले जित हासिल गर्नुपर्ने बताएका थिए ।
प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर बनाउनका लागि गठबन्धनलाई विजयी बनाउन अपील गरे ।
उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुङले बुटवलमा गठबन्धनले साझा उम्मेदवारहरु उठाएको र जिताउनका लागि अपील गरेका थिए ।
यसअघि गठबन्धनले संकल्प पत्र सार्वजनिक गर्दै उनीहरुले बुटवललाई समृद्ध बनाउनका लागि पाँच दल एकैठाउँमा रहेको प्रतिबद्धता जनाएको छ ।
साझा संकल्प पत्रमा निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग अन्त्य गर्ने, वार्षिक रुपमा जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने प्रतिबद्धता जनाइएको छ ।
संकल्प पत्रमा भनिएको छ–‘बुटवल उपमहानगरपालिका कार्यालयलाई आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपांगतामैत्री बनाउदै साझा चौतारीका रुपमा बिकास गरिने छ । मेयर युथ एडभाइजरी बोर्ड गठन गरिनेछ ।’
पाँच दलले देशविदेशमा रहेका बुटवलका बुद्धिजीवि र व्यवसायिक व्यक्तिहरुलाई बुटवलमै फर्केर आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नसक्ने बनाउनका लागि अनुसन्धानविद्हरु समेटेर बुटवलका लागि प्रबुद्ध परिषद् गठन गर्ने योजना अघि सारेका छन् ।
घण्टौं लाइन लागेर सार्वजनिक सेवा लिनुपर्ने बाध्यतालाई हटाउन कागजविहिन, व्यक्ति स्वयम् उपस्थित हुन नपर्ने र लाईन लाग्न नपर्ने गरी सेवा दिने प्रतिबद्धता संकल्प पत्रमा जनाइएको छ ।
यस्तै विशिष्ट सार्वजनिक सेवा दु्रत रुपमा घरघरै पु¥याइने, सार्वजनिक प्रशासनलाई भ्रष्ट्राचार र अनियमितता मुक्त बनाउन सेवा प्रवाहका आधुनिक र सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी अवलम्बन गर्ने र सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्सा इजाजत जस्ता सेवाहरुलाई डिजिटाइज र झन्झटमुक्त बनाउने योजना यी दलले अघि सारेका छन् ।
हाल गुनासो लिएर जाने जनतालाई जनप्रतिनिधिले हप्काएर पठाउने गरेको अवस्थालाई चिर्दै गुनासो सुन्नका लागि हेलो मेयर डेक्स स्थापना गर्ने योजना छ ।
बुटवलमा हाल मनपरी कर तिर्नुपर्ने अवस्था रहेकोमा गठबन्धनले व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिदै आएको घरबहाल कर, ई रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवम् सिफारिस शुल्क घटाइने भनेको छ ।
यस्तै सबै वडाको दिगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ ।
बुटवल उपमहानगरको आफ्नै अस्पताल नरहेको अवस्थामा गठबन्धनले बुटवलमा दुई वटा नगर अस्पताल निर्माण गर्ने योजना ल्याएको छ ।
यस्तै संकल्प पत्रमा भनिएको छ–‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापना गरिनेछ । वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाइने छ । स्वास्थ्य बिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधी उपलब्ध गराइने छ ।बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गरिने छ । नगर भित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराइने छ ।’
यस्तै आयुर्वेद तथा प्राकृतिक चिकित्सालयको स्थापना तथा विकास गर्ने र लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्ने भनिएको छ ।
‘आम्दा अस्पताललाई उपमहानगरपालिकाको मातहतमा ल्याई मेडिकल कलेजका रुपमा विकास गर्न आवश्यक पहल गरिने छ, गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण र पोषिलो खानाको व्यवस्था मिलाइने छ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्दै मोबाइल हेल्थ वर्कर समूह गठन गरिने छ ।’
यस्तै नगरबासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउने, उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनाहरुलाई आवश्यकता अनुसार विकास, बिस्तार र सहयोग उपलब्ध गराउने योजना अघि सारेको गठबन्धनले झुम्साखोला खानेपानी परियोजना यथाशिघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

≪ Previous Post

बुटवलमा अनावश्यक कर घटाउन कांग्रेसलाई भोट

Next Post ≫

बुटवलको विकासमा लाग्छु : चिनबहादुर गुरुङ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क